×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकका पहिरो पीडित भन्छन् : ‘सास भेटिने आस मर्‍यो, लास भेटे हुन्थ्यो’

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

दुई दिनअघि घरमा सकुशल छाडेकी आमालाई मध्यरातमा आएको बाढीले बेपत्ता बनाउला भन्ने बाह्रबिसे नगरपालिका–५ जम्बुका दावा तामाङले कल्पना पनि गरेका थिएनन्। मजदुरी गरेर आमालाई खुसी बनाउन घरनजिकै गाउँको विद्यालय निर्माणको काममा गएका दावा मध्यरातमा आएको ठूलो आवाजसँगै बेपत्ता भएकी आमालाई खोज्न बाढीले बगाएको आफ्नो घरआसपास घुमिरहेका छन्।

Muktinath Bank

साँझ मात्रै आमासँग फोनमा गफ गरेर आफू केही दिनपछि मात्र घर आउने बताएका दावाको आमासँगको अन्तिम संवाद नै त्यही बन्यो। आफू बसेको गाउँबाटै बुधबार मध्यरातमा ठूलो आवाज आएको सुनेर दौडिएर आएका दावाले न आमा भेटे न भूकम्पपछि पुनर्निर्माण गरेको घर नै। बिहानसम्म आमा कतै भेटिने आशामा रहेका दावा दिन ढल्दै जाँदा पनि सम्पर्कमा नआएपछि जीवित भेटिने आशा मार्न थालेका छन्। ‘आमाको श्वास भेटिने आशा त मर्‍यो कम्तिमा लास भेटे पनि मनमा सन्तोष त हुन्थ्यो’, दावाले टेलिफोनमा भने, ‘बुधबार रातको पानी हाम्रो लागि अभिशाप बनेर आएको रहेछ।’ दावा मात्र हैन, बेपत्ता भएकाको परिवारका सदस्य अहिले यही भन्न थालेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अविरल वर्षाले राजमार्गमा पर्ने जम्बु बजार माथिबाट आउने याल्मो खोलामा लेदो सहितको बाढी आएर बस्तीमा पस्दा झन्डै १५ घर बगाएको थियो। बाढीमा परेर दुईजनाको मृत्यु भयो भने १८ जना अझै बेपत्ता छन्। बाढीमा परेका सहकर्मी इन्जिनियर आकाश केसी भेटिने आशामा शुक्रबार राजधानीबाट यमन भुषाल बाह्रबिसे आएका छन्। राजधानी आउँदा आफ्नैमा बस्ने केसी अझै भेटिन्छ कि भन्ने उनलाई आशा छ। दाङको तुलसीपुरमा रहेका आकाशका बाबुआमालाई ऊ सम्पर्कविहीन मात्र भएको खबर पठाइएको छ। राति बजारमा बाढी आएपछि भाग्ने क्रममा बेपत्ता भएका आकाशसँगै जाइका परियोजनाअन्तर्गत पुनर्निर्माण कार्यमा खटिएका इन्जिनियर सुशिल पन्थीले बताए।


Advertisment
Nabil box
Kumari

‘ठूलो आवाजसहित बाढी बस्तीमा पसेपछि भाग्ने प्रयास गर्दा आकाश हरायो’, पन्थीले भने, ‘ऊ हराउनु अघिसम्म हामी सातैजना सँगै थियौं।’ पन्थीका अनुसार सबैजना भाग्न खोज्दा सडकमै बाढी आएपछि सबै पुनः घरभित्र पसे तर आकाश आएनन्। बाहिर निस्केर ठूलो आवाजमा कराउँदासमेत आकाश नआएपछि बिहान भेटिने आशामा बाँकी ६ जना सुरक्षित स्थानतर्फ लागे। ‘तर, बिहान मात्र होइन, सिंगो दिन बित्दासमेत आकाश सम्पर्कमा आएनन्’, पन्थीले भने।

Vianet communication
Laxmi Bank

बुधबार राति जम्बु र बुल्कोटमा आएको बाढीले बेपत्ता बनाएका २२ जना कोही पनि शुक्रबार साँझसम्म नभेटिएको स्थानीय प्रशासनले जनाएको छ। बाह्रबिसेदेखि नै बाढीस्थलसम्म पुग्ने अरनिको राजमार्ग ठाउँठाउँमा अवरुद्ध भएकाले बेपत्ता खोजी तथा पीडितलाई राहत पुर्‍याउन समस्या भएको हो। निरन्तरको वर्षाका कारण सडक सुचारु गराउन नसक्दा राहत पुर्‍याउन र बेपत्ताको खोजी गर्न ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

बाढीले मानवीय क्षति पुर्‍याएको जम्बु पुग्नुभन्दा करिब तीन किलोमिटर ओरैको खागदल खोलामा गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध बनाएकाले बेपत्ताको खोजीका लागि स्काभेटर पठाउन कठिन भएको ढकालले बताए। ‘घटनास्थलसम्म पुग्न स्काभेटरलाई सडकको ट्रयाक खोल्ने काममा लगाएका छौं’, प्रजिअ ढकालले भने, ‘जति सक्दो छिटो सडकको ट्रयाक खोलेर स्काभेटर बेपत्ताको खोजीका लागि घटनास्थल पठाउने प्रयास गरिरहेका छौं।’ अन्नपूर्ण पोस्टमा युवराज पुरीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x