×

NMB BANK
NIC ASIA

खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका परिचालन

असार २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

झापाको मेचीनगर नगरपालिकाले आफ्नो नगरभित्रका पूर्ण खोप नलगाएका बालबालिकालाई खोज्न स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ ।

Muktinath Bank

नगरका १५ वटा वडामा २ हजार ७६४ बालबालिकाले आर्थिक वर्ष २०७६/७७ मा ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउनुपर्नेमा ४१ जना छुटेको स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एक जना पनि खोप लगाउनबाट वञ्चित हुनु नपरोस् भनेर हामीले खोप नलगाएका बालबालिका खोज्न स्वयंसेविका र भ्याक्सिनेटरहरूलाई परिचालन गरेका छौं,’ यादवले भने, ‘उहाँहरूले घरघरै पुगेर छुटेकाहरूको खोजी गर्नुहुनेछ ।’


Advertisment
Nabil box
Kumari

सरकारले जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई दादुरा, जापानी इन्सेफ्लाइटिसलगायत ११ प्रकारका रोगविरुद्ध अनिवार्य खोप लगाउने व्यवस्था गरेको छ तर कोभिड–१९ को महामारी र अभिभावकले बिर्सने गरेका कारण कतिपय बालबालिका पूर्ण खोपबाट वञ्चित हुने गरेको यादवको भनाइ छ । नगरपालिकाले खोप लगाउन छुटेका २३ महिनासम्मका बालबालिकाको खोजी गर्ने भएको हो ।

Vianet communication
Laxmi Bank

नगरपालिकाले खोप नलगाएका बालबालिका खोज्नका लागि ९५ स्वास्थ्य स्वयंसेविका र १२ भ्याक्सिनेटरलाई परिचालन गरेको नगरका स्वास्थ्य शाखा प्रमुख शशिकला राईले जानकारी दिए । मेचीनगर नगरपालिकालाई विक्रम संवत् २०७५ असार ७ गते विधिवतरूपमा पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको थियो ।

नगरमा ६ सरकारी स्वास्थ्य उपचार केन्द्र र एउटा सामुदायिक अस्पताल सञ्चालनमा छन् । हरेक महिनाको ३, ४, ५ र ६ गते बिदाको दिनसमेत खोप अभियान सञ्चालन हुँदै आएको छ । स्वास्थ्य शाखा प्रमुख राईले यही साउनदेखि बालबालिकालाई रोटा खोप समेत लगाउन शुरू गरिने बताए ।

झाडापखाला लागेको भनी उपचारका लागि आउने बालबालिकामा रोटा भाइरसको संक्रमण पाइने गरेको छ । सरकारले साउनदेखि पहिलोपल्ट नेपालमा रोटा भाइरसविरुद्ध रोटा खोप लगाउने निर्णय गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x