×

NMB BANK
NIC ASIA

आधा घण्टामै 'चपस्टिक' प्रयोग गर्न सिक्ने यस्तो छ तरिका [भिडियो]

जेठ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ र जापानीज खाना प्रायः चपस्टिकले खाने गरिन्छ । २ वटा स्टिक एउटै हातले समातेर खान गाह्रो हुन्छ तर बानी परेकाहरूले कति छिटो र मजाले खाने गर्छन् ? याद गर्नुभएको छ ? के तपाईंलाई पनि चपस्टिकले समातेर खाना खान मन पर्छ ?

Muktinath Bank

चपस्टिक समात्न जान्नु एउटा कला हो । आउनुहोस् हामीले चपस्टिकले समातेर खाना खाने केही तरिकाहरू सिकाउँछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिला एउटा स्टिक समात्नुहोस् । हातको चोर र बुढी औंलाको बीचमा त्यसलाई च्याप्नुहोस्, बिल्कुलै कलम समातेजस्तो गरेर । माथिल्लो स्टिक समात्ने यसै गरेर हो ।


Advertisment
Nabil box
Kumari

त्यसपछि दोस्रो स्टिकलाई पहिलो भन्दा तल छिराउनुहोस् । दोस्रो स्टिकले तपाईंको माझी औंलाको साइडमा छोएको हुनुपर्छ । त्यसपछि तल्लो स्टिकलाई जस्ताको त्यस्तै राखेर माथिल्लो स्टिकलाई चलाउने प्रयास गर्नुहोस् । शुरूशुरूमा तल्लो स्टिकमाथि तपाईंको हातको नियन्त्रण हुँदैन । निरन्तरको अभ्यासले त्यसमाथि नियन्त्रण गर्ने प्रयास गर्नुपर्छ ।

तपाईंले अभ्यासका क्रममा केही कुराहरूमा ध्यान दिनुपर्छ । पहिलो तपाईंले समातेका दुवै चपस्टिकको एकतिहाइ भाग पछाडि र दुईतिहाइ भाग अगाडि हुनुपर्छ ।

Vianet communication
Laxmi Bank

माथिल्लो स्टिकलाई कलम समातेजस्तो गरेपछि दोस्रो स्टिकलाई माझी औंला र कान्छी औंलाको सहायताले नियन्त्रण गर्न प्रयास गर्नुपर्छ ।

शुरूमा चपस्टिक समातेपछि बिस्तारै त्यसलाई चलाउने अभ्यास गर्नुपर्छ । अनि बिस्तारै दुवै स्टिकको चुच्चो छुवाउनुपर्छ । तल्लो स्टिकलाई यत्तिकै राखेर माथिल्लो स्टिकको टुप्पोलाई तलमाथि गर्नुहोस् । यसलाई आँखा चिम्लेर पनि अभ्यास गर्न सकिन्छ । त्यसपछि फलफूलका केही टुक्राहरू लिनुहोस् र त्यसलाई समात्ने छोड्ने अभ्यास गर्नुहोस् ।

माथिल्लो स्टिकलाई तलमाथि गर्ने र तल्लो स्टिकलाई नियन्त्रणमा लिएर सिधा राख्ने प्रयास गरेपछि खानाका साना साना टुक्राहरू पनि समातेर मुखसम्म पुर्याउन सकिन्छ ।

आधा घण्टाको अभ्यासमै तपाईं चपस्टिक चलाएर खान सक्नुहुनेछ ।

हेर्नुहोस् भिडियो - 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x