×

NMB BANK
NIC ASIA

२०७० सालको संविधान सभा चुनावअघि नै राजनीतिक अभियानका रूपमा उदाएको दल विवेकशील र २०७३ साल फागुनमा बीबीसीको जागिरबाट अवकाशप्राप्त गरेपछि रवीन्द्र मिश्रले गठन गरेको साझा पार्टीबीच २०७४ साउनमा एकीकरण हुँदा समाजमा वैकल्पिक राजनीतिप्रति एउटा सकारात्मक बहस छेडिएको थियो ।

Muktinath Bank

त्यतिबेला वैकल्पिक राजनीतिकै नाममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डाक्टर बाबुराम भट्टराईले नयाँ शक्ति पार्टीमार्फत् अभियान चलाइरहेका थिए । दुर्भाग्यवश वैकल्पिक राजनीतिको 'राजदण्ड' बोकेर हिँडेका डाक्टर भट्टराई मधेशकेन्द्रित दलहरूसँग एकीकरणमा जान बाध्य भए भने वैकल्पिक राजनीतिको 'मुकुट' बोकेको साझा विवेकशील दल पटक-पटक फुटको शिकार भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक बजारको 'नेप्से' यतिबेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उचालिरहेको छ । गत फागुनदेखि नै उत्कर्षमा रहेको नेकपाको शक्ति संघर्षले साझा पार्टीभित्रको उकुसमुकुसलाई छपक्कै छोप्यो ।


Advertisment
Nabil box
Kumari

'ठूलो पार्टी(नेकपा)को चार्म नै अलग हुँदोरहेछ, हामीभित्रको उकुसमुकुसलाई मिडियाले पनि त्यति धेरै ध्यान दिएन,' साझा पार्टीका एक केन्द्रीय समिति सदस्यले गुनासो गरे, 'सबै मिडिया नेकपातिर मात्र सोझिए तर हामीभित्र पनि लामो समयदेखि सैद्धान्तिक बहस चलिरहेको थियो । निष्कर्षचाहिँ प्रभावशाली नेताहरूको बहिर्गमनमा गएर टुंगियो ।'

Vianet communication
Laxmi Bank

आइतवार साझा पार्टीको केन्द्रीय समितिले पूर्वाधार विज्ञसमेत रहेका प्रवक्ता डाक्टर सूर्यराज आचार्यलाई अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिँदै पार्टीबाट अलग हुन आचार्यले गरेको प्रस्तावलाई स्वीकृत गर्‍यो । त्यस्तै वामपन्थी राजनीतिक पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा छिरेका मुमाराम खनालको राजीनामा पनि स्वीकृत भयो । ।

यससँगै साझा पार्टी स्थापना भएको ३ वर्षमा ३ टुक्रा हुन पुगेको छ । राजनीतिमा युवाको प्रतिनिधित्वलाई जोड दिने वैकल्पिक धारको पार्टी व्यवस्थापनमा नेतृत्वले देखाएको कमजोरीका कारण अहिले पार्टी नभएर गफगाफ गर्ने 'क्लब' बनेको छ, साझा पार्टी ।

२०७४ सालमा सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा प्राप्त गरेको सफलताले साझा विवेकशील पार्टीको गरिमा जोगिएको थियो ।

थ्रेसहोल्ड र विभिन्न सीमितताका कारण राष्ट्रिय दलको मान्यता प्राप्त गर्न नसकेपनि परम्परागत राजनीतिमा देखिएको 'भ्याकुम'लाई साझा विवेकशीलले 'इन्डोर प्लेग्राउण्ड' बनाउन सफल भएको थियो । ​ग्राउण्ड बिस्तारै 'आउटडोर' हुँदै गएको थियो ।

काठमाडौं महानगरपालिकामा विवेकशील दलकी रञ्जु दर्शना र साझाका किशोर थापाले ल्याएको मत उल्लेख्य थियो ।

स्थानीय निर्वाचनपछि जोडिएका साझा र विवेकशील सधैँ एक रहिरहन सकेनन् । २०७५ सालको पुसमा दुवै पार्टीहरू आ-आफ्नो बाटो लागे । विवेकशील दलको नेतृत्व महाधिवेशनमार्फत् उज्ज्वल थापाले मिलन पाण्डेलाई हस्तान्तरण गरिसकेका छन् । मिश्रको संयोजकत्वमा रहेको साझा अहिले पुनः चोइटिएको छ ।

साझाका एक चर्चित अनुहार थिए डाक्टर सूर्यराज आचार्य । मिडियामा उनले दुई खालको छवि बनाएका थिए । पहिलो उनी पूर्वाधारविज्ञ हुन् । पूर्वाधारविज्ञ बनेर उजिलिएको छविलाई उनले साझा पार्टीको प्रवक्ता बनेर विस्तार गरे । टेलिभिजन, अनलाइन, प्रिन्ट जताततै हुने उनको उपस्थितिलाई धेरैले साझा पार्टीको उपस्थितिका रूपमा अर्थ्याउने गर्दथे ।

मुमाराम खनालको राजनीतिक इतिहास भने घुमाउरो छ । तत्कालीन माओवादी सशस्त्र युद्धमा जोडिएका खनाल पत्रकारिता हुँदै डाक्टर भट्टराईसँग नयाँ शक्तिमा जोडिन पुगे । त्यसपछि नयाँ शक्ति छाडेर उनी साझा पार्टीमा लागेका हुन् ।

लामो समयसम्म उनको संगत गर्नेमध्ये एकले उनी संगठन बनाउन क्षमता र योग्यता नराख्ने मान्छेका रूपमा चित्रण गर्छन् । 'उहाँको ध्यान राजनीतिक दस्तावेजतिर केन्द्रित हुन्थ्यो,' उनले भने, 'तर फिल्डमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने व्यावहारिक योजना हुँदैनथ्यो ।'

खनालले साझा पार्टीको राजनीतिक तथा स्कूल विभाग सम्हालेका थिए । उनी साझा पार्टीका संस्थापकमध्येका एक हुन् ।

साझा पार्टीले गत साल फागुन १७ गते राष्ट्रिय भेला गर्दै लुम्बिनी घोषणापत्र जारी गरेको थियो ।

घोषणापत्रमा कुनै पनि पार्टीमा आवद्ध भएर काम गर्न नचाहने तर समाजका विभिन्न तप्काले पत्याएका र आशाका साथ हेरेका धेरै व्यक्ति, समूह तथा पार्टीहरू छरिएर छुट्टाछुट्टै काम गरिरहेको अवस्था रहेकाले त्यस्ता व्यक्ति, समूह र पार्टीहरूसँग अनौपचारिक, औपचारिक संवाद अघि बढाइने उल्लेख गरिएको थियो ।

पछिल्लो समयको विवादको जड पनि यही घोषणापत्र रह्यो । प्रवक्ता आचार्य र नीति विभाग प्रमुख खनालले संयोजक राखेर साझाका अन्य सबै समितिहरू भंग गर्ने प्रस्ताव राखे । नयाँ ढंगबाट पार्टी पुनर्गठन गर्ने भन्दै उनीहरूले राखेको प्रस्तावलाई केन्द्रीय समितिले अस्वीकार गर्‍यो । फलतः दुवै नेताहरू पार्टीबाट बाहिरिने परिस्थिति बनेको थियो ।

साझा विवेकशील पार्टी एउटै रहेको अवस्थामा पनि केही चल्तीका अनुहारहरू बाहिरिएका थिए । जयभद्र खनाल, ओमप्रकाश अर्याल, सरोज धिताल, रेशु अर्याल ढुंगानालगायत विवेकशील साझाबाट बाहिरिएपछि विवेकशील पक्षले संयोजक मिश्रमाथि क्षमता भएका व्यक्तित्वहरूलाई सम्हाल्न नसकेको आरोप लगाएका थिए ।

विवेकशील दलका एक नेता भन्छन्, 'रवीन्द्रजीमा आफूभन्दा क्षमतावान मान्छे आए पार्टी कब्जा गर्ला भन्ने भय कहीँ न कहीँ रहेको देखिन्छ र हामीले त्यतिबेलै महसूस गरेका थियौं ।'

साझा पछिल्लोपटक चोइटिनुमा कहीँ न कहीँ मिश्रको स्वभाव दोषी रहेको आवाज पनि उठ्न थालेको छ । मिश्रले आफ्नो 'सेलिब्रेटी स्ट्याटस'देखाएर दम्भ सिर्जना गर्न खोजेको र अन्य नेताहरूको उचाइलाई साइजमा राख्न आफ्नो हैसियत प्रयोग गर्ने गरेको आरोप आउने गरेको छ ।

तर साझाका सह-प्रवक्ता शरदराज पाठक भने मिश्रको स्वभाव अलोकतान्त्रिक रहेको आरोप अस्वीकार गर्छन् ।  पाठकले लोकान्तरसँग भने, 'वर्तमान नेतृत्वका हिसाबले उहाँ लोकतान्त्रिक मूल्य र मान्यतामै अडिग रहेको देखेको छु।'

उनले उदाहरण दिँदै थपे, 'सचिवालयले पार्टीका समितिहरू भंग गर्नुपर्छ भनेर लगेको प्रस्ताव केन्द्रीय समितिले अस्वीकार गर्‍यो । यदि उहाँमा अलिकति पनि निरंकुशता भएको भए या त प्रस्ताव नै लैजानुहुने थिएन, या त केन्द्रीय समितिले गरेको निर्णयमाथि कहीँ न कहीँ उहाँको हस्तक्षेप हुने थियो ।'

पाठकले केन्द्रीय समितिका यी निर्णयहरू लोकतान्त्रिक प्रक्रियाबाट भएको भए पनि आफूलाई दु:ख लागेको बताए । 'पार्टीमा जोडिनु र निस्किनु लोकतान्त्रिक प्रणालीको अंग भएता पनि दुवै नेताहरूको बहिर्गमनले पार्टीलाई क्षति पुगेको मेरो अनुमान छ,' पाठकले भने ।

साझा युवा संगठनका संयोजक अब्दुस मियाँ अब विचार मिल्नेहरूसँग एक भएर वैकल्पिक आन्दोलनलाई अघि बढाउनुको विकल्प नरहेको बताउँछन् ।

'केही नेताहरूको बहिर्गमनले हामीलाई क्षति पुगेको छ, हामीले त्यो क्षतिलाई शक्तिमा बदल्दै वैकल्पिक राजनीतिक आन्दोलनलाई अघि बढाउनुको विकल्प छैन,' मियाँले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x