×

NMB BANK
NIC ASIA

हिजो दिनभर : तनहुँ पहिरोमा १० जनाको शव फेला, कोरोनाको उपचारपछि घर फर्किनेको संख्या १० हजार नाघ्यो

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तनहुँ पहिरोमा १० जनाको शव फेला, दुई अझै बेपत्ता 

Muktinath Bank

तनहुँको विभिन्न स्थानमा गएराति पहिरोमा परी १० जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा भौतिक क्षति हुन गएको हो। 


Advertisment
Nabil box
Kumari

अविरल वर्षापछि आइतवार राति माझफाँटका ५० वर्षीय केशवबहादुर थापाको घर पहिरोमा पुरिँदा परिवारका ३ सदस्यको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। 
पहिरोमा परी केशवबहादुरकी ४० वर्षीया श्रीमती कमला थापा, २४ वर्षीय छोरा मनोज  थापा, २२ वर्षीया छोरी अञ्जना थापाको मृत्यु भएको हो।  

Vianet communication
Laxmi Bank

पहिरोमा उनका २० वर्षीय छोरा राजेश थापा बेपत्ता छन्। बेपत्ताको बिहानैदेखि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पहिरोमा घाइते केशव थापाको पोखरामा उपचार भइरहेको छ। 

उता, ऋसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा छोराबुहारी र नातिनी गरी ५ जनाको मृत्यु भएको छ । उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन्। 

राति साढे १ बजे घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा थापा, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा थापाको मृत्यु भएको हो। 

अनबहादुरका २ घरमध्ये श्रीमती ज्योतिमायासँग छुट्टै अर्को घरमा सुतेका थिए। पहिरोमा परी ज्योतिमाया घाइते छिन्। उनको भीमादमा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा ल्याइएको छ। यस्तै, अर्को घरमा सुतेका अनबहादुरका दुई छोराबुहारी तथा नातिनी भने पहिरोमा एकै चिहान भएका हुन्। 

पहिरोमा बेपत्ताको उद्धारमा कठिनाइ भएपछि जेसीबी नै प्रयोग गर्ने भनिएपनि बाटोमा पहिरोको कारण कठिनाइ भएको प्रहरीले जनाएको छ। गएराति भएको सो घटनामा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको टोली सोमबार साँझसम्म उद्धारमा खटिएको थियो।

यस्तै, जिल्लाको म्याग्दे गाउँपालिकामा पनि घर पहिरोमा पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ। राति पौने १ बजे गएको पहिरोबाट घाइते भएकी लक्ष्मीलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा उपचारका क्रममा सोमवार बिहान मृत्यु भएको हो।

उता, माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोमा परेर व्यास नगरपालिका वडा ११, ओढारेका अन्दाजी ४५ वर्षीय पदमबहादुर भुजेल पहिरोमा बेपत्ता भएका छन्। पहिरोमा घाइते व्यास ९ की २६ वर्षीया झनुमाया कुँवरको दमौली अस्पतालमा उपचार भइरहेको छ। 

पछिल्लो २४ घण्टामा डिस्चार्ज भए १७ सय ५ जना, घर फर्किनेको संख्या १० हजार नाघ्यो 

कोरोनाभाइरस (कोभिड- १९) संक्रमित भएर अस्पताल भर्ना भएकामध्ये थप १ हजार ७ सय ५ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

डिस्चार्ज हुनेको कुल संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत निको भएर डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले बताए ।

 संक्रमितको कुल संख्या भने १६ हजार ९ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो 

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप १ सय ४४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।\

सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आजसम्मकै उच्च 

नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ७०५ रहेको छ । निको हुनेको सङ्ख्या नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए यताकै उच्च हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार २९४ पुगेको बताए ।

कूल कोरोना सङ्क्रमितमध्ये ६० दशमलव सात प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १४४ कोभिड–१९ सङ्क्रमित थपिएका छन् ।

विभिन्न २५ प्रयोगशालामा गरिएका पाँच हजार ८५६ नमूना परीक्षणमा ८२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै कोरोना सङ्क्रमितको कूल सङ्ख्या १६ हजार ९४५ पुगेको छ । प्रदेशगतरुपमा आज कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा छ, प्रदेश नं २ मा ४१, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा आठ, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना रहेका छन् । देशभरका क्वारेन्टिनमा हाल २३ हजार ४७० रहेका छन् ।

आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६१३ रहेको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३८ रहेको छ । हालसम्म प्रदेश नं १ मा एक जनाको पनि कोभिड–१९ का कारण मृत्यु भएको छैन भने प्रदेश नं २ मा चार, बागमती प्रदेशमा नौ र गण्डकी प्रदेशमा पाँच जनाको मृत्यु भएको छ । त्यस्तै, प्रदेश नं पाँचमा १० जना, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा छ जनाको मृत्यु भइसकेको छ ।

प्रवक्ता डा गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३० लाख ४९ हजार १०७ कोरोना सङ्क्रमित भएका छन् । कोरोनाले पाँच लाख ७१ हजार ८०७ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अगाडि रहेको छ । भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि रहेको छ ।

त्यस्तै, प्रति दश लाख जनसङ्ख्यामा कोरोनाका कारण मृत्यु हुनेमा पनि नेपालमा अफ्गानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा कम छ । नेपालमा ५००भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

त्यस्तै, हाल सङ्क्रमित नरहेको जिल्ला धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच रहेका छन् । काठमाडौँ उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढिरहेकाले अस्पताल, बैंकलगायतका स्थान सजगता गरिने प्रवक्ता गौतमले बताए ।

उनले जिल्ला जिल्लामा क्वारेन्टिनमा रहेका व्यक्ति घर फर्किएकाले त्यहाँ रहेका सामग्री र फोहरको उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

उनले भने, 'फोहर यत्रतत्र नफाल्न र उचित व्यवस्थापनका लागि हामी सबैलाई अनुरोध गर्दछौँ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x