कात्तिक १६, २०८०
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
आलु हामी दिनहुँ खान्छौं । तर हामीलाई थाहा नहुन सक्छ, आलु छालाको लागि निकै उपयोगी हुन्छ । आलुको प्रयोगले छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । आलुको प्रयोग गर्नाले निम्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।
आँखाको कालो घेरा :आलुले आँखाको कालो घेरालाई हटाउन मद्दत गर्छ । आलुलाई ताछ्ने अनि त्यसलाई स–सानो टुक्रा बनाएर आँखामा राख्ने । १० देखि १५ मिनेटसम्म राखेपछि मनतातो पानीले मुख धुने । यो उपायलाई नियमित रूपमा प्रयोग गरेमा छिट्टै यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।
चाउरी : आलुलाई पिसेर त्यसको रस निकाल्ने, त्यसमा ग्लिसरिन र काँचो दूध मिसाएर अनुहारमा लगाउने । १५ मिनेट सम्म राख्ने अनि अनुहार पखाल्ने । यसो गर्नाले अनुहारमा देखिएको चाउरी बिस्तारै हटेर जान्छ ।
अनुहारको दाग :अनुहारको खटिरा र दाग हटाउन आलुलाई पिसेर त्यसको रसमा कागती मिसाएर लगाउने र १५ मिनेटपछि बिस्तारै हातले मसाज गरेर अनुहार धुने । यसको नियमित प्रयोगले अनुहारमा फरक ल्याउनेछ ।
घामले डढेको छाला : आलु र गोलभेंडालाई एकैसाथ ग्राइन्डरमा पिसेर पेस्ट बनाउने र यसलाई केही समयसम्म फ्रिजमा राखी चिसो बनाउने । यो पेस्टलाई घामले डढेको ठाउँमा राम्ररी लगाउने र १० देखि १५ मिनेटपछि यसलाई पखाल्ने ।
चिल्लो छाला : चिल्लो छाला भएकाहरूलाई मुलतानी माटो र आलुको रस मिसाएर प्याक बनाएर लगाउँदा धेरै फाईदा पु—याउँछ । यसलाई लगाएर केही समय सुक्न दिएपछि मात्र पखाल्नुपर्छ । यो उपाय अपनाउनाले चिल्लो छालाको समस्याबाट मुक्ति पाउन सकिनेछ ।
छाला चम्काउन :आलुलाई उसिनेर मुछ्ने अनि त्यसमा थोरै जैतुनको तेल र काँचो दूध राखी पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि मनतातो पानीले पखाल्ने । यसो गर्नाले अनुहारको चमक बढ्दै जानेछ ।
चम्किलो कपाल : आलुलाई राम्ररी धोएर ताछ्ने र ताछेको बोक्रालाई पानीमा राखेर उमाल्ने । केही समय उमालेपछि आलुको बोक्रालाई छान्ने र छानेको पानीमा दुई चम्चा चुक अमिलो मिसाउने । कपाल नुहाइसकेपछि यो पानीले कपाललाई पुनः राम्ररी पखाल्ने । यसो गर्नाले कपाल चम्किलो हुन्छ ।
सुख्खा कपाल :तीन चम्चा आलुको रसमा दुई चम्चा घिउकुमारीको रस अनि एक चम्चा मह मिसाएर प्याक बनाउने र यसलाई कपालमा राम्ररी लगाउने । यसलाई लगाएको एक घण्टापछि राम्ररी कपाल पखाल्ने । समय समयमा यसको प्रयोग गर्नाले कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाइन्छ ।
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...