×

NMB BANK
NIC ASIA

दु:खमा साथ

कोरोनाले ‘कक्रक्क’ पारेको अर्थतन्त्र उकास्ने सूत्र : कुन देशले कस्तो प्याकेज ल्याए ?

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ रोग (कोरोनाभाइरस)को महामारीका कारण अहिले विश्व अर्थतन्त्र नाजुक स्थितिमा पुगेको छ ।

Sagarmatha Cement
Muktinath Bank

महामारीका कारण विश्वको अर्थतन्त्र एक शताब्दी पहिलेको अवस्थामा पुगेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थलिएर रहेको अर्थतन्त्रलाई माथि उकास्नका लागि संक्रमण कायमै रहे पनि विभिन्न मुलुकहरूले कारोबार शुरू गर्न थालिसकेका छन् ।


Advertisment
Nabil box
Kumari

तर कारोबार शुरू नै भए पनि अर्थतन्त्र तत्कालै माथि उठ्न नसक्ने विश्लेषकहरूको भनाइ छ ।

Vianet communication
Laxmi Bank

कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्न ठूला अर्थतन्त्र भएका मुलुक लगायत अधिकांश मुलुकमा यतिखेर स्टिमुलस प्याकेज सार्वजनिक गर्ने क्रम बढेको छ ।

भारत, चीन, अमेरिका, जापान, जर्मनी, फ्रान्सलगायतका मुलुकहरूले अर्थतन्त्रलाई उकास्नका लागि ठूलो मात्रामा बजेट विनियोजन गरेका छन् ।

यो सिलसिला अन्य मुलुकहरूमा पनि लागू भइरहेको छ । अर्थतन्त्र उकास्नका लागि ‘स्टिमुलस प्याकेज’मा ती मुलुकहरू केन्द्रित भएका छन् ।

कुन देशमा कस्तो प्याकेज ? 

भारत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस (कोभिड–१९) बाट शिथिल बनेको अर्थतन्त्र उकास्न २० लाख करोडको मेगा स्टिमुलस प्याकेज घोषणा गरेका छन् । उनले घरेलु तथा साना व्यवसायलाई कर छुट (ट्याक्स ब्रेक) दिने घोषणा गरेका छन् । 

समग्रमा प्याकेज भारतीय जीडीपीको १० प्रतिशत रहेको छ । २० लाख करोडमध्येबाट १.७ लाख करोडको प्याकेज विपन्न तथा गरीब वर्गमा राहत तथा खाद्यान्नका लागि छुट्ट्याइएको  छ । यस्तै रिजर्भ बैंकले तरलता र ब्याजदरमा व्यापक छुट दिएको छ । करिब ६.५ लाख करोड ब्याजदर छुट तथा तरलता व्यवस्थापनका लागि छुट्याइएको छ । 

चीन

चीनले अर्थतन्त्र उकास्नका लागि ४ खर्ब युआनको प्याकेज घोषणा गरेको छ । देशकै इतिहासको सबभन्दा ठूलो आर्थिक उद्धार प्याकेजले कोभिडका कारण गुमेको रोजगारी पुनः दिलाउने लक्ष्य लिएको छ । 

यसक्रममा करछुट दिइएको छ, बैंकको ब्याजदर घटाइएको छ अनि सामाजिक करकट्टीमा रोक लगाइएको छ भने बिजुलीको महसुल घटाइएको छ । 

अमेरिका

अमेरिकाले ३ खर्ब डलरको प्याकेज सार्वजनिक गरेको छ । जसमध्ये २.२ खर्ब डलर कोरोना संक्रमितको उद्धारका लागि विनियोजन गरेको छ । यस्तै बन्दाबन्दीका कारण प्रभावित भएका साना व्यवसायलाई उकास्नका लागि ऋण दिन १० अर्ब डलर विनियोजन भएको छ । 

प्याकेज अन्तर्गत दोस्रो चरणमा प्रति परिवारका लागि ६ हजार डलर अमेरिकी सरकारले दिनेछ । कोरोनाभाइरसका कारण रोजगार गुमाएकाहरूलाई उक्त राहत ल्याइएको हो । झण्डै १ खर्ब डलर प्रदेश तथा स्थानीय तहलाई विनियोजन गरिएको छ भने मजदूरहरूका लागि २०० अर्ब डलर छुट्ट्याइएको छ । अमेरिकी सरकारले भाडा, मोर्टगेज तथा अन्य कुराहरूका लागि १ सय ७५ अर्ब डलरको कोष खडा गरेको छ ।

स्पेन

कोरोनाले शिथिल अर्थतन्त्र ब्युँताउन स्पेन सरकारले २०० अर्ब युरो बराबरको प्याकेज सार्वजनिक गरेको छ । स्पेनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत बराबरको प्याकेज सार्वजनिक गरेको हो । यस्तै कोरोनाभाइरसको महामारीबाट प्रभावित भएकाहरूका लागि १७ अर्ब युरो विनियोजन गरिएको छ ।  

स्पेन सरकारले तरलता प्रवाह तथा पब्लिक ग्यारेन्टीका लागि १०० अर्ब युरोभन्दा बढीको बजेट विनियोजन गरेको छ ।  यस्तै ३ करोड युरो कोरोनाविरुद्धको खोप तथा खोपको खोज तथा अनुसन्धानका लागि छुट्ट्याइएको छ ।  

जापान

जापान सरकारले ४ अर्ब डलरभन्दा बढीको स्टिमुलस प्याकेजको घोषणा गरेको छ ।  कोरोनाभाइरसको महामारीबाट उत्पन्न संकट समाधान गर्न उसले ४ अर्ब १० करोड डलर (४ खर्ब ३० अर्ब ८० करोड येन) बराबरको दोस्रो स्टिमुलस प्याकेज ल्याएको हो । यसले साना तथा मझौला आकारका कम्पनी (एसएमई) लाई टेवा दिनेछ । 

नयाँ प्याकेजले मेडिकल सुविधा सुधार्नुको साथै विद्यालय बन्द भएर छोराछोरी हेर्न कार्यालयबाट बिदा लिन बाध्य अभिभावकलाई समेत सहुलियत दिनेछ । जापानले भाइरसका कारण मारमा परेका एसएमईका लागि ल्याएको विशेष कोषको आकार समेत यसअघिको ५ खर्ब येनबाट बढाएर १६ खर्ब येनमा पुर्‍याउने भएको छ ।

यसका साथै भाइरसका कारण बिक्रीमा कमी आएका साना कम्पनीहरूलाई टेवा दिन सरकारसँग सम्बन्धन प्राप्त बैंकहरूले ब्याज र धितोविनै कर्जा समेत दिने बताइएको छ ।

जर्मनी

जर्मनीले १३० अर्ब युरो बराबरको स्टिमुलस प्याकेज सार्वजनिक गरेको छ । जर्मनले कुल गार्हस्थ्य उत्पादनको ४ प्रतिशत बराबरको प्याकेज ल्याएको हो । जर्मनीले भ्याट १९ प्रतिशतबाट १६ प्रतिशतमा झारेको छ ।

यस्तै ६ महिनाका लागि ७ प्रतिशतबाट ब्याजदर ५ प्रतिशतमा झारिएको छ । एकल परिवार र उनीहरूको बच्चाहरूका लागि प्रतिपरिवार ३ सय युरो दिने व्यवस्था गरेको छ  । 

जर्मनीले इलेक्ट्रिक र हाइब्रिड सवारी साधनहरूलाई प्रोत्साहन लगायतका कार्यक्रम समेत ल्याएको छ । 

फ्रान्स

फ्रान्सले ४५ बिलियन युरोको स्टिमुलस प्याकेज सार्वजनिक गरेको छ । उसले अर्थतन्त्रको हिस्सा बनेका ठूला कम्पनीहरूका लागि २० अर्ब युरोको प्याकेज ल्याएकोे  छ ।  यस्तै साना कम्पनीका लागि न्यूनतम १ हजार ५ सय युरोदेखि बढीमा ५ हजार युरोसम्म सहायता दिइनेछ । यस्तै कोरोना उद्धार कोषमा ७ अर्ब युरो विनियोजन गरेको छ ।

अस्ट्रेलिया

अस्ट्रेलियाले अर्थतन्त्रलाई माथि उठाउन पहिलो चरणमा विभिन्न क्षेत्रमा स्टिमुलस प्याकेज घोषणा गरेको छ । अस्ट्रेलियाले कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत बराबरको स्टिमुलस प्याकेज घोषणा  गरेको हो । उसले व्यवसायमा १७.६ अर्ब डलरको प्याकेज ल्याएको छ भने स्वास्थ्य सेवा क्षेत्रमा २.४ अर्ब डलर विनियोजन गरेको छ । 

यस्तै राज्यहरूका लागि ५ अर्ब डलरको स्टिमुलस प्याकेज सार्वजनिक गरिएको छ ।  अस्ट्रेलियाले मध्यम तथा साना व्यवसायलाई आवश्यक नगद प्रवाहका लागि २० अर्ब डलर लोन ग्यारेन्टीको घोषणा गरेको छ । उसले तीन वर्षका लागि ब्याजदर घटाएको छ । 

सरकारले तेस्रो सहायता प्याकेजका रूपमा १३० अर्ब डलर छुट्ट्याएको छ । त्यसअन्तर्गत कर्मचारीहरूलाई काममा राखिरहनका लागि रोजगारदाताहरूलाई पाक्षिक रूपमा १५ सय डलर सरकारले दिएको छ र त्यो पैसा कर्मचारीलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

श्रीलंका

श्रीलंकाले बैंकहरूका लागि २ सय ५० मिलियन डलर बराबरको रिफाइनान्सिङ प्याकेज ल्याएको छ । यस्तै व्यवसायका लागि ४० हजार करोड भारतीय रुपैयाँ बराबरको प्याकेज घोषणा गरेको छ भने कर्जामा ब्याजदर घटाई ४ प्रतिशतमा झारेको छ ।

साना तथा मझौला व्यवसायीलाई करमा राहतको व्यवस्था गरिएको छ । अघिल्ला वर्षमा जानाजान करछली गरिएको छैन भन्ने विषयमा आन्तरिक राजस्व विभाग सन्तुष्ट भएमा आयकरमा छुट दिइएको छ । 

क्यानडा

क्यानडाले कोभिडका कारण थिलथिलो बनेको अर्थतन्त्र उकास्न ५२ अर्ब क्यानेडियन डलर बराबरको स्टिमुलस प्याकेज बनाएको छ । 

कोभिड–१९ का कारण काममा जान नपाएका वा पूर्णकालीन समय काम गर्न नपाएका कामदारका लागि २४ हप्तासम्म २ हजार डलर नगद दिइएको छ ।

क्यानडा सरकारले कोभिडका कारण बेरोजगारीको समस्या नआओस् भन्नका लागि लगभग १ लाख १६ हजार जागिर सिर्जना गर्ने अनि विद्यार्थीहरूलाई रोजगारी पाउन तथा क्षमता आर्जन गर्नका लागि तालिमको व्यवस्था गर्ने काम पनि सरकारले गरेको छ । 

व्यापारिक संस्थाहरूलाई आयकर तिर्नका लागि थप समय बढाइएको छ । ब्याजरहित ऋण दिने व्यवस्था पनि मिलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x