×

NMB BANK
NIC ASIA

बजेट नतिजामुखी ढंगले खर्च नभएपछि मुख्यमन्त्री पाेखरेलकाे निर्देशन- याे प्रवृत्तिलाई पूर्णतः अन्त्य गर्नुस्

असार ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मुख्यमन्त्री शंकर पोखरेलले विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च गर्न निर्देशन दिएका छन्।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न निकायको वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा निर्देशन दिँदै उनले बजेट माग गर्ने तर विनियोजन भएको बजेट नतिजामुखी ढंगले खर्च नगर्ने प्रवृत्तिलाई पूर्णतःअन्त्य गर्न र नागरिकको प्रत्यक्ष लाभलाई मन्त्रालयहरुले ध्यान दिनुपर्ने बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समयमा बजेट आएपनि बजेट कार्यान्वयनमा ढिलाई भइरहेकोले त्यसतर्फ सुधार गर्न मुख्ममन्त्रीले आग्रह गरे। 'आर्थिक वर्षको अन्त्यतिर मात्रै बजेट खर्च गर्ने प्रवृति अन्त्य हुुनुपर्छ,' उनले भने।


Advertisment
Nabil box
Kumari

उनले कोभिड-१९ आत्मनिर्भरताको लागि अवसर भएकाले मन्त्रालयले आत्मनिर्भरताका लागि योजना र कार्यक्रम ल्याउन निर्देशन दिए। 'कोभिडले तत्कालका लागि समस्या ल्याए पनि दीर्घकालका लागि अवसर ल्याएको छ, त्यो अवसरलाई हामीले बुझेर काम गर्नुपर्ने बेला आएको छ,' उनले भने।

Vianet communication
Laxmi Bank

कृषिको व्यवसायिकरणका लागि ध्यान दिन र त्यसका लागि किसान लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन मुख्यमन्त्रीले निर्देशन दिए। 'कृषिमा नयाँ सम्भावनाको खोजी गर्नुस्,कृषिका कार्यक्रम लक्षित समूहसम्म पु-याउनुस्,त्यसो भयो भने कृषिबाट संमृद्धिको यात्रा सम्भव छ,' उनले भने। उनले सडक पूर्वाधार विकासलाई मात्रै प्राथमिकता दिनुको साटो खानेपानी र सिंचाइका आयोजनालाई पनि महत्पूर्ण ठानेर प्राथमिकतासाथ काम गर्नुपर्ने बताए।

संघ र प्रदेशबीच दोहोरोपन नहुनेगरी योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिँदै दोहोरोपनले बजेट खर्च हुने तर बजेट खर्च भए अनुसार नतिजा नदेखिने प्रवृत्ति रहेको बताए।

डिजिटल प्रदेश बनाउने योजना प्रदेश सरकारको भएकोले मन्त्रालयले दिने सेवा प्रवाहका काममा प्रविधिको प्रयोग बढाउन र नागरिकसँग जोड्न आग्रह गरे।

वार्षिक विकास कार्यक्रम कार्यान्वयन कार्ययोजना प्रस्तुतीकरण तथा छलफल कार्यक्रममा मन्त्रीहरु, योजना आयोगका पदाधिकारी,प्रमुख सचिव, सचिव र महाशाखा प्रमुखहरु सहभागी थिए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x