कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
स्याङ्जा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिमलराज कँडेलको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।
गत साउन १२ मा उनीसहित जिल्ला प्रहरी कार्यालयमा कार्यरत १८ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको थियो। साथै पछि थप भई स्याङ्जामा प्रहरी कर्मचारीमात्रै ४० जना संक्रमित भएका थिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले एसपी कँडेलको स्वाब संकलन गरेर परीक्षण भएकाेमा मंगलबार दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। गत साता कोरोना पुष्टि भएपछि कँडेल पुतलीबजारस्थित आफ्नै क्वार्टरमा बस्दै आएका छन् ।
यस्तै, अन्य ३९ जना प्रहरी कर्मचारीह भीरकोट १, हेलुस्थित कालिका सामुदायिक अस्पतालमा र करेन्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गराइरहेका छन् ।
जिल्लामा हालसम्म २ सय ८१ जना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ। तीमध्ये १ सय ९७ जना निको भइ घर फर्केको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए। संक्रमितमध्ये कालिका सामुदायिकमा ४७ जना र करेन्डाँडाको स्वास्थ्य चौकीमा ८ जना बसिरहेका छन् ।
जिल्लामा संक्रमित दर बढेपछि संक्रमितहरुको कन्ट्याक्ट लिइएकाहरुमध्ये मंगलबार ४१ जनाको रिपोर्ट नेगेटिभ आएको प्रजिअ क्षेत्रीले बताए ।
पुतलीबजारमा साउन १३ देखि नै अत्यावश्यक सेवाबाहेक अन्य सेवा संचालन तथा आवत्जावत्मा कडाइ गरिएको थियो। पछि क्रमशः अन्य क्षेत्रसहित जिल्लाभर मानिसको आवत्जावत्मा कडाइ पारिएको हो।
प्रजिअ क्षेत्रीले भने, ‘गत मंगलबारदेखि अत्यावश्यक सेवाबाहेक अन्य सवारीसाधन र पसलहरू बन्द गराइएको छ। संक्रमित दर नघट्दासम्म सो कायम रहनेछ।’ पुतलीबजारमा १० दिनका लागि सिल गर्ने भनी गत साता सूचित गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नै लामो समयदेखि सिल गर्नुपर्दा जिल्लाको शान्तिसुरक्षामा असर परेको छ। प्रहरीका साथै नेपाली सेना र सशस्त्र प्रहरी बललाई पनि जिल्लामा परिचालन गरिएको क्षेत्रीले बताए।
जिल्ला कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गरिएकोमा ४० जनाबाहेक अन्यको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता अधिकारीले बताए।
यसैबीच, मंगलबार पुतलीबजारमै थप ८ जनामा कोरोना पुष्टि भएको छ। उनीहरु प्रहरी कर्मचारी भने हैनन्। कोरोना भाइरस संक्रमित देखिनेमा वर्ष ३०, ३२, ३९, ६१ का १–१ जना पुरुष छन्। यस्तै, वर्ष ३३ का २ जना पुरुष छन् भने २३ र ५२ का महिला छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा थप ८ सहित गण्डकीमा प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ५ सय ४३ पुगेको छ।
संक्रमितमध्ये १ हजार ३ सय ५२ निको भएको प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संयोजक डा. विनोदबिन्दु शर्माले जानकारी दिए।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...