×

NMB BANK
NIC ASIA

पाँच नायकः कुनै बेला नामै नाम, अहिले गुमनाम

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– कुनै बेला नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका कतिपय नायक अहिले भने गुपचुप र गुमनाम जस्तै बनेका छन् । सिनेमामा भविष्य खोज्दै नयाँ कलाकार नेपाली चलचित्र क्षेत्रमा स्थापित हुन खोजिरहेका बेला पुराना कलाकारहरु गुमनाम भएका हुन् । कुनैबेला निरन्तर सफल चलचित्र दिएर मिडियामा चर्चा पाइरहेका नायक/नायिका पनि अहिले भने चलचित्र क्षेत्रदेखि टाढा भएका हुन् कि भन्ने दर्शकलाई परिरहेको छ । त्यसो त कतिपय नाम चलेका पुराना नायकको चलचित्र हलमा प्रदर्शन भएर पनि फ्लप हुन थालेपछि अरु चलचित्रमा कलाकार दोहोरिन मुस्किल नै हुने गरेको छ ।

विराज भट्ट



निर्देशक शोभित बस्नेतको चलचित्र ‘अग्निपथ’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका नायक विराज भट्ट कुनै समयका उम्दा नायक हुन् । त्यतिबेला आफ्नो छुट्टै स्टारडम बनाएका नायक भट्टको एक्सन हेर्नकै लागि हजारौं दर्शक हलसम्म पुग्ने गर्थे । फिल्मसँगै भोजपुरी चलचित्रमा समेत अभिनय थालेका भट्टले नेपाली चलचित्र हिम्मत, बाटुली, अग्निपथ, तकदीर, नैना रेशम, डन, देवर बाबु, खलनायक लगायतका दर्जनबढी चलचित्र हिट बनाए । तर अहिले नेपाली चलचित्र क्षेत्रबाट उनी गुपचुपजस्तै छन् । उनको पुनः डेब्यु चलचित्र भनिएको जय परशुरामले पनि राम्रो व्यापार गर्न सकेन । उनी अहिले नेपाली चलचित्र दर्शकका लागि नौलो नाम बन्न लागिसकेका छन् ।

दिलिप रायमाझी



सुपरहिट चलचित्र ‘दर्पण छायाँ’, धन सम्पत्ति, लहना, अग्नि, उहिले बाजेको पालामा, सुपरस्टार लगायतका कैयन चलचित्रमा सफल अभिनय गरेका नायक दिलिप रायमाझीले नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका थिए । चञ्चले नायकको परिचय बनाएका यी नायक नेपाली चलचित्रमा राम्रो भविष्य नदेखेर अमेरिका पलायन भएका थिए । उनलाई नेपाली चलचित्र क्षेत्रमा नाच्न सिपालु नायक पनि भनिन्थ्यो । आफ्नो अभिनयको प्रभावले लामो समय चर्चामा रहेका यी नायक रायमाझी आजभोलि भने अमेरिकातिर भासिएका छन् ।
नयाँ कलाकारको प्रवेशसँगै भटाभट फिल्म फ्लप हुन थालेपछि रायमाझी अमेरिका पलायन भएका थिए । यदा कदा म्युजिक भिडियोमा अभिनय गरेको भेटिने रायमाझीका पछिल्लो समय कुनै पनि चलचित्र आएका छैनन् ।

राजबल्लभ कोइराला



पोखराबाट रेडियो एंकरिङ हुँदै फिल्म क्षेत्रमा आएका राजबल्लभ कोइराला कवि पनि हुन् । चलचित्र पर्खी बसें, छाडी गए पाप लाग्ला, ऋतु, किन लाग्छ माया, पल, अपवाद लगायतका नेपाली चलचित्रमा अभिनय गरेका कोइरालाले हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ मा समेत अभिनय गरिसकेका छन् । उनले हलिउड चलचित्र ‘हाइवे टु धम्पुस’ बाट भने राम्रो चर्चा बटुले ।

पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका यी अविवाहित नायक नेपाली चलचित्रबाट बिरानो बन्दै गएका छन् । हलिउडको सपना देखिरहेका कोइरालाले नेपाली चलचित्रमा भने आफूलाई व्यस्त राख्न सकेनन् । उनको पछिल्लो चलचित्र ‘ऋतु’ ले पनि नेपाली दर्शकमाझ राम्रो व्यापार गर्न सकेको थिएन ।

धिरेन शाक्य



विक्रम सम्वत २०५० को दशकमा सर्वाधिक चर्चामा रहेका नायक धिरेन शाक्य चलचित्रमा देखिएका छैनन् । चलचित्र सिमाना, मैले भुल्नै सकिन, दाग, चट्टान लगायतका चलचित्र, दुष्मनी, ज्वालामुखी लगायतका चलचित्रमा अभिनय गरेका यी नायक आजभोलि भने लगभग गुमनाम जस्तै छन् । कुनै बेलाका व्यस्त नायक शाक्यलाई आभोलि फाट्टफुट्ट म्युजिक भिडियोमा मात्र देख्न सकिन्छ । नेपाली चलचित्रसँगै नेवारी चलचित्रमा समेत अभिनय गरेका शाक्य लगभग एक दशक नै यो क्षेत्रबाट हराए पनि अब भने चलचित्र ‘ब्ल्याक’ मार्फत उनी चलचित्रमा कमब्याक हुन लागेका छन् ।

आर्यन सिग्देल



चलचित्र ‘किस्मत’ बाट नेपाली रजतपटमा उदाएका नायक आर्यन सिग्देल पनि आजकाल चलचित्रमा पातलो देखिन थालेका छन् । सुरु सुरुमा एकपछि अर्को गर्दै चलचित्रमा काम पाएका सिग्देललाई पछिल्लो समय भने नयाँ सिनेमामा देखिएका छैनन् । उनको अभिनयले धेरैको मन जितेको थियो । मेरो एउटा साथी छ, कोही मेरो, मौसम, हिफाजत, कसले चो¥यो मेरो मन, मधुमास, नोभेम्बर रेन जस्ता चलचित्रमा अभिनय गरेका चकलेटी नायक सिग्देलका यसअघि रिलिज भएका चलचित्र ‘क्लासिक’ र ‘होमवर्क’ ले ठीकै चर्चा बटुल्यो । तर, उनको स्टारडम बिस्तारै ओरालो लाग्दै गएको अनुभव भने दर्शकलाई हुन्छ । अहिले आफ्नै प्रोजेक्टको फिल्म निर्माणमा जुटिरहेका सिग्देल फिल्मसम्बन्धी हुने कार्यक्रममा भने यदाकदा देखिन्छन् । यतिबेला उनका हातमा फिल्म छैनन् । उनी कहिले पर्दामा आउनेछन्, त्यो भने हेर्न बाँकी छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x