×

NMB BANK
NIC ASIA

क्रिस्चियन बनेको आरोपमा मलाई पेस्तोल ताकियो : अञ्जु पन्त

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
म सानैदेखि भगवानको खोजीमा थिएँ । सानैदेखि नै भजन गाउने, व्रत बस्ने मेरो बानी थियो । व्रत बस्दा कतिपटक त म बेहोश पनि भएकी छु । लगभग ६ हजारभन्दा बढी गीत गाउँदा मैले गीत त गाउथें तर बिस्तारै मलाई थुप्रै रोगहरूले च्याप्दै गए ।

घाँटी दुखेर लामो समयसम्म त मैले गीत पनि गाउन सकिनँ । आफूले गीत गाउन नसक्ने स्थिति आएको बेलामा पनि केही गायक साथीहरूले त मलाई वर्षौंसम्म पनि स्वरका लागि पर्खने गर्नुहुन्थ्यो । मलाई भने धेरै रोगले च्यापिसकेका थिए ।

मलाई रोगले च्याप्दै गएको थियो । घाँटीमा समस्या आएर बोल्न नमिल्ने, घाँटी सुक्ने, आँखा दुख्ने, मृगौलामा समस्या, पैताला तथा ज्यान दुख्ने, माइग्रेन भएर टाउको फुट्ला झैं हुने भएको थियो । उपचारका लागि म अमेरिकासम्म गएँ । डाक्टरले गीत नगाउन सल्लाह दिनुभयो ।

म इसाई धर्म मान्न थालेपछि बिस्तारै निको हुँदै गएँ । अहिले त मैले सबै रोगबाट मुक्ति पाइसकें । प्रभुलाई हामीले चिन्न नसकेका रहेछौं । म मात्र होइन, अहिले म लगायत सबै परिवार इसाई धर्ममा हुनुहुन्छ । हामी सबै खुशी छौं ।

सत्य कुरालाई बुट्टा भरेर बेच्नुपर्छ भन्ने मलाई लाग्दैन । मैले हिजोसम्म प्रभुलाई नचिनेर केही नगरेकी रहेछु । अहिले मलाई प्रभु नै सारा सृष्टि लाग्छ । अहिले पनि मलाई कतिपय श्रोता दर्शकले धर्म परिवर्तन गरेकी भनेर विरोध गर्नुहुन्छ । यतिसम्म कि, पेस्तोल राखेर धम्की समेत दिइयो मलाई । फेसबूक तथा अन्य सामाजिक सञ्जालमा थुप्रै नकारात्मक प्रतिक्रिया दिनुहुन्छ उहाँहरूले । यस्ता प्रतिक्रियाले मलाई किञ्चित् दुःख लाग्दैन किनकि उहाँहरूले वास्तविकता नै बुझ्नुभएको छैन ।

कतिपय दर्शकले मैले दशैं तथा तिहार जस्ता चाड मनाउन छोडेकामा गाली गलौज गर्नुहुन्छ तर इसाई धर्ममा पनि आफ्ना नियम रहेछन् । प्रभुको भक्तले यस्ता कुरालाई स्वीकार गर्नैैपर्छ ।

क्रिसमसको अर्थ येशुमा विश्वास गरेपछि मुक्ति पाइन्छ भन्ने रहेछ । त्यही मुक्ति पाउनका लागि त हामी येशुको शरणमा पुग्नुपरेको छ । मलाई पनि केही वर्ष पहिलेसम्म ‘क्रिसमस डे’ को महत्व थाहा थिएन ।

दर्शकका डरलाग्दा आरोप र गालीले मलाई हतोत्साही बनाएको थियो केही समय । मैले प्रभुसँग दिनरात रुँदै मेरो हृदय परिवर्तन गर्न आग्रह गर्थें । अहिले भने मलाई आरोप केही जस्तो पनि लाग्दैन । कतिपयले त मलाई क्रिस्चियन धर्मको पैसा खाएर प्रचारमा लागेको पनि भन्नुहुन्छ । हामीले केको पैसा खाने नि ? बरू हामीले त प्रभुका लागि पैसा दिन्छौं ।

अरू धर्मका बारेमा मैले बोल्न त त्यति जरूरी छैन तर हामीलाई कुन धर्म मान्ने र कुन धर्म नमान्ने भन्ने नैसर्गिक अधिकार छ । मैले इसाई धर्म मान्दा जुन खालको सन्तुष्टि पाएकी छु, त्यो हिन्दू धर्मालम्बी हुँदा थिएन । हामीले मान्ने केही चाडहरू ठीक नहुन सक्छ । यो हामी आफैंले मूल्यांकन गर्ने कुरा हो । होली खेल्दा रंग लगाएर के फाइदा ? एकातिर एलर्जी हुने डर । अर्कातिर कसले विनाकारण लोलाले हान्छन् कि भन्ने डर ।

(लोकान्तरका लागि अर्घेलो थापासँग गरेको कुराकानीमा आधारित)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x