×

NMB BANK
NIC ASIA

ओलीले शकिङ न्युज दिन्छु भन्नुभयो, त्यो त म र प्रचण्डलाई जेल पठाउने कुरा पो रहेछ– माधव नेपाल

माघ ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधव नेपालले पार्टीको आन्तरिक किचलो चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई एक महिनाभित्र जेल हाल्छु भनेर ‘शकिङ’ न्युज सुनाएको बताएका छन् ।

Muktinath Bank

प्रतिनिधि सभा विघटनपछि उत्पन्न संवैधानिक र राजनीतिक परिस्थितका सम्बन्धमा बुधवार बिहान केही सम्पादकहरूसँगको छलफलमा नेपालले त्यस्तो दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘पार्टी विवाद चलिरहेको थियो । एकदिन उहाँ (प्रधानमन्त्री ओली)ले म एक महिनाभित्र तपाईंहरूलाई एउटा शकिङ न्युज सुनाउनेछु भन्नुभयो । शुरूमा त मलाई कस्तो होला त्यो शकिङ न्युज भनेर खुबै चासो लाग्यो । पछि बुझ्दै जाँदा त मलाई एक महिनाभित्र जेल कोच्ने षड्यन्त्र पो रचिएको रहेछ । मलाई जेल हालेपछि प्रचण्डजीलाई जेल हाल्ने तयारी रहेछ,’ नेता नेपालले भने ।


Advertisment
Nabil box
Kumari

नेपालले ललिता निवास प्रकरणमा जोडेर आफूलाई ओलीले जेल हाल्ने षड्यन्त्र गरेको दाबी पनि गरे । ‘त्यस्तो षड्यन्त्रको गन्ध थाहा पाएपछि मैले म पार्टीको महासचिव भएका बेला र राजनीतिक जीवनमा विभिन्न कालखण्डमा विभिन्न जिम्मेवारीमा रहेका बेला गरेका सबै कामको गहिरो अनुसन्धान गर्न र गल्ती गरेको भेटे कारवाही गर्न चुनौती दिएँ,’ नेपालले थपे, ‘तर पछि ओलीले त्यस्तो केही होइन भन्नुभयो । वास्तवमा ओली प्रतिशोधी नेता हो । उहाँले होइन भने पनि उहाँ त्यस्तैगरी प्रतिशोध लिने स्वभाव भएको नेता हो ।’

Vianet communication
Laxmi Bank

नेता नेपालले केपी शर्मा ओली २०७० सालमा पार्टीको अध्यक्ष भएदेखि नै नेकपा एमालेको ओरालो दिन शुरू भएको टिप्पणी गरे । ‘२०७० सालमा ओली पार्टीको अध्यक्ष भएदेखि नै हामी पीडामा छौं । ओली रगत, खकार समेत जाँच गरेर आफ्ना ‘यसम्यान’हरूलाई मात्र काखी च्याप्ने र अरूलाई नरुचाउने स्वभाव भएका मानिस हुन् ।’

उनले ओलीमा एकाधिकारवादी सोच भएको र पारदर्शिता पटक्कै नभएको दाबी गरे । 

सम्पादकहरूसँगको अन्तरक्रियामा प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् पुनःस्थापना भएन भने निर्वाचनमा जानुको कुनै अर्थ नहुने बताए ।

‘हामी निर्वाचनविरोधी त हुँदै होइनौं,’ प्रचण्डले थपे, ‘तर संसद् पुनःस्थापना नभई गरिने निर्वाचनले संविधान र लोकतन्त्रमाथि जुन प्रहार भएको छ, त्यसको क्षतिपूर्ति हुन सक्दैन । संविधान मिचेर गरिने निर्वाचनले परिणाम दिँदैन ।’

संसारका धेरै ठाउँमा तानाशाहरूले पनि निर्वाचन गराएको टिप्पणी गर्दै प्रचण्डले त्यसरी गराइने निर्वाचनको कुनै औचित्य नहुने बताए ।

आफूहरू प्रधानमन्त्री या अन्य कुनै पदका लागि संघर्षमा नउत्रिएको दाबी गर्दै प्रचण्डले पदका लागि मात्रै आन्दोलनामा गए भनेर बुझिए त्यो गलत हुने उल्लेख गरे ।

प्रतिनिधि सभा विघटन के भारतको इशारामा ओलीले गराएका हुन् भनेर आफूले बोलेको विषयलाई बङ्ग्यइएको प्रचण्डको गुनासो थियो ।

‘पार्टी विवाद चल्दैगर्दा एक दिन ओलीले भारतले आफूलाई हटाउन चाहेको र त्यसमा पार्टीकै साथीहरूको साथ छ भनेर बोल्नुभयो । अहिले त ओलीजीको भारतीयहरूसँग राम्रै भेटघाट र बसउठ चलेको सुनिन्छ । यो प्रसंगमा मैले उतिबेला भारतले हटाउन खोज्यो भन्ने प्रधानमन्त्रीले अहिलेचाहिँ के भारतकै इशारामा प्रतिनिधि सभा विघटन गरेका हुन् ? भनेर सोधेको मात्र हुँ । मेरो प्रश्न भारतलाई होइन, ओलीलाई हो,’ प्रचण्डले थपे ।

प्रचण्डले ओलीसँग तत्काल सहकार्य र एकताको कुनै सम्भावना नरहेको बताए । 

राष्ट्र हितलाई ध्यान राखेर अघि बढ्न खोज्दा ओलीले आफूलाई कमजोर ठानेको र आफू पनि चाहिनेभन्दा बढी लचक भएको प्रचण्डको स्वीकारोक्ति थियो ।

अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायले संविधान, ऐन र विधि प्रक्रिया हेरेर निर्णय दिनेमा आफूहरू विश्वस्त रहेको प्रचण्डको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x