×

NMB BANK
NIC ASIA

आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्णपाठ

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ, १५ जेठ - सरकारले आव २०७४/७५ का लागि रु १२ खर्र्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आज अपराह्न व्यवस्थापिका–संसद्को बैठकमा प्रस्तुत गरेको आयव्यय विवरण (बजेट)मा विनियोजित रकममध्ये चालु खर्च रु आठ खर्ब तीन अर्ब ५३ करोड १४ लाख ५४ हजार अर्थात् ६२ दशमलव ८ प्रतिशत, पूँजीगततर्फ रु तीन खर्ब ३५ अर्ब २७ करोड ५९ लाख ७० हजार हजार अर्थात् २६ दशमलव २ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार अर्थात् ११ प्रतिशत रहेको बताए ।

उक्त खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा २१ द्यशमलव ९ प्रतिशत र संशोधित अनुमानको तुलनामा ३६ दशमलव ६ प्रतिशतले बढी हो ।

सरकारी वित्तको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रदेश तथा स्थानीय तहमा हुने वित्तीय हस्तान्तरण चालु खर्चअन्तर्गत लेखाङ्कन हुने भएकाले चालु खर्चको अंश बढी देखिएको अर्थमन्त्री महराले बताए । उनले कुल बजेटमध्ये स्थानीय तहमा रु एक खर्ब ४८ अर्ब ६३ करोड ९८ लाख ३३ हजार समानीकरण अनुदान र रु ७६ अर्ब ४१ करोड ४७ हजार ५८ हजार सशर्त अनुदान गरी कुल रु दुई खर्ब २५ अर्ब पाँच करोड ४५ लाख ९१ ह्जार अर्थात् १७ दशमलव ६ प्रतिशत हस्तान्तरण गरेको जानकारी दिए ।Budget-Design

प्रदेश सरकार गठन नभइसकेकाले सङ्क्रमणकालीन प्रबन्धस्वरुप समानीकरण अनुरुप हस्तान्तरण हुने गरी रु सात अर्ब १४ करोड ३५ लाख छुट्याइएको छ भने स्थानीय तह र प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छुट्टै बजेट पुस्तिकामा छुट्याइएको अर्थमन्त्री महराले जानकारी दिए ।

आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु सात खर्ब ३० अर्ब पाँच करोड ५५ लाख ७० हजार, साँवा फिर्ता प्राप्तिबाट रु १५ अर्ब र वैदेशिक अनुदानबाट रु ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार व्यहोर्दा रु चार खर्ब ६१ अर्ब ७७ करोड ५७ हजार न्यून हुनेछ ।

सो न्यूनता पूर्ति गर्न वैदेशिक ऋणबाट रु दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार जुटाइने प्रस्तुत बजेटमा उल्लेख छ । राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा खुद रु दुई खर्ब ४७ अर्ब ७३ करोड ६२ लाख २८ हजार न्यून हुन जाने रकम पूर्ति गर्न रु एक खर्ब ४५ अर्ब आन्तरिक ऋणबाट र रु एक खर्ब दुई अर्ब ७३ करोड ६५ लाख ३८ हजार चालु वर्षको नगद मौज्दातबाट व्यहोरिने उल्लेख छ ।
बजेटको पूर्ण पाठ पढ्नुस् 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x