×

NMB BANK
NIC ASIA

घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा महोत्सव शुरू

मंसिर ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार कैलालीको ३ नम्बर निर्वाचन क्षेत्रका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीले  घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरे ।


Advertisment
Nabil box
Kumari

कार्यक्रममा कैलालीको प्रदेशसभा निर्वाचन क्षेत्र ३(२) का नवनिर्वाचित सदस्य खुसीराम डगौंरा, नगर प्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता थियो ।

Vianet communication
Laxmi Bank

महोत्सव मंसिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
 
महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारू परम्परा, कला, संस्कृति प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव शुरू भएको हो । कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेषगरी थारू समुदायको पुरानो गुरुवाहरूद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारू समुदायको स्थानीय प्रतिभाको संरक्षण संवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।
 
महोत्सवमा थारू संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ–गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारू जनजाति तथा आदिवासी समुदायको रहनसहन वेषभूषाका साथै विभिन्न थारू नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ । थारू समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित लवाङ्गी पूजा मनाइने गरिन्छ ।
 
पछिल्लो १ दशकदेखि यहाँ महोत्सवको आयोजना गरी लवाङ्गी पूजा मनाउने गरिन्छ । लवाङ्गी पूजाको अन्तिम दिन जीवनरक्षाका लागि थारू रीतिअनुसार सामूहिक रूपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारू समुदायमा अहिलेसम्म चलिआएको छ । थारू समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी) मन्दिर भन्ने गर्दछन् । यहाँ कैलाली, कञ्चनपुर, दाङबाट भक्तजन आउने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x