×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

मंसिर १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित भएका छन् । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित भए ।

Muktinath Bank

निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित भए । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू थिए । विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बिना मगर थिइन् । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किएका थिए । यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित भएका थिए 


Advertisment
Nabil box
Kumari

एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित भए । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता भएका थिए । 

Vianet communication
Laxmi Bank

सोही पार्टीका नेता एवं आर्थिक मामिलामन्त्री प्रकाश रावल पनि दोस्रोपटक प्रदेशसभामा निर्वाचित भए । एमाले पार्टी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेका उनी कञ्चनपुर–३ को प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएका हुन् । निवर्तमान प्रदेशसभा सदस्य एवं एकीकृत समाजवादीका नेता लालबहादुर खड्का, कञ्चनपुर र अमरबहादुर साउद कैलालीबाट यसपटक पराजित भए ।

प्रदेशका उद्योग पर्यटन वन वतावरणमन्त्री एवं माओवादी केन्द्रका नेता मानबहादुर धामी दार्चुला जिल्लाको प्रदेशसभा सदस्यमा र सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य अक्कलबहादुर रावल अछामको प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुँदा सोही पार्टीका निवर्तमान प्रदेशसभा सदस्य नन्दबहादुर साउदले कैलालीबाट पराजय व्यहोरे । 

 प्रदेशसभाका निर्वतमान सदस्य एमालेका पठानसिंह बोहोरा डडेलधुरा, लीलाधर भट्ट बैतडी, नेपालु चौधरी कैलाली यसपटकको निर्वाचनमा पराजित भए । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य एवं प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावल, कांग्रेस नेता एवं सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा पराजित भए ।

यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तराई मधेस लोकतान्त्रिक पार्टीका कृष्णबहादुर चौधरी यो पटकको चुनावमा कैलाली– १ को प्रदेशसभा सदस्यमा पराजित भए । यस्तै यसअघिको निर्वाचनमा एमालेबाट कैलाली–२ को प्रदेशसभा निर्वाचित रतनबहादुर थापा यो चुनावमा पराजित भए । एमाले परित्याग गरेर थापाले नागरिक उन्मुक्ति पार्टीबाट चुनावी प्रतिस्पर्धा गरेका थिए । 

प्रत्यक्ष निर्वाचनतर्फको बाजुरा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको नतिजा आउन भने बाँकी छ । सुदूरपश्चिम प्रदेशसभाका ३२ निर्वाचन क्षेत्रमध्ये ३० क्षेत्रको प्रत्यक्ष निर्वाचनतर्फको नतिजा आइसकेको छ । 

प्रदेशसभा सदस्यका नयाँ अनुहार

सुदूरपश्चिम प्रदेशसभामा यो पटक  नयाँ अनुहार निर्वाचित भएका छन्। कांग्रेसबाट प्रदेशसभाको प्रत्यक्षमा निर्वाचित कैलालीका प्रकाशबहादुर देउवा, प्रकाश बम र कमलबहादुर शाह, कञ्चनपुरबाट दिवानसिंह बिष्ट, बहादुरसिंह थापा र बेलबहादुर रानामगर, अछामबाट मेघराज खड्का र मानबहादुर रावल, बझाङबाट पृथ्वीबहादुर सिंह, बैतडीबाट शिवराज भट्ट, दार्चुलाबाट बिक्रमसिंह धामीसहित ११ नयाँ छन् ।

यस्तै प्रदेशसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका रमेश धामी कैलाली, खगराज भट्ट डडेलधुरा, शिवसिंह ओली डोटी, ओमविक्रम भाट कञ्चनपुर, भीम भण्डारी बझाङ र झपटबहादुर साउद अछाम नयाँ हुन् । सो पार्टीका प्रदेशसभामा आठ जना निर्वाचित भएका छन् ।

नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्यमा कैलालीबाट निर्वाचित रामेश्वर चौधरी, कैलाश चौधरी, लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी र खुशीराम चौधरीसहित पाँच सबै नयाँ अनुहार हुन् । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुने वीरबहादुर थापा कञ्चनपुर, सुरेन्द्र पाल बैतडी र चक्र मल्ल डोटी नयाँ छन् ।
 
स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी पनि नयाँ हुन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x