×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

भत्किए नेताका पुराना किल्ला : लुम्बिनीमा नयाँ अनुहारको वर्चस्व

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधिसभा निर्वाचनमा यसपटक लुम्बिनीमा नयाँ अनुहारको वर्चस्व भएको छ । कुल २६ निर्वाचन क्षेत्रमध्ये १६ वटामा यसपालि नयाँ अनुहार चुनिएका छन् ।

Muktinath Bank

पश्चिम नवलपरासीका २ वटा क्षेत्रमा नयाँ उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा संसदीय राजनीतिका खेलाडी जनता प्रगतिशीलका पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई हराउँदै कांग्रेस केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै अर्को कांग्रेसका पुराना खेलाडी देवेन्द्रराज कंडेललाई पराजित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानले बाजी मारेका छन् । त्रिपाठी र कंडेल २०४८ देखि नवलपरासीबाट चुनाव लड्दै आएका नेता हुन् । 


Advertisment
Nabil box
Kumari

रूपन्देही– ५ मा ३० वर्षदेखि एउटै क्षेत्रमा ‘राज’ गर्दै आएका कांग्रेस नेता भरतकुमार शाहलाई पराजित गरी एमालेका युवा नेता वासुदेव घिमिरेले चुनाव जितेका छन् । निवर्तमान सार्वजनिक लेखा समितिका सभापति शाहलाई भारी (झन्डै दश हजार) मतले पराजित गरी घिमिरेले बाजी मारेका हुन् । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्व मेयर समेत हुन् ।

Vianet communication
Laxmi Bank

पाल्पाका २ वटा निर्वाचन क्षेत्रमा पनि एमालेका नयाँ युवा उम्मेदवार विजयी भएका छन् । २०५१ सालदेखि पाल्पा– २ बाट चुनाव जित्दै आएका सोम पाण्डे (हाल नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता)को संसद् यात्रामा ‘ब्रेक’ लगाउँदै एमालेका युवा नेता ठाकुर गैरे निर्वाचित भए । निर्वाचित गैरेले अहिलेको निर्वाचनले युवा र नयाँ उम्मेदवार जनता रोजाइमा परेको सन्देश दिएको बताए । 

उनले जनतामा चेतना र परिवर्तनको लहर आएको दाबी समेत गरे ।

पाल्पा–१ मा पनि एमालेकै नयाँ उम्मेदवार विजयी भएका छन् । कांग्रेसका ज्ञानबहादुर गाहालाई पराजित गर्दै एमालेका नारायणप्रसाद आचार्यले जितेका हुन् । यो क्षेत्रमा यसअघि एमालेकै दलबहादुर राना निर्वाचन लड्दै आएका थिए ।

बाँकेले तीनवटै निर्वाचन क्षेत्रले पनि यो पटक ‘फ्रेस’ जनप्रतिनिधि पाएको छ । क्षेत्र नम्बर १ बाट माओवादीका नेता एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई पराजित गर्दै एमालेका सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् । 

त्यस्तै क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई पराजित गर्दै राप्रपाका डा. धवल शमशेर राणा विजयी भएका छन् । राणा नेपालगञ्ज उपमहानगरपालिकाका निवर्तमान मेयर समेत हुन् । 

बाँके ३ बाट कांग्रेसका किशोरसिंह राठोर निर्वाचित भएका छन् । राठोरले एमालेका किस्मतकुमार कक्षपतिलाई पराजित गर्दै संसद् यात्रा तय गरेका हुन् ।

बर्दियाका राठोर बाँके आएर चुनाव लडेका थिए । त्यस्तै एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्युठानले पनि नयाँ सांसद पाएको छ ।

राष्ट्रिय जनमोर्चाको उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गर्दै एमालेका युवा नेता सूर्य थापा विजयी भएका छन् । 

बर्दिया–२ मा यो पटक स्वतन्त्र उम्मेदवारले जीत निकालेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्तलाई पराजित गरी स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका हुन् । उनी रेशम चौधरी बुवा हुन् । रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनलाई समर्थन गरेको थियो । 

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छन् । दाङमा एमाले प्रतिनिधिसभा र प्रदेशसभामा ‘क्लीन स्वीप’ भएको छ । त्यस्तै रुकुम पूर्वमा एमालेका कैलाशकुमार मल्ललाई पराजित गरी माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । उनी पनि प्रतिनिधिसभातर्फ नयाँ अनुहार हुन् । 

कपिलवस्तुमा– ३ क्षेत्रमध्ये २ वटामा नयाँ अनुहार आएका छन् । क्षेत्र नम्बर १ मा पूर्व कृषिमन्त्री तथा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ लाई पराजित गरी एमालेका बलराम अधिकारी निर्वाचित भए । 

त्यस्तै क्षेत्र नम्बर २ मा चारपटक लगातार चुनाव जित्दै आएका एमालेका नेता वृजेश गुप्तालाई पराजित गरी कांग्रेसका सुरेन्द्र आचार्य निर्वाचित भए । 

क्षेत्र नम्बर ३ मा कांग्रेसका अभिषेकप्रताप साहको किल्ला भत्काउँदै एमालेका मंगलप्रसाद गुप्ता विजयी भए । लामो समय चुनाव लड्दै आए पनि गुप्ता पहिलोपटक सांसद निर्वाचित भएका हुन् । 

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले अहिलेको निर्वाचनमा युवाहरूले परिवर्तन खोजेको देखिएको बताए । 

‘अब नेताहरूको पुरानो विरासत, मान सम्मान होइन काम गर्ने सक्ने उम्मेदवारलाई जिताउनुपर्छ भन्ने देखियो,’ केसी भन्छन्, ‘नयाँ निर्वाचित सांसदहरूले कुनै लोभमा नफसी सशक्त ढंगले जनताका आवाज उठाए भने आगामी निर्वाचनमा पनि युवाको भविष्य राम्रो छ भन्ने प्रस्ट सन्देश निर्वाचनको ‘सिनारियो’ले दियो ।’ 

राजनीति क्षेत्रका अर्का जानकार युवंराज कंडेलले राजनीतिक योगदानभन्दा पनि जनताले समाजमा योगदान गर्न सक्ने नेताको खोजी गरेर नेतृत्व चयन गरेको तर्क गरे ।

‘निर्वाचनमा जनताले अहिले आफ्नो विवेक प्रयोग गरे । दलका नेताहरूले भनेको मान्नुपर्छ भन्ने स्वीकार गरेनन्,’ कंडेल भन्छन्, ‘सक्षमता भएका उम्मेदवार अगाडि नसार्ने हो भने आउँदा निर्वाचनमा ठूला भनिएका दलको अस्तित्व नै संकटतर्फ जान सक्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x