×

NMB BANK
NIC ASIA

मंसिर २६ गतेसम्म निर्वाचनसम्बन्धी सबै काम सकिन्छ : थपलिया

मंसिर १६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन् । शुक्रवार जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जिल्लामा निर्वाचनमा खटिने निर्वाचन अधिकृत र सुरक्षा निकायका प्रमुखका लागि राखेको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रक्रियाका सम्पूर्ण कामहरू मंसिर २६ गतेसम्म सक्ने तयारी रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bank

थपलियाले मंसिर १९ गतेसम्ममा मत गणना कार्य सम्पन्न गरिसक्ने र राजनीतिक दलहरूलाई मंसिर २२ गतेसम्ममा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूको नाम कानूनले तोकेअनुरुप पठाउनका लागि पत्राचार गरिने पनि उल्लेख गरे । त्यसपछि राष्ट्रपति समक्ष प्रतिवेदन पेश हुने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आयोगको प्रयत्न भनेको हामी १९ गते सम्ममा अहिले प्रारम्भ भइरहेका सबै मत गणना कार्यहरू सम्पन्न गर्नेगरी तयारी गरिराखेका छौँ । र त्यो विवरण प्राप्त भएको दुई दिनभित्र हामी सबै राजनीतिक दलहरूलाई तपाईंहरूको हैसियत यस्तो रह्यो, प्रतिनिधि सभामा । प्रदेश सभामा एकदेखि सुदूरपश्चिम सम्ममा तपाईंहरू यो–यो अवस्थामा रहनुभयो । तपाईंहरूको यहाँ यहाँ थ्रेसहोल्ड कट्यो । यहाँ यहाँ कटेन यो अवस्था रह्यो । त्यसकारण तपाईंहरूले आयोगमा बुझाएको बन्दसूचीको आधारमा कानूनले तोकेको क्लष्टर र तपाईंले दिएको मर्यादाक्रम नमिचिने गरी तुरुन्तै आफ्ना माननीय सदस्यहरू निर्वाचित गरेर पठाइदिनुस् भनेर चिठी लेख्छौँ’, थपलियाले भने, ‘२२ गतेसम्म पत्राचार भइसक्ने गरी हाम्रो तयारी छ । त्यसको ३ दिन समय हुन्छ । र त्यो प्राप्त भएको दुई दिन भित्रमा हामीले सम्पूर्ण प्रतिवेदन तयार गरेर सम्माननीय राष्ट्रपतिज्यू समक्ष बुझाउने भनेर भनेका थियौँ । सबै अभ्यास २२ गते सक्ने भनेका थियौँ । त २५/२६ गते पुग्छ कि भन्ने देखिएको छ । आयोग त्यही अभियानमा तम्तयार भएर लागिराखेको छ ।’


Advertisment
Nabil box
Kumari

प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी दिनमा पनि सबै ठाउँमा एकै चरणमा निर्वाचन सम्पन्न गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गरेको बताए । उनले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको उल्लेख गर्दै भने, ‘एकै चरणमा यत्तिको शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न होला र भनेर हामीलाई प्रस्ताव गर्दैगर्दा भनिएको विषय थियो । तर, हाम्रोजस्तो मुलुकमा जहाँ सुरक्षाको प्रत्याभूति सधैँ चाहिन्छ । चुनावमा मात्रै सुरक्षा चाहिने त होइन, सधै जरुरी छ । निर्वाचनको बेलामा फरक किसिमको सुरक्षा अनुभूति हो । आयोगले व्यवस्थापन गर्ने कुरा सम्पूर्ण व्यवस्थापन गर्नसक्छौँ भनेपछि अरु कुनै तर्क गरेर यो निर्वाचनलाई दुई वा तीन चरणमा लगिरहनु पर्दैन भन्ने हाम्रो जोड थियो । यसले अब के कुरा स्थापित गर्‍यो भने आगामी दिनहरूमा पनि निर्वाचन त भइरहन्छन् । ति निर्वाचनहरूमा पनि यो कुराहरू प्रमाणित गर्नुपर्दछ । हुन्छ भन्ने एउटा मानक यसले स्थापित गरेको छ ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x