पुस २, २०८०
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
काठमाडौं, १३ असोज — बलिउड अभिनेता वरुण धवनले आफ्ना प्रशंसकहरूलाई जुडवा २ हेर्न जाँदा रमाइलो गर्न र धेर नसोच्न आग्रह गरेका थिए । उनको आग्रह मानेर हामी दर्शकले दिमागै बन्द गर्ने त ?
धेर सोच्नु त परै जाओस्, यो भद्दा कमेडी बनाउँदा एकरत्ति दिमाग नलगाएको प्रस्ट हुन्छ ।
सन् १९९७ मा आएको फिल्म जुडवाको अद्यावधिक गरिएको संस्करण हो यो । त्यस फिल्ममा सलमान खानले सस्ता जोकहरू पनि दमदार तरिकाले पेश गरेका थिए । त्यतिखेर फिल्म भयंकर हिट भएको थियो । तर त्यही पुरानो सूत्रलाई दोहो–याएर बासी जोकहरूलाई ताजा बनाउन खोज्नु साह्रै झुर आइडिया हो ।
वरुण धवनले छुट्टिएका जुम्ल्याहा प्रेम र राजाको चित्रण गम्भीर तवरले गरेका भएपनि उनीसँग सलमान खानको जस्तो स्टार पावर र चार्म छैन । उनले कोशिश त गरेका हुन् र उनलाई दिइएका जोकहरू नै बचकाना छन् (जस्तो, अमेरिकाका राष्ट्रपति को हुन् : डोनल्ड डक कि डोनल्ड ट्रम्प ?)
एउटा तस्कर धनी व्यापारीसँग रिसाएबाट फिल्मको कथा शुरु हुन्छ । तस्करले अवैध हीरा भित्र्याउँदै गर्दा व्यापारी मल्होत्रा (सचिन खेडेकर) ले भन्सारका अधिकारीहरूलाई पोल लगाइदिन्छन् । त्यसपछि खलनायक तस्करले मल्होत्राको भर्खर जन्मेका जुम्ल्याहा छोरामध्येका एक राजालाई अपहरण गरेर लान्छ ।
मल्होत्रासँग बदला लिनका लागि उसको छोरा अपहरण गरेको खलनायकले राजालाई अलपत्र छोडिदिन्छ र ऊ मुम्बईका सडकहरूमा हुर्किन थाल्छ । एक महिलाले राजालाई रेलको ट्य्राकबाट उठाउँछिन् अनि आफ्नो छोराका रूपमा ग्रहण गर्छिन् ।
उता अर्को जुम्ल्याहा प्रेम भने लन्डनमा आफ्ना आमाबुवाले दिएको सुखसयलमा हुर्किन्छ । प्रेम भद्र मानिस बन्छ भने राजाले जिन्दगी बाँच्नका लागि दिमाग र मूढेबल दुवै लगाउँछ ।
जुडवा २ का हरेक कलाकारले चाहिनेभन्दा बढी अभिनय देखाउँछन् र संवादहरू पनि कुनै ठिटोले स्कूलको नाटकका लागि लेखेको जस्तो लाग्छ । तस्करले मल्होत्रालाई भन्छ, ‘तैंले मलाई (चकार), मैलै तँलाई (चकार) ।’
फिल्ममा हिरोइनहरू ज्याकलिन फर्नान्डेज र तापसी पन्नु सुन्दर देखिन अनि दिमाग नलगाउनका लागि प्रयुक्त छन् । फर्नान्डेजले विश्वसनीय अभिनय गरेको भएपनि पन्नु चाहिँ यो फिल्ममा कतै हराएझैं लाग्छिन् ।
वरुण धवन चाहिँ सलमान खानको नक्कल गर्दै जतिखेर पनि शर्ट खोलिरहेका भेटिन्छन् । फिल्मले हँसाउन नसकेपछि वरुणलाई शर्ट खोलेर दामी शरीर देखाउन लगाइन्छ । उनी नांगै फाइट गर्छन् अनि गीतमा नाच्छन् पनि ।
एउटै कुरा हेरिरहनुपर्दा दर्शकलाई झ्याउ लाग्छ ।
शारीरिक कमेडी पनि भद्दा लाग्छ । राजाको साथीका रूपमा राजपाल यादवलाई भकभके पात्र बनाइएको छ । त्यसले एकरत्ति हँसाउँदैन ।
अनु मलिकका हिट गीतहरू 'ऊँची है बिल्डिङ' र 'टन टना टन'को रिमिक्स चाहिँ रमाइलो छ ।
तर जुडवाका मूल नायक सलमान खानले यस फिल्ममा गरेको क्यामियोले समेत यसलाई बचाउन सक्दैन ।
फिल्म : जुडवा
कलाकार : वरुण धवन, ज्याक्लिन फर्नान्डेज, तापसी पन्नु, राजपाल यादव, सचिन खेडेकर
निर्देशक : डेभिड धवन
अवधि : १६० मिनेट
रेटिङ : पाँचमा दुई तारा
गल्फन्युज डट्कमबाट
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...