×

NMB BANK
NIC ASIA

कुलमानको घोषणा – अब जनताले बिजुलीको बिल घरमै बसेर तिर्नेछन् [अन्तर्वार्ता]

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
गत वर्षको लक्ष्मीपूजाको दिनदेखि लोडसेडिङ अन्त्य गर्ने अठोट लिँदै उज्यालो नेपाल अभियान शुरु गरेको नेपाल विद्युत प्राधिकरणको वर्तमान नेतृत्व एक सफल नेतृत्वका रुपमा दर्ज भएको छ । उज्यालो नेपाल अभियानमा आम नेपालीले समेत साथ दिएपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सफल हुन पुगे । तर, एक वर्षको बीचमा घिसिङका कतिपय कदम विवादित समेत बने । बल्ब खरिद प्रकरण, सोलार प्लान्ट ठेक्का ठूलो विवादका रुपमा देखिए पनि घिसिङ भने यो वर्षको हिउँदमा कतै पनि लोडसेडिङ हुन नदिने अभियान सफल पार्न कँस्सिएका छन् । उनै घिसिङसँग लोकान्तरका लागि मनीषा अवस्थीले गरेको कुराकानीको सम्पादित अंशः

सुख्खा याममा विद्युत आपूर्तिका लागि के गरिरहनु भएको छ ?

आउँदो हिउँदको सुख्खा मौसमको मागलाई सम्बोधन गर्ने गरेर आपूर्र्ति बढाउँदैछौं । यसपाली पनि सकेसम्म कहीँ पनि लोडसेडिङ हुन नदिने गरी हामी काम गरिरहेका छौं । अहिले गाउँघरहरुमा २/४ घण्टा लोडसेडिङ हुन सक्छ त्यो पनि उनीहरुलाई लोडसेडिङको अनुभूति हुन नदिने गरी । उद्योग क्षेत्रमा भने पिक आवरमा ३/४ घण्टा लोडसेडिङ हुनेछ । अलीकति बढाउनुपर्यो भने उद्योग क्षेत्रको एक दुई घण्टा बढ्न सक्छ तर सर्बसाधारणलाई भने लोडसेडिङ खेप्नु नपर्ने गरी व्यवस्थापन गरिरहेका छौं । गत वर्ष भारतबाट ३ सय ८० मेगावाट विद्युत आयात गरेका थियौं । यसपाली अलीकति विद्युत बढाउने सक्ने क्षमता भने छ । त्यसकारण यो वर्ष ४ सय मेगावाट आयात हुन सक्छ । ढल्केवर मुजफ्फपूर प्रसारण लाइन बनेको भए अली बढी लिन सकिन्थ्यो । यो वर्षको सुख्खायाममा मागको अवस्था १४ सय देखि १५ सय मेगावाट रहेको छ ।

लोडसेडिङ अन्त्य गर्ने अठोटका साथ लागेको एक वर्षमा कस्ता खाले चुनौतीहरु देखिए ?

चुनौतीहरु अत्यधिक आए । खासगरी नीतिगत चुनौतीहरु अत्यधिक देखा परे । कुनै काम प्रक्रियागत कामहरु गर्ने भनेर लाग्दा समयमा काम नभइदिने नीतिगत समस्या देखिए । नयाँ तरिकाले काम गर्छु भन्दा खुट्टा तान्ने प्रबृत्तिहरु देखिए । यी पनि चुनौती नै हुन् । चुनौतीहरु हाम्रो अठोटसामु हार्छन् ।

सोलार प्यानल जडान एलइडी बल्ब खरिदमा देखिएको विवाद पनि ठूला समस्या छन् । हामी प्रक्रियाबाट बाहिर नजाँदा पनि विभिन्न निकायले पुर्वाग्रह राख्नु नै ठूला चुनौतीहरु हुन् । तर पनि व्यवस्थापनले काम गरिरहेका छ । विभिन्न विद्युत अयोजनाका कामहरु भइरहेका छन् । चमेलिया एक डेढ महिनामै आउँदैछ ।

खासगरी हामी वितरण प्रणाली व्यवस्थित गर्न लागिरहेका छौं । क्षमताअनुसारका सवस्टेशन नहुँदा पनि हामीलाई ठूलो समस्या छ । सुरक्षाको विषय पनि गम्भीर समस्याका रुपमा देखिएको छ । तसर्थ दीगो भरपर्दो र सुरक्षित विद्युत प्रणालीको विकास र लोडसेडिङको अन्त्य गर्नुनै अहिले प्रमुख लक्ष्य हो । यो नै ठूलो चुनौती हो । किनभने हाम्रो क्षमता नै निकै कमजोर छ । यो अवस्थाको व्यवस्थापनमा हाम्रो टिम जुटिरहेको छ । अहिलेको कामको प्रगतिलाई हेर्दा आगामी २ देखि ३ वर्षमा करिब १३ सय मेगावाट विद्युत हाम्रो आफ्नै विद्युत उत्पादन हुन्छ । यसले करिब करिब माग धान्छ ।

लोडसेडिङ अन्त्य गर्ने अठोटका साथ काम गरिरहँदा विभिन्न राजनीतिक दलहरुले आफूले जस लिने गरेको पनि देखियो । यसलाई कसरी लिनुहुन्छ ?

मैले त विद्युत क्षेत्रमा देखिएको प्रगतिमा मेरो पुरै टिम, सम्पूर्ण नेपाली जनता र सम्पूर्ण राजनीतिक दललाई जस दिएको छु । त्यो बेलाको सरकारले पक्कै पनि जस लिने कुरा अन्यथा होइन । त्यो बेलाको सरकारको योगदान त छ नि । त्यसो त प्राधिकरकण पूर्व प्रमुखले सबै काम मैले गरेको हो भनेर पनि हिड्नुभएको छ । त्यसैले कसले के गर्यो र के भन्यो भन्दा पनि नतिजा के आयो भन्ने कुरा महत्वपूर्ण हो । हाम्रो पालामा देखिने गरी नतिजा आयो तर यसमा पुरै मेरो मात्रै मेहेनत हो, मै मात्रै हो, अरु कसैको पनि योगदान छैन भन्न मिल्दैन । यसमा आम जनताको योगदान सबैभन्दा ठूलो छ । आम जनताले त लोडसेडिङ अन्त्यका लागि ठूलो साथ दिएका छन् । त्यसैले अझै पनि पनि भने, यो सामुहिक प्रयास हो । मेरो नेतृत्वमा आम जनता, आम राजनीतिक दल, सरकार, कर्मचारी सबैको साझा प्रयासले यो अन्त्य भएको हो ।

लामो लोडसेडिङ सजिलै पचाइरहेका नेपालीहरुले लोडसेडिङ अन्त्य गर्ने भन्दा पनि घटे हुन्थ्यो भन्ने मात्रै अपेक्षा गरिरहेका थिए । त्यस्तो बेलामा अन्त्य नै गर्छु भन्ने प्रेरणा कहाँबाट आयो ?

मैले लामो समय यही क्षेत्रमा काम गरे । इलेट्रिकल इञ्जिनियर हुँ । योजनाबद्ध तरिकाले काम गरिएको हो । विद्युतको माग र आपूर्र्तिबारे अध्ययन गरेको छु, यही विषयमा थेसिस लेख्याछु । त्यसैले मेरा लागि यो नयाँ विषय भने होइन । यहाँको प्रणाली र व्यस्थापनबारे गम्भीरताका साथ सोच्नुपर्ने मात्रै थियो । लोडसेडिङ भइरहे पनि अनूभति नहुने गरी गरेका छौं हामीले । अलीकति विद्युत पनि कसरी जोगाउने भन्नेमा विशेष ध्यान दिदाँ यो प्रयास सफल भएको हो ।

बल्ब खरिद विवादित भएको थियो, अहिले के छ यसको अवस्था ?

विवादित भएको होइन, विवादित बनाइएको हो । अहिले बल्ब आएको भए नेपाली जनतालाई कति सजिलो हुन्थ्यो, कति सस्तो पाउँथे ? यो बल्बले विद्युत खपत घट्छ भन्ने कुरामा आम जनता जानकार छन् । अहिले नेपाली बजारमा आएका चाइनिज बल्ब ४ सय रुपैयाँमा खरिद गरेर लाइरहेका छन् । हामीले १ सय ४ रुपैयाँमा दिने भनेका थियौं । हामीले त जनताको सहजताका लागि काम गर्न खोजेका हौं नि तर यहाँ त ठूला व्यापारीहरु लागे । ठूल्ठूला घराना लागे । उनीहरुले ठूलो भ्रष्ट्राचार गर्यो भनेर भड्काए । कसैले केही काम गरिरहेको छ भने विश्वास गर्नुपर्यो । हामीले अहिले करिब २ सय मेगावाट घट्छ भनेका थियौं । भारतमा यही किसिमको ७५ करोड बल्ब वितरण गरि नै सकेका छन् । ३० करोड वितरण गर्ने प्रक्रियामा छ । तर हामी कहाँ लोडसेडिङ पनि गर्न हुँदैन भन्ने, सोलार पनि जोड्न हुँदैन भन्ने अनि बल्ब खरिदलाई पनि विवादमा ल्याउने ? यस्तो पनि हुन्छ ?

अहिले प्राधिकरणले के गरिरहेको छ ?

नयाँ हामीले धेरै गरिरहेका छौं । खासगरी प्रणाली सुधारका पक्षमा काम गरिहेका छौं । भरपर्दो प्रणाली कसरी व्यवस्थापन गर्न सक्छौं, विद्युतका क्षेत्रमा देखिएका समस्या सुधारका लागि काम गरिरहेका छौं ।
सबैभन्दा महत्वपूर्ण कुरा स्मार्ट मिटर ल्याउन लागेका छौं । देशभरीका प्रत्येक घरमा मिटर फेर्ने प्रक्रिया अगाडी बढाइरहेका छौं ।

स्मार्ट मिटरको प्रक्रिया कसरी अगाडि बढिरहेको छ ?

प्राधिकरणले ग्राहकहरुको सुविधाका लागि ल्याउन लागेको स्मार्ट मिटरको छिट्टै बोलपत्र आह्वान गर्ने तयारी गरिरहेका छौं । ग्राहकहरुले लामो समयसम्म लाइन बसेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन प्राधिकरणले अनलाइन प्रणाली विकासका लागि स्मार्ट मिटरको अवधारण ल्याएका हौं ।

आगामी २ महिनाभित्रमा बोलपत्र आह्वान हुँदैछ । यो प्रविधि जडान भएपछि मोबाइल फोनमार्फत महसुल तिर्न सकिनेछ । अहिले जनताले ८० रुपैंया विजुलीको विल तिर्न धेरै पैसा र समय खर्च परेको छ, अझै अहिले ग्रामिण क्षेत्रमा जनताले सानो विजुलीको विल तिर्न एक दिनभरीको समय ५ सय देखि १ हजारसम्म पैसा खर्च गर्नुपर्ने बाध्यता छ । यसैगगरी समयमा मिटर रिडिङ नहुँदा विद्युतको वास्तविक खपतबारे समेत थाहा हुन कठिन हुन्छ, त्यसैले यो प्रविधि ल्याउन लागिएको हो ।

स्मार्ट मीटर एक नयाँ प्रकारको विजुली मीटर हो जसले डिजिटल ऊर्जा विलको लागि डिजिटल ऊर्जाको आपूर्तिकर्तालाई डिजिटल रूपमा पठाउन सक्छ । स्मार्ट मीटर जडान गरिसकेपछि आफुले प्रयोग गरेको विजुली र विल मिटरले नै देखाउँछ । यो मिटरले प्रत्येक घण्टामा खपत हुने विद्युतबारे जानकारी दिन्छ ।

प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएपछि त्यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान गरिने उपभोक्ताले घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ मा पुर्याउन सक्नेछन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x