×

NMB BANK
NIC ASIA

असल जीवनसाथी छान्न जरुरी

कात्तिक २६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 
एजेन्सी -  सफल हुनको लागि  जीवनसाथीको महत्वपुर्ण भुमिका रहेको हुन्छ । जीवनसाथीकै उत्कृष्ट सल्लाह र सहयोगमा सफल बनेका उदाहरणहरु दुनियाँमा प्रसस्तै सुन्न र पढ्न पाइन्छ । अनि जीवनसाथी झुर पर्दा दुःख पाएका र जीवनबाट नै पलायन भएका घटना पनि हामीले देखे सुनेका नै छौं ।

Muktinath Bank

विज्ञहरुले गहिरो अध्ययन गरेर  खराव महिलाहरुको ९ आनीबानीहरु प्रकाशमा ल्याएका छन् । उनीहरुले पत्ता लगाएका यि ९ तथ्य सार्वजनिक गर्दै तत्काल यस्ता महिलाहरुबाट टाढा रहन सुझाव समेत दिएका छन् ।
१.आफुले भनेको सबै ठिक अरुले भनेको बेठिक भन्ने प्रवृतिः–केही महिलाहरु यस्ता हुन्छन्,जो अरुको कुरा सुन्न नै चाहँदैनन् । यस्ता बर्गका केटीहरुलाई के लाग्छ भने उनीहरुलाई दुनियाँमा थाहा नभएको कुरा केही छैन र उ जस्तो सर्बज्ञ दोस्रो व्यक्ति यो समाजमा छैन । उनीहरुको यही सोचाइको कारण उनीहरु सधै अरुमाथि राज्य गर्न अग्रसर हुन्छन् ।
विज्ञहरुका अनुसार सुरुवातमै विना हिच्किचावट कुनै पुरुषमाथि एउटा महिला हाबी हुने तरिकाले प्रस्तुत भइन भने उनीबाट तत्काल सतर्क हुनु पर्छ,किनकी यस्ता केटीहरु अरुलाई भेडा ठान्छन् र आफुलाई महान सम्झेर आफ्नो केटासाथीमाथि शासन गर्न तम्सिहाल्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२. शंकालु : कतिपय केटीहरु अत्यन्तै शंकालु हुन्छन् । यस्ता प्रकृतिका केटीहरु के चाहन्छन् भने उसको केटा साथीले सबै खालका गतिविधी उसामु छर्लङ्ग पार्नु पर्छ । कतिसम्म भने उसको केटा साथीले हरेक गतिविधि उसका अगाडि दुरुस्त राखेन भने यस्ता खालका केटीहरु फायर हुन पुग्छन् र वमलाई विर्साउने गरी विष्पोट हुन्छन् ।
यस्ता केटीसँगको सम्बन्ध कतिसम्म घाडो बन्न जान्छ भने तपाईले आफ्ना चिनेको साथीहरुसँग पनि निर्धक्क कुरा गर्न पाउनु हुन्न । कुनै केटीसाथीहरुसँग कुरा गर्नु भयो भने यस्ता केटीहरुले तत्काल तपाइलाई स्पष्टिकरण दिन बाध्य पारिहाल्छन्–उ को हो र किन उसँग कुरा गरेको भनेर । यति भनेर मात्र उनीहरुले तपाईलाई छाड्ने छैनन्,तपाइले उसलाई कहाँ, के को सिलसिलामा चिनेकोलगायत सबै कुरा सविस्तार भन्न हिच्किचाउनु भयो भने उसको असह्य प्रहार तपाईमाथि पर्ने निश्चित छ ।


Advertisment
Nabil box
Kumari

३.बुझ्नै नसकिने खालका केटीहरुः कतिपय केटीहरु यस्ता हुन्छन् कि उनीहरको बारेमा बुझ्न अत्यन्तै कठिन हुन्छ । उनीहरु केही विषयमा राखेको जिज्ञासामा ‘हो’ भन्ने जवाफ दिइरहेका हुन्छन् । तर बास्तवमा उनीहरुलाई भित्र भित्रै ति कुराहरु ‘होइन’ भन्ने लागिरहेको हुन्छ । असमझदार केटीहरुसँगको सम्बन्ध पनि तत्काल पुर्णविराम लगाउनु बुद्धिमानीपुर्ण हुन जान्छ किनकी भविश्यमा यस्ताको पछि लागियो भने पछुताउनुको विकल्प नै हुँदैन ।

Vianet communication
Laxmi Bank

४. म जे गर्छु ठिक गर्छु प्रवृतिः यस्ता प्रकृतिका केटीहरु कति सम्म घाडा हुन्छन् भने उनीहरुलाई मन परेको कुरा सबैलाई मन पर्छ भन्ने ठान्छन् । अनि सुरु भइहाल्छ उनीहरुको अतिचार । उसलाई मन परेको खाना,कामलगायत सबै उसका रोजाइहरु तपाइलाई मन पर्नै पर्ने भए पछि अनि पर्दैन त फसाद । यही कारण हो धेरैको जीवनमा असमझदारी बढ्दै गएर घरबार विग्रिएको छ । त्यसैले यस्ता स्वभावका केटीसँगको चक्करमा हुनु हुन्छ, या जोडि सक्नु भएको छ भने अहिले नै यिनलाई बाइबाई गर्नुस् । अन्यथा भविश्यमा पछुताउने ड्युटी बाहेक तपाईसँग अरु केही बाँकी रहने छैन ।

५.इर्स्यालु केटीहरुः यदि तपाईको संगतमा रहेकी केटी साथी कसैको इष्र्या बढी गरिरहेकी हुन्छीन् भने तपाईले अहिले नै सोच्नुस् कि उनी खतरनाक किसिमकी केटी हुन् । यस्ता केटीसँग तपाईको जीवन चलाउन निकै नै कठिन हुनेछ,किनकी यस्ता प्रकृतिका केटीहरु आफुले केही गर्नु भन्दा पनि अरुको आलोचना र इष्र्या गर्नमा नै बढी रमाउँछन् । भनाइ नै छ नि,‘अरुको इष्र्या गर्नेहरु सधै इष्र्या नै गरिहेका हुन्छन् ।’यस्ता केटीहरु आफ्नो केटा साथीले कुनै केटी साथीसँग कुरा मात्र गरे पनि डाहले भुतुक्कै हुन्छन् । तिनलाई लाग्छ–अव उसले मलाई छाडेर उसँग लाग्यो भने त म समाप्त नै हुन्छु ।

६.परनिर्भर तथा आत्मविश्वासविहिन केटीहरुः कतिपय केटीहरु केटा साथी वा श्रीमानले नै सबै कुरा गरिहाल्छन्,मैले केही जिम्वेवारी नलिए पनि हुन्छ भन्ने खालका हुन्छन् । यस्ता केटीहरु पुर्ण रुपमा अरुमा परनिर्भर हुन्छन् र सानो दुःखमा पनि आकासै खसे जस्तो गरी आत्तिन्छन् । यस्ता केटीहरुले आफ्नो श्रीमान बाहेक जीवनमा अरु केही नै सोचेका नै हुँदैनन् । उनीहरुलाई आफुले जीवनमा केही गर्नु पर्छ भन्ने पनि लागेको हुँदैन । बस् श्रीमान र उसको प्रमीबाट मुखबाट–म तिमीलाई माया गर्छु’ भन्ने बाक्य आए पुग्छ । यति मात्र होइन,यस्ता केटीहरुले तपाईको हरेक गतिविधीमाथि पनि उत्तिकै निगरानी राखिरहेका हुन्छन्,प्रहरीले चोर र डाँकाको गस्ती गरेजस्तै गरी ।
यदि त्यस्तासँग तपाईको सम्बन्ध जोडिन पुग्यो भने भुलेर पनि यस्तासँग सम्बन्ध अगाडि नबढाउनु किनकी यस्तासँगको दिर्घकालिन सम्बन्ध सुमधुर हुने सम्भावना अत्यन्त क्षिण हुन्छ ।

७.आमाबाबु भन्दा माथि उठेर सोच्न नसक्ने केटीः कोही केटीहरु आफ्ना आमाबाबुको खटन पटन भन्दा बाहिर आउन नै सक्दैनन् । उनीहरुलाई सानो निर्णय लिन पनि बाबु आमाविना कठिन प्रायः जस्तै हुन्छ । ‘मेरो त ड्याड र ममले नै सबै कुरा गर्नु हुन्छ,यो त मलाई थाहा छैन बुबा आमासँग नै एक पटक सोध्नु पर्छ’ जस्ता कुरा गर्ने केटीहरु पनि झुर नै हुन्छन्,व्यवस्थापकिय क्षेत्रमा । उनीहरुमा आफैले केही गर्नु पर्छ भन्ने बानीको साथै व्यवहारिक र व्यवस्थापकिय क्षमता पनि विकास भएको हुँदैन । त्यसैले यस्ता केटी पनि तपाईको रोजाइमा नपरेकै बेस हुन्छ ।

८ .मनको कुरा खुलेर नगर्ने केटीः कतिपय केटीहरु मनका कुरा खुलेर गर्दैनन् । उनीहरु आफ्ना सबै क्रियाकलाप आफ्नो केटा साथीलाई जानकारी नै नहोस् जस्तो सोचाइ राख्छन् । आफ्नो मोवाइलमा आएको फोन,मेसेज,भेटघाट ,खर्च जस्ता कुराहरुमा यदि कुनै केटी पारदर्शी छैनन् भने त्यस्ता केटीलाई अहिले नै विदाई गरिहाल्नोस् किनकी यस्ता केटीले तपाईको जीवनमा कहिल्यै खुसी ल्याउन सक्दिनन् ।यस्ता प्रकृतिका केटीबाट बढी खर्च गर्ने,परपुरुषहरुसँग लाग्ने जस्ता धेरै सम्भावना रहने विज्ञहरुको ठहर छ ।

९ .अरु सबै सुखी छन्,म मात्र दुःखी छु :  कतिपय केटीहरु कति असन्तोसी प्रकृतिका हुन्छन् भने उनीहरु कहिल्यै पनि खुसी रहन नै सक्दैनन् । अरु सबै सुखी छन् तर म भने दुःखी छु भन्ने भावना त्यस्ता केटीहरुमा आइरहन्छ । फलानोले त्यत्रो पैसा कमायो ,फस्ट डिभिजनमा डिग्रि पास गर्यो ,उसको छोरोले यस्तो गर्यो तर मैले केही गर्न सकिन,उ कति धेरै खुसीपुर्वक बाँचेको छ तर मैले भने कहिल्यै खुसीपुर्वक बाच्न सकिन भन्ने असन्तोकी प्रकृतिका केटीहरुसँगको सम्बन्ध पनि सुमधुुर हुन सक्दैन किनकी असन्तोकी सधै दुःखी रहने त प्रकृतिको नियम नै हो ।
 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x