×

NMB BANK
NIC ASIA

प्रचण्डले जारी गरे यस्तो घोषणा-पत्र (पूर्णपाठ)

कात्तिक २८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन, २८ कात्तिक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा  चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 
उनको घोषणापत्र यस्तो छ :

Sagarmatha Cement
Muktinath Bank

आदरणीय जनसमुदाय,
न्याय, समानता र समृद्ध नेपालको स्थापनाका लागि सामन्ती राज्यव्यवस्थाविरुद्ध जनताले सञ्चालन गरेका जनआन्दोलन, महान् जनयुद्ध, मधेश, जनजाति, थारु, महिला, दलित, उत्पीडित क्षेत्र लगायतका आन्दोलनमा सहादत प्राप्त गर्ने महान् शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।
नेपाली जनताका प्रतिनिधिहरुबाट बनेको संविधानको कार्यान्वयनसँगै सङ्क्रमणकालको अन्त्य गरी आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने क्रममा यतिखेर हामी आम निर्वाचनको संघारमा छौं । यो निर्वाचन नेपाली जनताका लागि ऐतिहासिक निर्वाचन हो । यसले देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिको ढोका खोल्ने र मुलुकलाई नयाँ युगतर्फ डो¥याउने हाम्रो विश्वास छ । यही विश्वास र अपेक्षालाई यथार्थमा परिणत गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा नेपाली क्रान्तिका नायक कमरेड प्रचण्डको योगदानबारे थप चर्चा गरिरहन नपर्ला ।
क. पुष्पकमल दाहाल “प्रचण्ड” चितवनवासीको लागि नौलो नाम होइन । २०१९ सालमा कास्कीबाट हालको भरतपुर महानगर–१४ शिवनगरमा बसाईं आएपछिका सबै राजनीतिक एवम् पारिवारिक आरोह–अवरोहको साक्षी चितवनका सचेत जनता रही आउनुभएको छ । खास गरी क. प्रचण्डको राजनीतिक विकासलाई मलिलो भूमि प्रदान गर्ने चितवनकै उर्वर वामपन्थी एवम् विद्रोही परिवेश रहेको छ ।
हाम्रो पार्टी समृद्ध नेपाल बनाउन प्रतिबद्ध छ । आगामी केही वर्षहरु नेपालमा आर्थिक क्रान्तिका वर्षहरु रहने छन् । पुरानो सामन्तवादी युगको अन्त्य भए तापनि नेपाली जनताका घर–आँगनमा समृद्धि, विकास, न्याय र समानता अझ आइपुगेको छैन । आगामी केही वर्ष नेपालमा औद्योगिकरण, कृषिमा आधुनिकीकरण, सडक, रेल, विद्युत, टेलिफोन र इन्टरनेट सञ्जालको व्यापक विस्तार, रोजगारी, आवास, स्वास्थ्य, शिक्षा, मनोरञ्जनमा आम मानिसहरुको पहुँच पु¥याएर समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको वर्षको रुपमा अघि बढाइने छ ।
एकात्मक सामन्ती पुरानो प्रतिक्रियावादी नेपाल भत्काएर नयाँ नेपाल निर्माणको राजनीतिक क्रान्तिको नेतृत्व गरेको हाम्रो पार्टी र सर्वाेच्च नेतृत्व क. प्रचण्ड मूलतः चितवनको उत्पादन हो । चितवनकै भूमिबाट राजनीतिक जीवन सुरुवात गरी यहीँ टेकेर यति ठूलो जनक्रान्तिको नेतृत्व गर्न सक्षम हुनु सम्पूर्ण चितवनवासीका लागि गौरवको कुरा हो ।
देशलाई समृद्ध गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादमा पु¥याउन पुनः नयाँ प्रतिवद्धताका साथ हाम्रो मुख्य नेतृत्व क. प्रचण्ड चितवनबाटै यसको नेतृत्व गर्ने संकल्पका साथ आउनुभएको छ । चितवनका जनताको विश्वासको बलमा राष्ट्रिय नेतृत्व लिएर देशलाई समृद्धि र समानताको नयाँ अभियानको बाटोमा अगाडि बढाउने संकल्प क. प्रचण्डको रहेको छ ।
नेपाललाई समृद्ध र विकसित राष्ट्रका रुपमा निर्माण गर्न अग्रगामी शक्तिहरुको बहुमतको सरकार तत्कालीन आवश्यकता हो । यही आवश्यकतालाई पूरा गर्न नेकपा एमालेसँग पार्टी एकताको उद्देश्यसहित चुनावी गठबन्धनको अगुवाई क. प्रचण्डले गर्नुभएको सर्वविदितै छ । यो परिप्रेक्ष्यमा चितवनको समृद्धि र विकास जति छिटो र गतिमा हुन्छ, त्यही गतिमा देशको विकास र समृद्धि गर्न सकिन्छ भन्ने दृढ विश्वास सहित चितवनलाई देशको विकासको नमुना ९ःयमभ०ि बनाउन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा क. प्रचण्ड उम्मेदवार बन्नुभएको छ ।
क. प्रचण्ड चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार भएपनि उहाँलाई सिंगो चितवनवासीको साझा उम्मेदवार र अभिभावकका रुपमा, विकास, समृद्धि र एकताका प्रतीकका रुपमा लिइएको छ । नेपाललाई समाजवादी युगमा पु¥याउने उदात्त चिन्तन र गतिशील नेतृत्व दिँदै आएका क. प्रचण्ड सिँगो देशको आवश्यकता हुन् । सबै राजनीतिक दल, संघ–संस्था, बौद्धिक व्यक्तित्व, नागरिक समाजको साझा अभिभावकका रुपमा चितवनवासी जनसमुदायका बीचमा उहाँलाई उभ्याउन पाउँदा हामी गौरवान्वित बनेका छौं ।
समृद्ध चितवनका लागि उहाँले चितवनका सातैवटा पालिकाहरु एकीकरण गरी “चितवन मेट्रो सिटी” बनाउने उद्देश्यसहित विकास र समृद्धिको खाका र प्रतिबद्धता–पत्र प्रस्तुत गरेका छौं ।
(क) प्रचण्ड रोजगार योजना
१. उद्योग, कृषि, सेवा, यातायात लगायतका क्षेत्रहरुबाट आगामी ५ वर्षभित्र ५०,००० नयाँ रोजगार सिर्जना गरिने छ । यस्ता रोजगारहरुमा चितवनका विपन्न परिवारलाई प्राथमिकतामा राखिने छ । चितवनको औद्योगीकरणका लागि चालु योजनाहरुको कार्यान्वयन तथा नयाँ योजनाहरुका माध्यमबाट रोजगारीका थप अवसर सिर्जना गरिने छ ।
(ख) प्रचण्ड आवास योजना
२. भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकताका साथ उनीहरु हाल बसोबास गरेकै क्षेत्र वा पायक पर्ने ठाउँमा बहुतलाको आधुनिक आवास गृह निर्माण गरी वितरण गरिने छ ।
३. सामन्तवादबाट देश पूँजीवादमा पाइला टेक्दै गएको यो समयमा सुकुम्बासी समस्याको स्थायी समाधानका लागि आवास र रोजगारीको सन्तुलनबाट हल गर्ने उद्देश्य लिइएको छ ।
(ग) चितवन, औद्योगिक नगरी
४. कालिका नगरपालिकामा क. प्रचण्ड प्रधानमन्त्री हुँदा घोषणा गरिएको “औद्योगिक क्षेत्र” को समग्र विकासमा एकीकृत योजना निर्माण गरिने छ । औद्योगिक क्षेत्र शक्तिखोरमा पुग्ने फराकिलो सडक निर्माण, खानेपानी, विद्युत, सञ्चार, आदि सुविधा पु¥याइने छ । औद्योगिक क्षेत्रमा देशभित्र र बाहिरका उद्योगीहरुलाई व्यापक रुपमा आकर्षित बनाई आगामी पाँच वर्षभित्र औद्योगिक शहर निर्माण गरिने छ ।
५. ठोरी नाकालाई व्यवस्थित बनाई भारतसँगको व्यापार तथा सुख्खा पारवहनलाई नियमित गरिने छ ।
६ पूर्वी चितवनको उपयुक्त स्थानमा तीन नम्बर प्रदेशको तेल भण्डारण निर्माण गरिने छ ।
(घ) समृद्ध माडी, सम्पन्न माडीवासीको सपना
७. माडी दुर्गम, विपन्नता र प्राकृतिक प्रकोपले वर्षेनी ठूलो जनधनको क्षति भइरहने क्षेत्र हो । यसको हल गुणात्मक ढंगले निकाल्न जरुरी छ । राष्ट्रिय निकुञ्ज चितवनवासीको गौरव भइरहँदा माडीबासीका लागि कतिपय सन्दर्भमा अभिशाप बनेको छ । आगामी पाँच वर्षमा माडी र बाँकी चितवन जोड्ने गरी राष्ट्रिय निकुञ्जमा सुरुङ्गमार्ग ९ग्लमभच न्चयगलम च्यबम० वा ँथि इखभच सडकमध्ये एक निर्माण गरिने छ । यो सडक निर्माणले यातायात, विद्युत, टेलिफोन, इन्टरनेट सेवा उपलब्ध हुन सहज हुनेछ । यसको साथै रिउ कोरिडोर ९ऋयचचष्मयच० यसै अवधिमा पूरा गरिने छ । माडी
रिङ्गरोडको करीब ४० किमी सडक निर्माणको ठोस पहल अघि बढाइने छ । यसबाहेक स्थानीय तहले अघि सारेका विकास निर्माण र जनजीविकाका क्षेत्रका योजना तथा कामहरुलाई गुणात्मकरुपमा पूरा गर्न विशेष पहल गरिने छ ।
८. जनयुद्धका क्रममा हाम्रो पार्टीको भूलवश भएको बाँदरमुढे दुर्घटनामा दिवङ्गतहरुको चिरस्मरणमा एक पार्क निर्माण गरिने छ ।
९. राष्ट्रिय निकुञ्जका जङ्गली जनावरहरुका कारण यस क्षेत्रका जनताले सास्ती झेल्नु परिरहेको अवस्थालाई अन्त्य गर्न निकुञ्जसँग जोडिएका बस्ती क्षेत्रमा पी.सी.सी. वालसहितको मेस जाली जडान गरिने छ ।
(ङ) चितवन, कृषि शिक्षा र उत्पादनको मुख्य केन्द्र
१०. कृषि तथा वन विज्ञान विश्वविद्यालय देशकै एक मात्र प्राविधिक विश्वविद्यालय हो । यसलाई आगामी दिनमा केन्द्रीय विश्वविद्यालयका रुपमा अघि बढाइने छ । साथै रामपुरमा हाल थोरै मात्रामा रहेको विद्यार्थी संख्यालाई बढाएर अहिलेको भन्दा दशौं गुणा बढी विद्यार्थीहरु पढ्न सक्ने सामथ्र्य विकास गरिने छ । साथै यहाँ केही हजार विदेशी विद्यार्थीहरुलाई समेत आकर्षित गरिने छ । साथै कृषि क्रान्तिको प्राविधिक नेतृत्व गर्न सक्षम जनशक्ति विश्वविद्यालयमार्फत् निर्माण र परिचालन गरिने छ ।
११. कृषि तथा वन विज्ञान विश्वविद्यालय, सामुदायिक विद्यालय, त्रिविको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसको स्तरीकरणका लागि विशेष पहल गरिने छ साथै सामुदायिक क्याम्पस वा कलेजलाई पनि सरकारबाट निश्चित अनुदानको व्यवस्था गरिने छ ।
१२. किसानलाई आधुनिकीकरण गर्न अति आवश्यक भइसकेको छ । तसर्थ जमिनको चक्लाबन्दी गरी सहकारीकरण वा अन्य माध्यमबाट ठूलो स्केलमा कृषि फर्मको विकास र विस्तार गरिने छ । कृषकलाई आधुनिक खेती प्रणालीसँग अवगत
गराई कृषि उब्जनी वृद्धि गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग सहकार्य
गरी “कृषक पाठशाला” सञ्चालन गरिने छ । यस्ता पाठशालामा किसानहरुलाई उन्नत खेती प्रणालीबारे व्यवहारिक ज्ञान दिइनेछ ।
(च) सामुदायिक शिक्षामा क्रान्तिकारी विकास
१३. चितवनमा रहेका सप्तगण्डकी क्याम्पस, बालकुमारी कलेज, माडी कलेज र शहिद स्मृति कलेजजस्ता सामुदायिक कलेजसँगको सहकार्यमा चितवनमा एउटा पब्लिक विश्वविद्यालय स्थापना गरिने छ ।
१४. विद्यालय शिक्षाको स्तरीकरणका लागि उचित नियमनको व्यवस्था गर्न चितवनका ७ वटै स्थानीय तहसँग समन्वय र सहकार्य गरिने छ । नमूना विद्यालयका रुपमा स्थापित भइसकेको नारायणी मा.वि. ले अवलम्बन गरेका शैक्षिक क्रियाकलापहरुको जिल्लाव्यापी विस्तार अनुकुलन गरी चितवन जिल्लाका कम्तिमा २५ प्रतिशत विद्यालयहरु नमूना विद्यालय बनाइने छ । साथै वडाहरुमा गरीब तथा न्यून आय भएका अभिभावकका बालबालिकाको शिक्षाका लागि तत्काल मन्टेश्वरी कक्षासहितको सामुदायिक विद्यालय स्थापना गरिने छ ।
(छ) समृद्ध र विकसित चितवनको सपना
१५. चितवनमा मेट्रो/मोनो रेलको सम्भाव्यता अध्ययन गरी निर्माण कार्यलाई अघि बढाइने छ ।
१६. मेघौलीमा रहेको विमानस्थलको स्तरोन्नति गरी त्यसलाई सञ्चालनमा ल्याइने छ र भरतपुर–मेघौली सडक यातायातलाई २०÷२५ मिनेटमा ओहोर–दोहर गर्नसक्ने ढङ्गले स्तरोन्नति गरिने छ ।
१७. नवलपुर खण्डसँग जोडेर समग्र पश्चिम चितवनको विकास गर्न नारायणी नदीमा ३ वटा थप पुल निर्माण गरिने छ ।
१८.नारायणी र राप्ती नदिमा तटबन्धन गरी फराकिलो रिङ्गरोड निर्माण गरिने छ । पूर्वी चितवनको कयर खोला, राप्ती आदि नदीमा समेत तटबन्धन गरी त्यहाँ सडक निर्माण गरिने छ ।
१९. चितवनमा तीव्ररुपले शहरीकरण भइरहेको छ । खेतीयोग्य जमिनको सीमितिकरण हुँदैछ । आगामी दिनमा खेतीयोग्य, औद्योगिक क्षेत्र र आवास क्षेत्रका रुपमा भूमिको वर्गीकरणको नीति लिइने छ ।
२०. भण्डरा–मलेखु सडकलाई स्तरोन्नतिसहित पूर्णता दिइने छ । शक्तिखोर–फिस्लिङ् सडक निर्माण गरिने छ ।
२१. शारदानगरमा अन्तर्राष्ट्रियस्तरको खेलकूद रङ्गशाला निर्माण गरिने छ ।
२२. चितवनमा अन्तर्राष्ट्रियस्तरको मनोरञ्जन पार्क (फनपार्क) निर्माण गरिने छ । उक्त पार्कको नामाकरण शहीदहरुको नाममा राखिने छ ।
२३. जोखिमपूर्ण बस्तीको स्थानान्तरण, नदीले कटान गरिएका जमिनको क्षतिपूर्ति, बाँदरझुलाका जनताको भरपर्दो र वैज्ञानिक समाधान निकालिनेछ ।
२४. चितवनमा सञ्चार अध्ययन प्रतिष्ठान स्थापना गर्न पहल गरिने छ । यसका साथै,
ड्ड मर्यादित र जिम्मेवार, र स्वतन्त्र प्रेस क्षेत्रको विकास र पत्रकारको सुरक्षा र क्षमता अभिवृद्धिका लागि केन्द्रीयस्तरमा नेपाल पत्रकार महासंघ र सञ्चारसँग सम्बन्धित निकायहरुले अघि सार्दै आएका माग तथा अवधारणा पुरा गर्न विशेष भूमिका निर्वाह गरिने छ ।
ड्ड चितवनमा आमसञ्चार तथा सञ्चारकर्मीहरुको सर्वाङ्गण विकासका लागि ‘आमसञ्चार प्रतिष्ठान’को निर्माण गरिने छ ।
ड्ड स्थानीय तथा सामुदायिक सञ्चारलाई समानुपातिक विज्ञापन, अनुदान तथा विज्ञापनका लागि सहज हुने नीतिगत व्यवस्था र कार्यान्वयनका लागि पहल गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

(ज) पर्यटकीय चितवन नगरीका लागि विशेष योजना
२५. देशको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको चितवनको समग्र विकास गर्दै राष्ट्रिय निकुञ्ज, ताल–तलैया, सामुदायिक वन, कृषि तथा जडिबुटी फार्म, औद्योगिक क्षेत्र, शिक्षालय, पहाडी पदयात्रा, जङ्गल पदयात्रा, साहसिक पर्यटनलगायतको विकास तथा प्रबद्र्धन गर्दै यातायातको व्यवस्था (प्रस्तावित रेल, सडक सञ्जाल तथा एयरपोर्ट) को उचित व्यवस्थापन गर्ने । चितवनलाई पहिलो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने । प्राङ्गारिक कृषिको पनि उचित प्रवद्र्धन साथै कृषि पर्यटनको पनि विकास गर्दै चितवनको पर्यटन व्यवसायलाई मर्यादित बनाउँदै विश्व समुदायमा नै चितवनको पहिचान स्थापित गरिने छ ।
२६. देवघाट, मौलाकालिका क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न गुरुयोजना तयार गरिने छ । यसअन्तर्गत देवघाटको समग्र क्षेत्रको संरक्षण, पुनर्निर्माण, प्रवद्र्धन, विद्युतीय शवगृह तथा वृद्वाश्रमको निर्माण गरी त्यसको संरक्षण र विकास गरिने छ ।
चितवनलाई मेडिकल राजधानी बनाइने
२७. चितवन जिल्ला केही वर्षयता मेडिकल राजधानीका रुपमा तीब्र विकास भईरहेको छ । देशकै स्वास्थ्य सेवाको प्रमुख केन्द्रका रुपमा यसलाई विकास गर्न विशेष योजनाको निर्माण गरी आवश्यक पहल गरिने छ ।
२८. बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई विकास गरी मेडिकल कलेजको रुपमा निर्माण गर्ने योजना बनाइने छ ।
२९. क्षयरोग, मलेरिया, डेंगु, एचआईभीलगायतका सङ्क्रामक रोगहरुविरुद्ध प्रभावकारी कदमका लागि केन्द्रीयस्तरमा विशेष कार्यक्रम, एचआइभी सङ्क्रमित एकल महिला तथा बालबालिकालाई सामाजिक सुरक्षा कार्यक्रममा समेट्ने ।


Advertisment
Nabil box
Kumari

चितवनको विकास निर्माणको स्वामित्व
३०. चितवन जिल्लाका ७ वटै पालिकाले बनाएका योजनाहरुको स्वामित्व लिई ती योजना लागू गर्न पालिकाहरुलाई सहयोग र नेतृत्व गरिने छ ।
 

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक १४, २०८०

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा घरेलु टोली नेपालले मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मंगलबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x