मंसिर २१, २०७९
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।
नेपाल–भारत सीमा नाका बन्द
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ ।
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिनुभयो ।
नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।
मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गर्नुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।
सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उहाँले बताउनुभयोे । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् । भ्रमणका अव...
राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् । उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...
प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...
रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...
प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए । उनै रायमाझीले बुधबार राति सम्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...