×

NMB BANK
NIC ASIA

लाइसेन्सको ट्रायलमा दोहरो लुट, नियतवश फेल गराएर पैसा असुली ! [भाग १]

प्रशान्त ओझा

फागुन १५, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १५ फागुन-कञ्चनपुर घर भई काठमाडौं बस्दै आएका पदम विष्ट गत माघ ६ गते (आइतवार) मोटरसाइकलको चालक अनुमति पत्र (लाइसेन्स)का लागि प्रयोगात्मक परीक्षा (ट्रायल) दिन एकान्तकुनास्थित सुजुकी ड्राइभिङ स्कूल पुगे । यातायात व्यवस्था विभागको वाग्मती अञ्चलअन्तर्गत एकान्तकुनास्थित कार्यालयबाट लिखित परीक्षा पास गरेर विष्ट प्रयोगात्मक परीक्षा (ट्रायल) दिन त्यहाँ पुगेका थिए ।

Sagarmatha Cement
Muktinath Bank

ट्रायल दिनुअगाडि उनले अन्य ड्राइभिङ सेन्टरमा २ दिनसम्म पूर्वाभ्यास गरेका थिए । अन्य ड्राइभिङ सेन्टरमा सजिलै ट्रायल प्रक्रिया कटाएका उनी यातायात व्यवस्था विभागको आधिकारिक ट्रायलमा भने अंग्रेजी आठ (एट) कटाउन असफल भए । सुजुकी ड्राइभिङमा मोटरसाइकलको ट्रायल यमाहा कम्पनीको सोल्युटो मोडेलको मोटराइकलमा लिइन्छ । विष्टले ट्रायल पास गर्नका लागि पूर्वअभ्यास पनि सोही मोटरसाइकलमा गरेका थिए । तर सुजुकीले ट्राइल दिने भनेर व्यवस्था गरेको मोटरसाइकलमा पछाडिको ब्रेक नै नलाग्ने समस्या देखिएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मैले २ नम्बर लेखिएको बाइकमा ट्राइल दिएको थिएँ । त्यसको पछाडिको ब्रेक नै नलाग्ने । ब्रेक नलाग्ने भएपछि एट कटाउन सकिएन,’ विष्टले लोकान्तरसँग भने । विष्टजस्तै मोटरसाइकलको आधिकारिक ट्राइल दिन आउने अधिकांश व्यक्ति फेल हुन्छन्, अनि पुनः ट्रायलका लागि आवेदन दिन्छन् । 


Advertisment
Nabil box
Kumari

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दैनिक ७ सयदेखि ८ सय जनाले मोटरसाइकलको ट्रायल दिन्छन् । एकान्तकुनाबाट लाइसेन्सका लागि आवेदन दिने सबै जनाले सुजुकी ड्राइभिङमै ट्रायल दिनुपर्ने व्यवस्था छ । तर ट्रायल दिन पुगेकामध्ये ३० प्रतिशत मात्रै पास हुन्छन् । फेल भएका बाँकी ७० प्रतिशतले पुनः ट्रायल दिनुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

पैसा असुल्न नियतवस फेल

गत वर्ष (२०७३) फागुनदेखि सुजुकी ड्राइभिङ सेन्टरले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको ट्रायल गराउने ठेक्का पाएको थियो । मापदण्ड नै परिमार्जन गरेर सुजुकीलाई १० वर्षसम्मका लागि ट्रायल गराउने ठेक्का दिइएको थियो । जसको अन्य व्यवसायी र उपभोक्तावादीहरुले चर्को विरोध पनि गरेका थिए । उक्त ठेक्का सम्झौतामा ठूलो आर्थिक चलखेल भएको विषय पनि प्रकाशमा आएका थिए ।

यातायात व्यवस्था कार्यालय एकान्तकुना देशकै सबैभन्दा बढी लाइसेन्स वितरण गर्ने कार्यालय हो । यो कार्यालयमार्फत साना–ठूला सवारीसाधनको चालक अनुमपति पत्रका लागि १ हजार ५ सय देखि २ हजार जनाले दैनिक ट्रायल दिन्छन् । यी सबै ट्रायल सुजुकी ड्राइभिङमै हुन्छन् ।

सुजुकीले ट्रायल गराएबापत मोटरसाइकलको लाइसेन्सका लागि २००, कारको लाइसेन्सका लागि ३२०, टेम्पोको लाइसेन्सका लागि ३९०, ट्र्याक्टरको लाइसेन्सका लागि ४०० र मिनीबसको लाइसेन्सका लागि ५०० रुपैयाँ (भ्याट बाहेक) सेवाग्रहीबाट उठाउँदै आएको छ । ट्रायल गराएवापत सुजुकी ड्राइभिङले १ दिनको ५ लाखदेखि ७ लाख रुपैयाँसम्म कमाउँछ ।

पहिलो ट्रायलबाट एक दिनमै लाखौं रुपैयाँ कमाउने सुजुकी ड्राइभिङ सेन्टरले प्रशिक्षार्थी फेल गराएर थप असुली गर्छ । सुजुकी ड्राइभिङ सेन्टरबाट दैनिक ७० प्रतिशत पशिक्षार्थी लाइसेन्समा फेल हुँदा उसले दैनिक ७० प्रतिशत थप कमाइ गर्न पाउँछ ।

लोकान्तरलाई प्राप्त विवरणअनुसार सुजुकीको ड्राइभिङ सेन्टर नै सरकारी मापदण्ड विपरीत छ । यातायात व्यवस्था विभागले गत माघ २५ गते (बिहीवार) यातायात व्यवस्था कार्यालय एकान्तकुनालाई पत्र लेखेर सुजुकीले मापदण्ड मिचेर ड्राइभिङको ट्रायल गराइरहेको भन्दै सुधार गर्न निर्देशन दिएको थियो । तर एकान्तकुनास्थित यातायात कार्यालयले पत्रबारे कुनै चासो नै दिएको छैन ।

विभागले गरेको अध्ययनका अनुसार सुजुकी ड्राइभिङ स्कूलले अंग्रेजी अक्षर आठ (एट) टेस्टको प्याराफिटको दूरी मिलेको छैन । सरकारले तोकेको मापदण्डअनुसार चार पाङ्ग्रे सवारीका लागि एट टेस्ट प्याराफिटको दूरी बीचको दुई गोलो घेरा ८–८ मिटरको हुनुपर्छ । साथै बीचको गोलो घेराको बाहिरको भाग (गाडी घुमाउनुपर्ने ठाउँ)को ग्याप ४ मिटरको हुनुपर्छ । तर सुजुकीले उक्त ग्याप ३ मिटरको मात्रै राखेको विभागले गरेको अध्ययनबाट देखिएको छ ।

यस्तै दुई पाङ्ग्रे सवारीको ट्रायल गर्ने एट टेस्ट प्याराफिटको बीचको दुई गोलो घेरा ३–३ मिटरको हुनुपर्छ । बाहिर सवारी गुडाउने ग्याप १.५ मिटरको हुनुपर्छ । तर सुजुकीले दुई पाङ्ग्रे सवारीको आठको ग्याप १.५ मिटरभन्दा कम राखेको भेटिएको छ ।

सुजुकी ड्राइभिङले मोटरसाइकल र स्कुटर घुमाउने जमिनको सतहभन्दा माथि उठाएको छ । जसका कारण पनि धेरै प्रशिक्षार्थी अलमलिएर फेला हुने गरेका छन् । यातायात व्यवस्था विभागले गत असोजमै गरेको अध्ययनअनुसार उक्त ट्रायल सेन्टर भत्काएर पुन बनाउनुपर्ने निश्कर्ष निकालेको थियो । तर एकान्तकुनास्थित यातायात कार्यालय र सुजुकी ड्राइभिङले विभागको निर्देशनप्रति कुनै चासो दिएका छैनन् । 

हाकिमलाई थाहा नै छैन

यातायात व्यवस्था विभागले पटक-पटक पत्र काटेर सुजुकी ड्राइभिङको प्राविधिक त्रुटी सच्याउन निर्देश दिइसके पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘मापदण्ड अनुसारको भएको भनेर नै सजुकी ड्राइभिङसँग ट्रायल गराउने सम्झौता भएको हो,’ प्रमुख किरण ढकालले लोकान्तरसँग भने, ‘विभागले गरेको अध्ययन र प्राविधिक त्रुटी सच्याउन भनेर पठाएको पत्रबारे मलाइ केही थाहा छैन । म पनि यहाँ नयाँ नै आएको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x