×

NMB BANK
NIC ASIA

इटहरीमा ज्योति मगरको कार्यक्रममा प्रतिवन्ध, बुढीगंगामा हंगामा

चैत २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर, २१ चैत– वैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेको महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । 

Muktinath Bank

स्टेजमा उत्तेजक प्रस्तुतीलाई रोक्नका लागि ज्योतिमाथि प्रतिवन्ध लगाइएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इनरुवामा आयोजित हिंसा न्यूनिकरण सम्बन्धि कार्यक्रममा उपप्रमुख गौतमले उच्छृङखल प्रस्तुतीले समाजमा विकृती निम्त्याउनुका साथै हिंसालाई प्रश्रय दिने भन्दै इटहरी उपमहानगरपालिकाले उत्तौउलो प्रस्तुतीलाई कुनै पनि हालतमा इजाजत नदिईने बताइन् । 


Advertisment
Nabil box
Kumari

‘नाङ्गो नाच्ने कामले महिला हिंसाका घटना बढीरहेका छन् कलाकारको नाममा समाजलाइ उत्तेजित पार्ने छुट कसैलाइ छैन’ गौतमले भनिन् । 

Vianet communication
Laxmi Bank

महोत्सवहरुमा आगामी दिनमा पनि उत्तेजक प्रस्तुतीमाथि नियन्त्रण गर्न उनले प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली समक्ष आग्रह गरिन् । लोकान्तरको प्रश्नमा उपप्रमुख गौतमले भनिन्‘‘कानुनी राज्यमा हिडडुल गर्ने आफ्ना नियमित कार्यगर्ने अधिकार रोक्ने कुरा हैन । कन्सर्ट गर्ने, महोत्सव गर्न अनुमती हामीले दिएका छौ । तर त्यसैको आडमा सार्बजनिक कार्यक्रममा कपडा नलगाई हिड्नुलाइ हामी स्थानीय सरकारले रोक्न लागेका हौँ ।’

ज्योती मगर एउटा ब्यक्तिलाई मात्र भन्दा पनि उछृङ्खल र अर्घनग्न कपडा लगाउने जस्ता गतिबिधिलाई नियन्त्रण गरिएन–रोकिएन भने महिला हिंसा र बलात्कारका घटना बढ्ने निश्कर्ष उपमहानगरको रहेको गौतमको भनाई छ । अंग गौतम भन्छिन्, ‘प्रदर्शन गरेर हिट हुनु पर्छ भन्ने कुरा हैन शरिर छोप्ने कपडा लगाएर जानु पर्छ भन्ने कुरा हो ।’ 

महोत्सव गर्ने कार्यक्रमलाई स्वीकृत दिईएको भएपनि कलाकार ल्याएर गरिने कार्यक्रमलाई अहिलेसम्म स्वीकृत नदिईएकोले यदी वडा स्तरबाट स्वीकृत दिईएको पाईमा त्यसलाई खारेज गरिने गौतमको भनाइ छ। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले कलाकारलाई कार्यक्रममा रोक्ने कुरा नभएको बताए । अश्लिलता र उत्तेजक नग्नतालाई नियन्त्रण गरिने बिषयमा छलफल भएको उल्लेख गरे । मैले ब्यक्तिगत रुपमा ज्योती मगरलाई चिन्दिन तर दर्शकहरुमा रुचाईएकी कलाकार हुन् भन्ने थाहा छ, प्रजिअ पराजुलीले भने, अश्लिलता प्रदर्शन नहोस् शालिनता पूर्वक कार्यक्रम होस् भन्ने हाम्रो चाहना हो ।’

ज्योतिको यस्तो चर्चा

वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि सर्वसाधारणको बाक्लो उपस्थिती थियो । साँझदेखि शुरु भएको सांगीतिक कार्यक्रममा शुरुमा अन्य कलाकारले प्रस्तुती दिएका थिए । 

राति ९ बजेको समयमा अर्धनग्न अवस्थामा स्टेजमा ज्योति मगर देखापरेपछि दर्शन उत्तेजनामा आएका थिए । 
 
महोत्सवमा मदिरा देखि जुवासम्म

महोत्सवको नाम दिईएको भएपनि त्यसलाई सही ब्यवस्थापन हुन नसक्दा महोत्सव मदिरा र जुवा खेल्नेस्थल बनेको छ । सामान्यतया दशै तिहारमा खेलिने ढाईस मेलामा बालबालिकादेखि युवाहरुले खेल्ने अकर्षक खेल बनाईएको छ । त्यसको बारेमा प्रहरी पनि रमिते बनेको छ । त्यही मेलामा राखिएका मदिराका कारण उछृङ्खल गतिबिधि समेत हुने गरेको स्थानीयले बताएका छन्  । ‘मदिरा मात्र नियन्त्रण गरेर महोत्सव लगाएको भए हुन्थ्यो, एक दर्शकले भने, कार्यक्रम राम्रो गर्न खोजेको जस्तो देखिएपनि सबै जाँड खाएर आएकोले आफैलाई असुरक्षित महसुस भयो ।’ 

५० रेट सय पुग्यो  

अघिल्लो दिन सम्म ५० रुपैयाँमा सहजै महोत्सवको अवलोकन गर्न पाइने मिलाईएको भएपनि ज्योती मगर आउने भएपछि टिकटको मुल्य बढाएर एक सय पुर¥याईएको थियो । त्यसको कारण ज्योतीलाई ल्याउँदा लागेको खर्च असुल्ने आयोजकको चतु¥याईँ देखिन्थ्यो । तर अघिल्लो दिन ५० रुपैयाँ तिरेर महोैत्सव हेर्न गाएकाहरु अर्को दिन एक सय रुपैयाँ भनेपछि फर्किएका थिए । ‘हिजो सम्म ५० लिएका थिए आज एकाएक सय रुपैयाँ भनेपछि फर्किएँ, स्थानीय रितु राजबंशीले भनिन्, गाउँको मेला भनेर आएको अन्तको भन्दा महँगो लिएको ठिक लागेन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x