×

NMB BANK
NIC ASIA

'जीवन संघर्ष' पुस्तक विमोचन

चैत २१, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २१ चैत – कुमार कार्कीले लेखेको नेपाली पुस्तक जीवन संघर्ष बुधवार काठमाडौंमा विमोचन गरिएको छ । एक समारोहमा संस्कृतिविद् सत्यमोहन जोशी, नायक राजेश हमाल, वरिष्ठ सञ्चारविज्ञ रामकृष्ण रेग्मी लगायतले पुस्तक विमोचन गर्दै त्यसमाथि आफ्नो धारणा पनि राखेका थिए ।

जीवन संघर्ष पुस्तक कुमार कार्कीको जीवन र अनुभवमा आधारित पुस्तक हो । यस पुस्तकमा बर्मा, थाईल्याण्ड र नेपालको कथा समावेश छ । बर्मामा नेपालीहरूको प्रवेश कसरी भयो ? उनीहरूले कसरी बर्मामा बसाइँ सरे ? कसरी उनीहरूको जीविकोपार्जन सुरु भयो ? उनीहरूले नेपाली भेष, भाषा र संस्कृतिको सयौँ वर्षसम्म कसरी जगेर्णा गरे ? नेपाल र नेपाली समाजप्रति उनीहरूको किन धेरै स्नेह र ममता भयो ? कहिल्यै नेपाल नआउने नेपाली मूलका बर्मेलीहरूले कसरी भाषा र संस्कृतिको संरक्षण गरिरहे ? जस्ता अनगिन्ती प्रश्नहरूको उत्तर यस पुस्तकमा पाउन सकिन्छ । बर्मामा हाल करिब तीन लाख नेपाली मूलका मानिसहरू बसोबास गर्छन् । 

तर बर्माबाट अन्य ठाउँ सर्दै गएका नेपालीहरूको सङ्ख्या बढिरहेकोले यो सङ्ख्या हाल केही घटेको अनुमान गरिन्छ । थाईल्याण्डमा पनि एक लाख भन्दा बढी नेपाली मूलका मानिसहरू बसोबास गरिरहेका छन् । 

बर्मा र थाईल्याण्ड नेपाली भाषा र संस्कृतिको जगेर्नामा क्रियाशील दुई देश हुन् । यी दुबै देशहरूमा दोस्रो विश्वयुद्ध ताकादेखि नै नेपालीहरूको बसोबास रहँदै आएको छ । यी दुई देशहरूमा नेपालीहरूको मौलिक पहिचान, आफ्नो पहिचान कायम राखिरहन नेपाली मूलका व्यक्ति तथा संस्थाले गरेको कामको बारेमा सामग्रीहरू पनि यस पुस्तकमा समावेश छन् । 

चार भागमा बाँडिएको यस पुस्तकको पहिलो खण्डमा बर्मामा नेपालीहरूको बसोबासको सुरुवातको कथा समावेश छ भने दोस्रो खण्डमा एउटा आप्रवासी कामदारको रूपमा थाईल्याण्डमा गरेका दुःख र संघर्षका कथाहरू समावेश छन् । तेस्रो खण्डमा थाईल्याण्डमा नेपालीहरूको संगठित प्रयासको कुरा समावेश छ भने चौथो खण्डमा नेपालमा महाभूकम्पपछि थाई नेपाली संघको तर्फबाट भएका सेवा र सहकार्यका सामग्रीहरू समावेश छन् । यसै खण्डमा उहाँले आफूले व्यवसाय गर्दा पाएका सफलताका कथा समावेश गर्नुभएको छ । 

कुमार कार्कीको प्रारम्भिक लेखन र मिडियाकर्मी रमेश खड्काको सम्पादनमा तयार भएको यो पुस्तकले बर्मा, थाईल्याण्डमा नेपाली भाषा, संस्कृति र सभ्यता जागरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । यसअघि बर्मा र थाईल्याण्डमा पुस्तकको विमोचन भइसकेको छ । मिडिया सर्भिस नेपालले यो पुस्तक प्रकाशन गरेको हो । 

पुस्तकको बिक्रीबाट प्राप्त हुने रकम सामाजिक कामहरूमा लगाइने भएको छ । आजको कार्यक्रममा धुर्मुस–सुन्तली फाउण्डेशनको लागि पनि पुस्तकको बिक्रीबाट आएको केही रकम, कुमार कार्कीको परिवार र थाई नेपाली संघको तर्फबाट पाँच लाख रकम आजै हस्तान्तरण गरिएको छ । 

बर्मा र थाईल्याण्डमा रहेका नेपाली मूलका मानिसहरूले नेपाललाई पितृभूमिको रूपमा मान्दछन् । जीवन संघर्ष पुस्तकमा पनि उहाँले जन्मभूमि बर्मा, कर्मभूमि थाईल्याड र नेपाललाई पितृभूमिको रूपमा उल्लेख गर्नु भएको छ । सारांशमा यो पुस्तक कुमार कार्कीको कथा मात्र हैन, हजारौं नेपाली मूलका मानिसहरूको कथा हो । यसले दुबै देशमा रहँदै आएका नेपाली मूलका मानिसहरूको कथा, संवेदना, खुशी र देशप्रेमको कथालाई बोक्दछ । नेपालका लागि अनागरिक भए पनि बर्मा र थाईल्याण्डका नेपालीहरूले नेपाली समाजलाई एकदमै नजिकैबाट नियालिरहेको तथ्य यस पुस्तकमा उहाँले उल्लेख गर्नुभएको छ ।
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x