विश्वकै उच्च स्थानमा भएको अल्ट्रा दौडको उपाधि सुमन र सुनमायालाई

बैशाख १४, २०७५

सोलुखुम्बु, १४ वैशाख- विश्वकै सबैभन्दा उच्च स्थानमा बुधबार भएको अल्ट्रा दौडको उपाधि सुमन कुलुङ र सुनमाया बुढाले जितेका छन् ।

सागरमाथासँगै रहेको कालापत्थर (५ हजार ६४४ मिटर उचाइ)बाट शुरु भएर स्यान्बोचेमा सम्पन्न २१ किलोमिटर अल्ट्रा दौडमा पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सुनमाया बुढा क्षेत्रीले उपाधि जितेका हुन् ।


ADVERTISEMENT

कुलुङले सो दूरी ३ घण्टा ५६ सेकेण्डमा पार गरे । प्युठानका दामोदर बुढा मगर ३ घण्टा ३२ मिनेटमा दूरी पार गर्दै द्वित्तीय र ओलम्पियन खेलाडी धादिङका हरि रिमाल  ३ घण्टा ५६ मिनेटमा दूरी पार गर्दै  तृतीय भएका छन् ।

महिलातर्फ सुनमायाले ३ घण्टा ५८ मिनेट ३६ सेकेन्डमा दूरी पार गर्दा दोस्रो भएकी प्युठानकी हुमी बुढा मगरले ५ घण्टा ६ मिनेटमा पार गरिन् । प्रिती खत्री तेस्रो भइन् ।

पुरुष र महिला दुबै विधातर्फका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्नेले नगद  पुरस्कार पाएका थिए । विजेताले ११५६ अमेरिकी डलर, दोस्रो स्थान हात पर्नेले ५०० डलर र तेस्रो स्थानमा रहेकाले ३०० सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेका थिए । 

बैशाख १४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस