×

NMB BANK
NIC ASIA

२७ वर्षअघि यसरी बनेको थियो एमाले, बन्दैछ आज इतिहास

जेठ ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ जेठ–मुलुकका दुईवटा ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीवार(आज) पार्टी एकता हुँदैछ । दुई पार्टीले आज संयुक्त रुपमा नयाँ पार्टी दर्ता गर्दैछन् । 

Sagarmatha Cement
Muktinath Bank

विक्रम संवत २००६ साल वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको केही समयमै राणा शासनको अन्त्य भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कम्युनिष्ट पार्टीको स्थापनाको केही वर्षपछि नै टुट फुटको शृङ्खला शुरु भयो । २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा वामपन्थी घटकहरुबीच संयुक्त मोर्चा बन्यो ।


Advertisment
Nabil box
Kumari

पञ्चायत विरुद्धको संघर्षका लागि संयुक्त वाम मोर्चामा नेकपा (माले), नेकपा (माक्र्सवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (वर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूहबीच संयुक्त वाममोर्चा बन्यो । 

Vianet communication
Laxmi Bank

२०४६ सालको ऐतिहासिक संयुक्त जनआन्दोलनमा वाम मोर्चाले महत्त्वपूर्ण भूमिका खेल्यो । वाममोर्चाका माध्यमबाट कम्युनिस्ट पार्टीहरूबीच विकास भएको सौहार्दताले पार्टी एकताका निम्ति पनि वस्तुगत आधार तयार ग¥यो । 
वाममोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र माक्र्सवादी पार्टी बीच २०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सम्पन्न भई नेकपा (एमाले) को गठन भयो ।

मदन भण्डारीले नेतृत्व गरेको माले र मनमोहन अधिकारीले नेतृत्व गरेको माक्र्सवादीबीच एकता भएर बनेको एमाले २०५१ सालमा भएको मध्यावधी चुनावमा ठूलो पार्टी बनेको थियो । पहिलो कम्युनिष्ट प्रधानमन्त्रीको रुपमा मनमोहनले ९ महिना सरकारको नेतृत्व गरेका थिए । नौ महिने शासन कालमा एमालेले शुरु गरेको ‘आफ्नो गाउँ आफै बनाऔं’ तथा बृद्धबृद्धाका लागि भत्ता दिने निर्णय गरेको थियो । 

नेकपा (एमाले) को गठन पश्चात् नेकपा (अमात्य) समूह पार्टीमा एकीकृत भएको छ । त्यसै गरी नेकपा (माओवादी), नेकपा (मसाल), नेकपा (चौम), नेकपा (मानन्धर), नेकपा (वर्मा) र नेपाल मजदुर किसान पार्टीबाट थुप्रै नेता र कार्यकर्ताहरू एमालेमा समावेश भएका थिए । 

स्थापनाको २७ वर्षपछि एमाले आजदेखि इतिहास बन्दैछ । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गरेर नयाँ पार्टी बन्दैछ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राख्ने उनीहरुको तयारी छ ।

 

सशस्त्र युद्धदेखि शान्तिपूर्ण राजनीतिसम्म : २४ वर्षअघि यसरी बनेको थियो माओवादी पार्टी

यी हुन्, पार्टी एकताले अप्ठ्यारोमा परेका नेताहरु !

माओवादीबाट को–को बन्दैछन् स्थायी समिति सदस्य ?

 

 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x