×

NMB BANK
NIC ASIA

अग्रलेख

ऐतिहासिक एकीकरण

जेठ ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मदन भण्डारी स्मृति दिवसका दिन एमाले र माओवादी केन्द्रले एक-आपसमा सहमति गरी नेपाल कम्युनिष्ट पार्टी गठन गर्ने ऐतिहासिक निर्णय लिएको छ । नेपालकै नेताको संस्मरणमा यहाँका साम्यवादी शक्ति एक हुनुले यस पार्टीमा पहिले-पहिले झैं अब बाहिरी प्रभाव नरहने अपेक्षा गर्ने ठाउँ बनेको छ । यो सकारात्मक घटना-विकास हो ।

Sagarmatha Cement
Muktinath Bank

बिहीवार अपरान्ह राजधानीमा आयोजित कार्यक्रममा नयाँ पार्टीको घोषणापत्र आयो र पार्टीका दुई अध्यक्षको थप प्रतिबध्दताद्वारा नेपाली जनतालाई आश्वस्त पारिएको छ । प्रतिस्पर्ध्दात्मक राजनीतिमा प्रवेश गरेर लोकतान्त्रिक परिपाटीबाट सञ्चालित हुने अभ्यासमा गैसकेका पार्टीका नेता खड्गप्रसाद शर्मा ओली एवं पुष्पकमल दाहाल (प्रचण्ड) ले सार्वजनिक गरेका कबुललाई यथोचित महत्व दिइनु पर्दछ । उहाँहरू दुबैजना सत्तारुढ दलका नेता भएको हुनाले अबका उहाँहरूका उद्गार तथा  प्रस्तुति संयमित र जिम्मेवार हुँदै जानुपर्ने चुनौति थपिएको छ । साथै, अहिलेसम्म बाहिर रहेका स-साना आकारका कम्युनिष्ट पार्टीहरूलाई पनि नयाँ पार्टीमा एकीकृत गराउने प्रयत्न गर्नु सामयिक कदम हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकीकरणको नवीनतम् प्रयासको क्रम चलिरहेका बखत छेउ-कुनाबाट नयाँ पार्टी चीन र भियतनामपछिको संसारको ठूलो कम्युनिष्ट पार्टी हो भनेर दाबी गरेको सुनियो । साविकमा माओवादीबाट मन्त्री बनेका एक नेताले त सार्वजनिक रूपमा विश्व कम्युनिष्ट आन्दोलनको हामी अब प्रेरणास्रोत भएका छौं, कम्युनिष्टरूपी वृक्षको लागि बीज उत्पादन गर्ने ब्याड समेत बनेका छौं भन्ने आशयको अभिव्यक्ति दिएको पाइयो ।


Advertisment
Nabil box
Kumari

भर्खर गठन भएको पार्टीका कार्यकर्ताको हौसला बढाउन यस्तो भनाइ काम पनि लाग्ला, तर लोकतान्त्रिक पध्दतिमा चलेको देशका आम नागरिकलाई यस्ता भनाइले धोका हुन लागेको पो हो कि भन्ने आशङ्का हुन सक्दछ । तसर्थ यसबारे नेतृत्व तह बेलैमा सचेत हुनु बुध्दिमानी हो । किनभने बाँकी विश्वले परिवर्तित सन्दर्भमा निर्मित कम्युनिष्ट पार्टी एकदलीय अधिनायकवादतर्फ उन्मुख नहुने अपेक्षा गर्नु अन्यथा होइन ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x