असोज ३, २०८०
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
अक्षरकर्मी
अहिलेका सम्पादक र उहाँमा फरक छ...अखबारको मालिकले जति स्वतन्त्रता दिएको छ त्यत्ति लेख्छ, छाप्छ अहिलेको सम्पादकले । मणिबाबुको यिनीहरूसँग तुलना हुँदैन’
हालै प्रकाशित मणिराज उपाध्याय स्मृतिग्रन्थमा माथिको उध्दरण भेटिन्छ । यो कथन राजनीतिज्ञ विश्वबन्धु थापाको हो । थापा आफैं पाको उमेरका राजनीतिक व्यक्तित्व, तर उहाँले समकालीन नेपालको पत्रकारितालाई समेत नजिकबाट नियालिरहेको देखियो । थापाको यो अवधारणा चरितार्थ गराउने एक जल्दोबल्दो घटना फागुनको आरम्भमा भएको थियो : फागुन ७ गते वार्षिकोत्सव मनाउने क्रममा एक सम्पादकले ट्वीटर मार्फत के कुरा सार्वजनिक गरे भने उनी प्रकाशकले दिएको स्वतन्त्रता उपयोग गर्दैछन् र त्यस बापत उनैप्रति कृतज्ञ छन् । अर्थात् सम्पादक भएर पनि संविधानले दिएका स्वतन्त्रता,हक र अधिकारलाई भन्दा बढी महत्व प्रकाशकबाट प्राप्त स्वतन्त्रतालाई दिने गरेका छन् !
यस्तै प्रवृत्तिलाई देख्दा मलाई बराबर ‘साहुका सम्पादक’ को सम्झना हुने गर्छ । जो देशको मूल कानूनले प्रदान गरेको अधिकार पनि प्रयोग गर्ने हिम्मत राख्दैन त्यस्ताबाट साँच्चिकै आँटिला काम कसरी हुन सक्ला ? भन्नै परेन,यस्ता सम्पादक पाठकप्रति उत्तरदायी हुने आशा गर्नु निरर्थक हुन्छ । रेडियोका श्रोता, टेलिभिजनका दर्शक र अन्लाइनका उपभोक्ता बहुधा यस्तै सञ्चारकर्मीको निशानामा परेका हुन्छन् । अग्रज पत्रकार भैरव रिसालको चिन्ता पनि यहाँछेउ सान्दर्भिक देख्छु ।
*****
मणिराज उपाध्याय ( वि.सं. १९८०-२०७३) को पत्रकारितालाई चिन्ने वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठको आलेख पढ्दा यस्तो जानकारी पाइन्छ : नेपालको पानी भारतको लागि कति महत्वपूर्ण छ भन्ने कुरा आजभन्दा ६० वर्षअगाडि मणिराजजीको अखबारमा प्रकाशित सामग्रीले देखाएको छ ।...६० वर्षपछि हाम्रा जल विशेषज्ञ भन्दैछन् कि भारतको स्वार्थ नेपालमा उत्पादन हुने विद्युत् होइन, नेपालको पानी हो । यही कुरा केही महिनाअघि इजरायल पुगेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समकक्षी बेञ्जमिन नेतन्याहुसित गरेछन् ।
कीर्तिनिधि बिष्ट दिवंगत भैसक्नु भएको छ । निधन हुनुअघि दिएको अन्तर्वार्तामा उहाँले मणिबाबुलाई ‘पायोनियर पत्रकार’ मान्नु भएको छ । ‘नलेखिएको इतिहास’ पुस्तक लेखेर हालै चर्चामा रहेका वामपन्थी नेता राधाकृष्ण मैनालीलाई निज वीरगञ्ज कारागारका बन्दी रहँदा ‘समाज’ पत्रिकाका सम्पादक मणिराजजीले भेट्नु भएको रहेछ । मैनाली : उहाँ वामपन्थी कार्यकर्ता पनि होइन र नेपाली काँग्रेसको सदस्य पनि होइन । तर उहाँमा समाज र देश विकासको प्रगतिशील सोच थियो, त्यसैले उहाँ मलाई भेट्न आउनु भयो ।
मणिराजजीलाई नजिकबाट चिनेका, बुझेका नेपालीले उहाँ संवैधानिक मर्यादामा रहेको राजसंस्था सहितको प्रजातन्त्र नेपालको लागि आवश्यक ठान्ने एक निर्भीक पत्रकार भन्न रुचाउँछन् । यो दृष्टिकोण स्मृतिग्रन्थमा छापिएका कतिपय संस्मरणबाट पुष्टि हुन्छ । २००७ सालको परिवर्तनपछि नेपालमा निजीक्षेत्रमा पत्रकारिताको जग हाल्ने ८-१० जना पत्रकारमा मणिराजजी पर्नुहुन्छ । गोपालदास श्रेष्ठ, चन्द्रलाल झा, मदनमणि दीक्षित, गोविन्द वियोगी यस क्रममा सम्झना गरिने केही नाम हुन्; अहिले दीक्षित मात्र हामीबीच हुनुहुन्छ । >आधा शताब्दीको कठोर संघर्ष< शीर्षकमा रघु मैनालीद्वारा लिखित ३६ पृष्ठको आलेखले मणिराज उपाध्यायको असाधारण साहस र धैर्यसित पाठकलाई परिचित गराउँछ । शासक प्रशासकलाई बिझाउने समाचार, टिप्पणी, अग्रलेख आदि लेखे/छापे बापत दर्जनौं पटक थुनछेक बेहोरेका उपाध्यायका बारेमा घमराज लुइँटेल र ब्रजेशराज शर्माबाट विस्तृत जानकारी आएको छ । उहाँको फूटबल खेलाडीको चिनारी पनि रोचक रहेछ ।
स्मृतिग्रन्थ पाँचशयभन्दा बढी पृष्ठमा छ, र यसलाई ११ अध्यायमा बाँडिएको छ । उपाध्यायको व्यक्तित्व झल्काउने संस्मरणात्मक विवरणका अतिरिक्त यस ग्रन्थमा सातसालपछिको लामो कालखण्डमा नेपाली पत्रकारिता कुन ढङ्ग र बेगले विकसित हुँदै आयो त्यसको तथ्यगत जानकारी पाइन्छ । ग्रन्थको सम्पादन र प्रकाशनमा पत्रकार र ‘समाज’ पत्रिकाका व्यवस्थापक नै संलग्न भएको हुनाले २०५३ साल पौषमा कस्तो परिस्थितिमा त्यो पत्रिका सदाको लागि बन्द गरियो त्यसको आधिकारिक सूचना समावेश भएको छ । त्यसैले मैले प्रेस स्वतन्त्रता र पत्रकारिताबारे अन्वेषण गर्नेहरूको लागि यो संग्रहणीय पुस्तक मानेको हुँ । ग्रन्थको आवरणमा मुद्रित ‘सतिसाल’ लाई बृहत् शब्दकोशले ‘ चुरो खुब बलियो हुने एक जातको रूख ’ भनेर अर्थ्याएको छ । उपाध्यायलाई सुहाउँदो चिनारी गराउने लवज हो यो ।
*****
कृति : पत्रकारिताका सतिसाल
सम्पादकमण्डल: ब्रजेशराज शर्मा, रघु मैनाली, घमराज लुइँटेल र जीवनाथ खनाल
प्रकाशक: ब्रजेशराज शर्मा, काठमाडौं । ९८५१००४७०८
संस्करण : प्रथम; २०७४
पृष्ठ : ५१५ +
सहयोग रकम (मूल्य): पाँचशय रुपिञा
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...