मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
झापाकाे बिर्तामोडकी युमिसा घिमिरे एक ग्रेजुएड मोडेल बन्ने यात्रामा निस्किएकी छन् । कक्षा ११ को परीक्षा दिएर बसेकी युमिसाले आफ्नो करियरमा एक पाइला थप्न मिस टिन प्रोभिन्स १ को चौथो संस्करणको मौका छोप्दै अगाडि बढेकी हुन् ।
बिजनेश म्यानेजमेन्ट विषय ललिएर बिर्तामोडको बाल्मिकी प्रोभिडेन्स कलेजमा पढिरहेको युमिसा समाजले महिला मोडलप्रति हेर्ने दृष्टिकोण ठीक नभएकोमा चिन्तित छिन् । त्यसकारण पनि युमिसाले मोडलप्रति रहेकाे सामाजिक धारणा नै परिवर्तन गर्ने अठोट लिएकी छिन् ।
उनी भन्छिन्, “मोडलहरु खासगरी महिलालाई छोटो लुगा लगाउने, ग्ल्यामर भनेर नराम्रो सोच्छन्, यसलाई अब परिवर्तन गर्नु छ । त्यसकारण म एक स्याम्पल बनेर देखाउनुछ ।”
आफ्नो विषयमा समेत छिमेकीले कुरा काट्ने गरेकोमा उनी अचम्म पर्छिन् । “मेरा छिमेकी, आफन्तहरुले पनि घरमै आएर ब्याकबाइटिङ गर्ने गर्छन्,” युमिसाले भनिन्, “तर मेरो परिवारले धेरै सर्पोट गरेको छ । मम्मी–बुवाले राम्रो गरेको हुँदा मलाई कुनै समस्या छैन ।”
अहिलेसम्म नपढी पनि मोडल बन्न सकिन्छ भन्ने तथा राम्रो शरीर भए सबैथाेक हुन्छ भन्ने सोचाईलाई बदल्दै नर्सिङमा ग्रेजुएट गर्ने युमिसाको अठोट छ । मोडलले बडी एक्पोज गर्ने नजरले सोच्ने हुँदा यसमा काम गरिरहेकाहरुले सोच्नुपर्ने उनी बताउँछिन् ।
वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेनमेन्टको संयुक्त आयोजनामा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीहरुका लागि मिस टिन प्रेभिन्स १ को चौथो संस्करण चलेको छ ।
विराटनगरको भृकुटी चोकबाट आतवारदेखि छनौट शुरु हुन लागेको प्रतियोगितामा युमिसासहित १७ जना किशोरीहरु भाग लिन लागेका छन् ।
यसअघि इलाम, दमक, इटहरी, गाइघाटमा छनौट गरी बन्द प्रशिक्षण गरिएको कार्यक्रम निर्देशक एलसी श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेतालाई बिर्तामोडस्थित बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रबृत्ति, फस्टरनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति प्रदान गरिने आयोजकको भनाइ छ ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...