मंसिर ३, २०८०
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
भक्तपुर, २७ जेठ - सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ ।
एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो ।
प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको पहलमा जिल्लाका प्रदेशसभा सदस्य, सरोकारवाला र युवा तथा खेलकूद मन्त्रालय, भूमि सुधार मन्त्रालय, शहरी विकास मन्त्रालयका उच्चस्तरीय प्रतिनिधिबीच पटक/पटक भएको छलफल एवं जग्गा अनुमगनपछि सरकारले रंगशाला निर्माण क्षेत्रको पहिचान गरी कार्य अगाडि बढाएको हो ।
सूर्यविनायक नगरपालिका– १० नं वडाको पलाँसे र चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीको जग्गामा रंगशाला निर्माणको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त तथा जग्गा पहिचान, अध्ययन तथा छनौट कार्यदलका सहसंयोजक नवराज प्याकुरेलले जानकारी दिए ।
जेठ मसान्तभित्रमा कार्यदलले तयार पारेको प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउने बताउँदै प्याकुरेलले सूर्यविनायक र चाँगुनारायणका पाँचवटा वडालाई नयाँ नगर योजना (इशान) कार्यक्रम अन्तर्गत विकास गर्ने गरी सार्वजनिक जग्गाको पहिचान गरिएको जानकारी दिए ।
उनका अनुसार रंगशाखा निर्माण गरिने जग्गा अधिकरण गरिने र अधिकरण गरिएको जग्गाका जग्गाधनीलाई नयाँ नगरयोजना अन्तर्गत व्यवस्थित आवास र जग्गामा स्थानान्तरण गरिने छ ।
रंगशाला निर्माणका लागि नयाँ नगर योजना अन्तर्गत चाँगुनारायणको वडा नं ८ र ९ तथा सूर्यविनायक नगरपालिका–८, ९ र १० लाई छनौट गरिएको छ । सोही क्षेत्रमा रहेका सार्वजनिक जग्गालाई व्यवस्थित जग्गा र आवासको रुपमा विकास गरी अधिकरण गरिएका जग्गाका जग्गाधनीलाई हस्तान्तरण गरिने योजना छ ।
प्रतिनिधिसभा सदस्य बस्नेतले रंगशाला निर्माणका लागि पहिचान भइसकेको जग्गा व्यवस्थित गरी ल्याण्ड पुलिङमार्फत त्यसको उचित मुआब्जा दिने र विस्थापित हुने अवस्थामा पुगेका बासिन्दाको हकमा घर बनाइदिएर बसोवास सहितको स्थानान्तरण गर्ने योजना रहेको बताउनुभयो । रंगशाला बन्ने क्षेत्रमा रहेको घर र इँटाभट्टा हटाइने भएको छ ।
सरकारले रंगशाला निर्माणका लागि युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजनमा भूमिसुधार मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराई सदस्य सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त नवराज प्याकुरेल सहसंयोजक, शहरी विकास मन्त्रालयका उपसचिव, राष्ट्रिय खेलकूद परिषद्का इञ्जिनियर, दुबै नगरपालिकाका प्रमुख र सम्बन्धित वडाका अध्यक्ष रहने गरी १५ सदस्यीय जग्गा पहिचान तथा छनोट समिति गठन गरी कार्य अगाडि बढाएको छ ।
युवा तथा खेलकूद मन्त्रालयले सो समितिलाई जेठ मसान्तभित्रमा जग्गा छनोट गर्न, जग्गामा विवाद भए टुंग्याउन, कूल क्षेत्रको नक्सांकन गर्न, सार्वजनिक एवं पर्ति जग्गालाई छुट्याउन, घर कति छ, सबै अध्ययन अनुगमन गरेर त्यसको रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।
अन्तर्राष्ट्रियस्तरको रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने गरी काम अगाडि बढाइने भएको छ । सो रंगशालामा तीनवटा खेल मैदानमध्ये एउटामा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन हुनेछन् भने अन्य दुईमा राष्ट्रिय खेल सञ्चालन हुनेछन् ।
पचास हजार दर्शक क्षमता रहने यो रंगशालामा २५ हजार मोटरसाइकल, १० हजार चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ भने अन्य विभिन्न भौतिक पूर्वाधार समेत निर्माण गरिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले भक्तपुर जिल्लाका दुई स्थानमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक जग्गा पहिचान भइसकेको जानकारी दिए । उनले जग्गा प्राप्तिका लागि प्रक्रिया अघि बढाएको जानकारी दिँदै जग्गा पाउनासाथ निर्माणका लागि बोलपत्र आह्वान शुरु गरिने बताए ।
सरकारले आर्थिक वर्ष २०७५/०७६ मा खेलकूदका लागि मात्र तीन अर्ब ७५ करोड विनियोजन गरेको छ ।
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...