×

NMB BANK
NIC ASIA

रहेनन् 'सुबेदार भीमबहादुर' : यस्तो थियो ब्रिटिस आर्मीदेखि नेपाली चलचित्रसम्म उनको यात्रा

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३० जेठ – वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार लामो समयदेखि छाति, फोक्सोलगायत समस्याबाट पीडित उनको राति २ बजे निधन भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आर्यघाटमा आफ्ना आफन्त, नेपाली चलचित्रका दर्शक र सयौं शुभचिन्तक पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कलाकार थापाले दर्जनौं फिल्म, टेलीफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म तितोसत्यमा काम गरेपछि उनको लोकप्रियता चुलिएको थियो । उनी कलाकारितामा प्रवेश गर्नु अगाडि नेपाली सेनामा कार्यरत थिए । उनको निधनप्रति चलचित्रकर्मी र शुभचिन्तकले शोक व्यक्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

को हुन् थापा ?

Vianet communication
Laxmi Bank

कलाकारितामा चिनिएको नाम हो, भीमबहादुर । १५ वटा नाटक, ६८ वटा फिल्म र डेढ सयभन्दा बढी टेलिफिल्ममा काम गरेका उनलाई चलचित्र क्षेत्रमा एउटा घरोहरको रूपमा लिइन्थ्यो । उनी सुबेदार भीमबहादुर थापाका नामले निकै चर्चित थिए ।

नेपाली सेनाको रेडियो कार्यक्रम ‘रेडियो रुपक’ मा २००८ देखि २०४५ सम्म लगातार ३७ वर्ष आवाज बुलन्द गरेका भीमबहादुरलाई रेडियोतर्फ पनि एउटा इतिहास मान्ने गरिन्छ । असार १३, १९८३ मा खोटाङमा जन्मिएका उनको अन्तिम चलचित्र छक्कापन्जा– २ हो । उनले पछिल्लो समय चलचित्रमा आएका अफरलाई अस्वस्थताका कारण छाड्दै आएका थिए ।

एक महिनादेखि अस्वस्थ

काठमाडौंको मैतीदेवी मन्दिरनजिकै बसोवास गर्दै आएका कलाकार थापा झण्डै १ महिनादेखि थला परेका थिए । स्वास्थ्यले क्रमैसंग साथ छाड्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । यसैक्रममा उनले आफ्नो प्राण त्यागे ।

९ रुपैयाँ तलब

१६ वर्षको उमेरमा साथीभाइको लहैलहैमा ब्रिटिस सेनामा भर्ति हुन देहरादुन पुगेका उनी १९४२ देखि १९४५ सम्म वर्मामा दोस्रो विश्वयुद्ध लडे ।

विश्वुद्धमा पटक–पटक बचेका उनी २००२ मा नेपाल आएलगत्तै नेपालको तत्कालीन शाही सेना ‘चौबीस पल्टन’ मा भर्ती हुने प्रस्ताव आयो । ३५ रुपैयाँको जागिर छाडेर नेपाल आएका उनले ९ रुपैयाँमा नेपाली सेनामा जागिर खान शुरु गरे । तत्कालीन प्रधानमन्त्री मोहन शमशेरको बडिगार्डका रूपमा समेत काम गरेका उनले २०४१ सम्म सेनामा जागिर खाए । रिटायर्ड हुँदा उनी मेजर पदमा थिए ।

थापाप्रति लोकान्तरका तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x