×

NMB BANK
NIC ASIA

उत्तर कोरियामा चर्चा : ऐतिहासिक बैठकमा किमको ‘सानदार’ प्रदर्शन

जेठ ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

प्योङयाङ, ३१ जेठ – उत्तर कोरियाको सत्तारुढ वर्कर्स् पार्टीको मुखपत्रको पहिलो पृष्ठमा नेताका लस्करै तस्वीर कुनै दिन छापिएलान् भन्ने १–२ महिना अघिसम्म पनि सायदै कसैले अड्कल गरेका थिए । कल्पनै नगरेको कुरा ! उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोशिलो किसिमले हात मिलाएका तस्वीरले अखबारको पहिलो पृष्ठ भरिभराउ छ ।

Muktinath Bank

किम र ट्रम्पबीचको सिंगापुर शिखर बैठकलाई ऐतिहासिक भनेको प्योङयाङले यो बैठकको प्रचारलाई पनि उत्तिकै महत्व दिएको छ र उसकै शब्दमा यो अभूतपूर्व हो र यसमा किमले ठूलो सफलता हासिल गरेका छन् । प्राविधिकरुपमा दुवै मुलुक अद्यापि युद्धकै स्थितिमा रहेपनि उनीहरूबीच नयाँ सम्बन्धको सूत्रपात गरेको चित्रित गर्दै प्योङयाङबाट आज प्रकाशित पहिलो समाचार (रिपोर्ट)ले दक्षिण कोरियासँगको संयुक्त सैनिक अभ्यास बन्द गराउन किमको आग्रहलाई अमेरिकाले स्वीकार गरेको कुरालाई जोड दिएको छ । साथै, ट्रम्पले उत्तर कोरियामाथि नाकाबन्दी हटाउने प्रतिबद्धता व्यक्त गरेको र दुवै देशले एकअर्कामाथि आरोप प्रत्यारोपजस्ता नकारात्मक कुरा त्याग्नेमा सहमति जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘केही महिनाअघि सशस्त्र युद्धको चरम खतराको परिस्थिति उल्टाएर कोरियाली प्रायःद्वीप र यस क्षेत्रमै शान्ति र स्थायित्वको वातावरण सिर्जना भएकोमा राष्ट्रपति ट्रम्पले प्रशंसा व्यक्त गर्नुभएको छ र यसै वर्षको सुरुदेखि नै सम्मानित सर्वोच्च नेता (कीम) ले कोरियाली क्षेत्रमा शान्तिका लागि उपाय अपनाएकोमा धेरैधेरै बधाई,’ कोरियाको राज्य नियन्त्रित समाचार संस्था कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले शिखर बैठकको बारेमा निचोड प्रकाशन गरेको छ ।


Advertisment
Nabil box
Kumari

यो शिखर बैठक हुनुअघि विभिन्न घटनाक्रम तीब्र गतिमा प्रकाशमा आए । नयाँ वर्षको आगमनसँगै किमले आणविक कार्यक्रम सम्पन्न भएको जनाउँदै विश्व समुदायसँग निकटमा रहेर कार्य गर्ने घोषणा गरेका थिए । चीन र दक्षिण कोरियाका नेतासँगको भेटघाट समेतका विभिन्न कुटनैतिक गतिविधिमा उनले विशेष ध्यान दिएको देखिन्छ र यी कुटनीतिक गतिविधि आणविक परीक्षण तथा लामो दूरीका क्षेप्यास्त्रको एकपछि अर्को परीक्षणसँग विल्कुलै मेल खाँदैनन् । अझ, गत वर्ष एकअर्काप्रति लक्षित चेतावनी र गालीगलौजले त कोरियाली प्रायःद्वीपमा युद्धको त्रास नै निम्त्याएका थिए । 

Vianet communication
Laxmi Bank

किमले अमेरिकालाई साँच्चिकै अप्ठ्यारोमा पार्न सक्ने किसिमका आधुनिक हातहतियार विकास गरिसकेकोमा जोड दिएका छन् र त्यही आडमा अहिले उनी अर्को चरणमा प्रवेश गरेका हुन सक्छन् । शिखर बैठकमा किमले त्यही आडमा समान हैसियत राख्दै सहभागी भएको देखाउँदैछन् । आणविक महत्वाकांक्षा राखेकै कारण उत्तर कोरियाले वर्षौंदेखि नाकाबन्दी सहनु परेको छ । आणविक निःशस्त्रीकरणप्रतिको किमको प्रतिज्ञालाई उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले आज यही सन्दर्भका साथ उच्च महत्व दिएर प्रकाशन गरेका छन् । ‘विगतमा अमेरिकाले देखाएको शत्रुतापूर्ण नीतिमा जति लचकता अपनाउँछ त्यति नै प्योङयाङ नरम हुन्छ र कोरियाली प्रायःद्वीपको आणविक निःशस्त्रीकरणलाई पूरा गर्न मद्दत पुग्दछ,’ सञ्चारमाध्यमले लेखेका छन् ।

‘किम जोङ उन र ट्रम्पबीच कोरियाली प्रायःद्वीपमा शान्ति, स्थायित्व र निःशस्त्रीकरणमा अघि बढ्न क्रमिकरुपमा कार्य गर्नेमा सैद्धान्तिक प्रतिबद्धता व्यक्त भएको छ,’ केसीएनएले लेखेको छ ।     अमेरिका र उत्तर कोरियाबीचको पहिलो शिखर बैठकअघि नै सबै कुरा टुंगिन्छ भन्ने आशा गर्नु त्यति ठीक अवश्य होइन । तर, दुवै नेता बढीभन्दा बढी शान्तिपूर्ण सम्बन्ध कायम गर्न र त्यस दिशातर्फ उत्सुकतापूर्वक अघि बढेको देखिनु नै ठूलो कुरा हो । दुवै पक्ष यो प्रक्रियालाई अझ चाँडो अघि बढाउन प्रतिबद्ध छन् र ट्रम्प र किम दुवैले आ–आफ्ना देशको भ्रमणका लागि निम्तो दिएका छन् ।

अझ रमाइलो कुरा, उत्तर कोरियाले शिखर बैठकमा पर्दा पछाडि चीन छैन भन्ने लुकाएन । किमले प्योङयाङबाट सोझै सिंगापुर आउँदा एयर चाइनाको चार्टर विमान नै प्रयोग गरे । यो पनि आगामी दिनको लागि एउटा निर्णायक पाटो हो । आगामी केही महिनासम्म किमका लागि सर्वाधिक ठूलो कार्य नै आर्थिक नाकाबन्दी हटाउन चीनलाई मनाउनु हुनेछ । किनभने, चीन नै उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । साथै, संयुक्त उपक्रम र पूर्वाधार परियोजनामा लगानी आकर्षित गर्न दक्षिण कोरियालाई लोभ्याउनु हुनेछ ।

तर, यहीबीच उत्तर कोरिया अहिले आफ्ना नेताको नयाँ अवतारमाथि रमाइरहेको छ । किनभने, उनी अहिले यस क्षेत्रमै सर्वाधिक लोकप्रिय युवाका रुपमा प्रकट भएका छन् । ‘विश्वकै ध्यानाकर्षण गर्न सफल शिखर बैठक आयोजना गरेको सिङ्गापुर यतिबेला स्वदेशी र विदेशी हजारौं पत्रकारले भरिभराउ छ, र यो दिनको प्रतिक्षा गरिरहेका ठूलो जनसमुदाय सिंगापुरमा भेला भएको छ र यो इतिहासमा लामो समयसम्म अंकित रहिरहने छ,’ केसीएनएले लेखेको छ । (लेखक एरिक ताल्माज एपीका प्योङयाङ ब्यूरो प्रमुख हुन् ।) अनुवादः सोमनाथ लामिछाने । एपी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x