×

NMB BANK
NIC ASIA

स्वास्थ्य चौकीका सेवा प्रभावकारी देखिएन

जेठ ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


नुवाकोट, ३१ जेठ -यहाँका धेरै स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवामा निकै सुधार गर्नुपर्ने भएको छ । 

जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा सामुदायिक विकास केन्द्रले गरेको विभिन्न ३५ वटा स्वास्थ्य चौकीको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ती स्वास्थ्य चौकीका धेरै पक्षमा सुधार गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन सार्वजनिक भएको हो । 

गत आवमा अध्ययन गरिएका ३० वटा र यो आवमा थप भएका पाँच स्वास्थ्य संस्थामा अध्ययन भएकामा तलाखु स्वास्थ्य चौकीबाहेक बाँकी स्वास्थ्य चौकीको सेवामा व्यापक सुधार गर्नुपर्ने पाइएको सामाजिक परीक्षक अमित गजुरेलले बताउनुभयो । 

“स्थलगत अध्ययन, प्रश्नावली, सामूहिक छलफल लगायतका आधारमा तयार गरेको प्रतिवेदनमा गत वर्षको परीक्षणमा देखिएका त्रुटि सुधार गर्न दिएको सुझावसमेत अझै कार्यान्वयन भएको देखिएन,” गजुरेलले भन्नुभयो, “यस वर्षको अध्ययनमा स्वास्थ्य चौकीको अवस्था पनि सामान्यदेखि जटिलसम्मका पक्षमा समेत सुधार गर्नुपर्ने देखिएको छ ।” 

उहाँका अनुसार परीक्षणका क्रममा गत वर्षका प्रतिबद्धता जनाएका स्वास्थ्य संस्थाले यस वर्षसम्म पनि पूरा नगरेको, नागरिक वडापत्र नभएको, खानेपानीको अभाव, बर्थिङ सेन्टर सञ्चालन भए पनि प्रभावकारी नभएको, सुझाव पेटिका नराखिएको, व्यवस्थापन समितिको बैठक नियमित नबसेको, निःशुल्क वितरण हुने ३८ प्रकारका औषधिमा आधा पनि नभएको, स्वास्थ्य संस्था भित्रै बधशाला सञ्चालन हुने गरेको, बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनुपर्नेमा २ बजे नै बन्द गर्ने गरिएको लगायतका त्रुटि पाइएको छ । 

उक्त प्रतिवेदन कार्यान्वयनका लागि स्वास्थ्यसम्बन्धी सामाजिक परीक्षण समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङसमक्ष बुझाइएको थियो । 

प्रतिवेदन निर्माणका क्रममा गरिएको अध्ययनले सामरी स्वास्थ्य चौकी १० देखि ५ बजेसम्म सञ्चालनमा आएको, तुप्चे स्वास्थ्य चौकीमा अहेब रिक्त र समुन्द्रटार स्वास्थ्य चौकीमा अनमी स्थानीय तहले नियुक्ति गरेको, ककनी स्वास्थ्य चौकीमा विद्युतीय हाजिर शुरु भएको उल्लेख छ । प्रतिवेदनमा औँल्याइएका पक्षलाई सुधार गर्न समन्वय गर्ने समितिका संयोजक एवं जिसस प्रमुख तामाङले बताउनुभयो । 

प्रतिवेदनमा तलाखु स्वास्थ्य चौकीको सेवा भने उत्कृष्ट रहेको उल्लेख छ । जिल्लाको दुर्गम क्षेत्रमा पर्ने स्वास्थ्य चौकी भएर पनि त्यहाँबाट १० देखि ५ बजेसम्म सेवा प्रवाह भएको, पुनः निर्माण हुन बाँकी भएकाले जस्ताको भवनमा सञ्चालन भए पनि बिरामी तथा सुत्केरी जाँच गर्ने छुट्टै कोठा रहेको, टेलिफोनबाट समेत सेवा दिने गरेको र सुत्केरीलाई घरमै भेट्न स्वास्थ्यकर्मी पुग्ने गरेको उल्लेख छ । नुवाकोटमा ६४ वटा स्वास्थ्य चौकीमध्ये ‘नमूनाको आधार’मा यो आवमा ३५ वटाको सामाजिक परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x