×

NMB BANK
NIC ASIA

चीनका तत्कालीन राष्ट्रपति जियाङ जेमिनले सन् १९९६ डिसेम्बर (२०५३ मङ्सिर १९ र २० गते) दुई दिने नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्राध्यक्षले नेपालको औपचारिक भ्रमण गरेका छैनन् ।

Muktinath Bank

दुई वर्षअगाडि तत्कालीन प्रधानमन्त्री समेत रहेका केपी ओलीको चीन भ्रमणपछि राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण हुने सम्भावना बढेर गएको भनिए पनि चिनियाँ राष्ट्रपति नेपाल आउन चाहेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणका क्रममा राष्ट्रपति सीलाई नेपाल आउन निमन्त्रणा दिएका थिए । लुम्बिनीमा बौद्ध सम्मेलन गर्ने भन्दै अतिथिको रूपमा सहभागी हुन नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी दुवैलाई निमन्त्रणा गरेको थियो । तर हुने भनिएको बौद्ध सम्मेलन हुन पाएन र चिनियाँ राष्ट्रपतिको भ्रमण अधुरो रह्यो ।


Advertisment
Nabil box
Kumari

२०७३ को असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुने तय भएको भनेर नेपाली राजनीतिमा चिया गफ हुने गरेको भएपनि सीले नेपाललाई वास्ता नगरी कम्बोडिया र बंगलादेशको भ्रमणमा निस्के ।

Vianet communication
Laxmi Bank

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नहुनुमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार दोषी रहेको तत्कालीन नेकपा एमालेले आरोप लगाएको थियो । त्यतिबेलाको नेपाली राजनीतिक बजारमा ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोक्नका लागि ओली सरकार ढालिएको’ भन्ने बहस चलिरहेको थियो । जे भए पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन सकेन, त्यसको च्याप्टर क्लोज भयो ।

यो वा त्यो कारणले नेपाल र नेपालीको मुद्दा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा केन्द्रित हुने गरेको छ । भारतले नेपालमाथि लगाएको अमानवीय नाकाबन्दीपछि त झन् नेपालमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जनस्तरीय मुद्दा बनेको छ ।

वर्तमान प्रधानमन्त्री केपी ओली ‘डी एरिया’मा बल लिएर पुगेका छन्, त्यसलाई गोलमा बदल्न सक्छन् या आउट हान्छन् त्यो समयले बताउला । तर लामो समयसम्म बहसमा रहेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण जसरी पनि यथार्थमा परिणत गर्नुपर्ने चुनौती प्रधानमन्त्री ओलीसामु देखिएको छ ।

बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा चीनका तर्फबाट प्रधानमन्त्री वेन जिया वाओको पाँच घण्टे नेपाल भ्रमण भएको थियो । त्यो भ्रमणमा नेपालले अपेक्षा गरेअनुरुप दीर्घकालीन फाइदा हुने कुनै सम्झौता हुन सकेन ।   

नेपाली काँग्रेसका नेता डाक्टर नारायण खड्काले नेपालका प्रधानमन्त्री छिमेकी देशको भ्रमणमा जाँदा ‘सपिङ लिस्ट’ लिएर सुपरमार्केट गएजस्तो गरेर जान नहुने टिप्पणी गर्छन् । भारत जाँदा पनि मेगाप्रोजेक्टको लिस्ट लिएर जाने र बनाइदेउ भन्ने, चीन जाँदा पनि यो र उ बनाइदेउ मात्र भन्ने नेपालको नियति बनेको छ ।

तर द्विपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धमा उच्चस्तरीय भ्रमणले सबैभन्दा ठूलो अर्थ राख्ने गर्दछ । त्यो बाहेक अन्य सम्झौताहरू गौण हुन्छन् । प्रधानमन्त्री ओलीको काँधमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्नेछन्, त्यसलाई भविष्यको गर्भमा छाडौं ।

नेपालले आफ्नो अर्थतन्त्रलाई मजबुत बनाउनका लागि चीनसँगको व्यापार घाटा कम गर्ने दिशातर्फ कदम चाल्नुपर्ने चीन मामिलाका जानकार डा. युवराज संग्रौला बताउँछन् ।

चिनियाँ व्यापारीलाई नेपालमा लगानी गरून् भनेर प्रोत्साहित गर्नका लागि पनि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुनु अत्यावश्यक जस्तै हो भन्ने संग्रौलाको मान्यता छ । नेपालको अन्तर्राष्ट्रिय कुटनीतिको उचाई कायम गर्नको लागि पनि सीको नेपाल भ्रमण अपरिहार्य छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा सँगै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पत्रकारसँग कुरा गर्दै चिनियाँ राष्ट्रपतिले छिट्टै नेपाल भ्रमण गर्ने आश्वासन दिएको बताएका छन् । चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर नेपाली जनतालाई ज्ञवालीको कुराले केहि राहत महसुस गराएको छ ।

भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले तीनपटक नेपाल भ्रमण गरिसके । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि नेपाल भ्रमण गरिसके । भारतको तर्फबाट भएका यी उच्चस्तरीय नेपाल भ्रमणले भारतीय छिमेकी नीतिमा नेपाल अग्रस्थानमा पर्छ भन्ने देखिएको छ ।

तुलनात्मक रूपमा नेपालमा चीनप्रति सद्भाव राख्ने जनसंख्या ठूलो छ । चीनको उच्चस्तरीय नेतृत्व यो विषयमा जानकार छ र राष्ट्रपति सी पनि सायद जानकार होलान् । विश्वभर आक्रामक रूपमा व्यापार विस्तार गरेर व्यापार कुटनीतिको ‘टाइकुन’ मानिएको चीन केही वर्षमा विश्वको ‘सुपरपावर’ हुने धुनमा छ । सीमा जोडिएको सानो छिमेकी नेपाललाई वास्ता नगरेको भन्ने आरोपबाट नआओस् भन्नका लागि चिनियाँ नेतृत्व पनि सचेत हुनैपर्छ ।

यो पनि पढ्नुहोस्

ओलीलाई चिनफिङको आश्वासन- उपयुक्त समयमा नेपाल भ्रमण गर्छु

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x