×

NMB BANK
NIC ASIA

थारुको मौलिक ‘छत्री’ लोप हुँदै, कसले जोगाउने परम्परागत प्रविधि ?

असार २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कैलालीको गोदावरी नगरपालिका–८ जोनापुरकी पूजा चौधरीको परिवार वर्षात्भरि छत्रीकै छाँयामा रम्छ । साढे ३ सय घरधुरी रहेको जोनापुरमा ९५ प्रतिशत बढी आदिवासी थारु जातिकै बाहुल्यता छ ।

Muktinath Bank

तर, जोनापुरमा पूजाको परिवारजस्तै केहीले मात्रै छत्रीको प्रयोग गर्छन् । बाँकीले आधुनिक छाताको प्रयोग गर्दै आएको बताइन्छ । जोनापुर वस्ती प्रतिनिधि थारु वस्ती मात्रै हो । पछिल्लो समय समग्र थारु समुदायबाटै छत्री लोप हुने क्रममा पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धानको बिउ उखेल्दै गरेकी पूजा भन्छिन्, ‘बाजेले बनाई दिएको छत्री प्रयोग गर्छौ । उहाँहरू रहुन्जेल त ठिकै छ । पछि थाहा छैन । उसो त आजभोलि बिरलै पाइन्छ, छत्री ।’


Advertisment
Nabil box
Kumari

छत्री अर्थात् छाता आदिवासी हस्तकला तथा प्रविधिको उच्चतम् नमूना हो । जुन वर्षात्को समयमा पानी र घामबाट बच्न घरेलु साधन स्रोतबाट निर्माण गरिन्छ । निर्माण गर्नलाई सीप दक्षता उत्तिकै जरुरी रहन्छ । जुन सीप र प्रविधि पुस्तान्तरण नहुनुले पनि छत्रीको अस्तित्व संकटमा परेको बताउँछन् थारु कल्याण कल्याणकारिणी सभा कैलालीका निवर्तमान सभापति प्रभातकुमार चौधरी ।

Vianet communication
Laxmi Bank

‘बोक्न पनि असजिलो हुने हुँदा सबैको रोजाइमा आधुनिक छाता मात्रै पर्छन्, अर्कोकुरा नयाँ पिढीमा छत्री बनाउने ज्ञान र सीप पनि कहाँ छ र ?’ उनी अगाडि थप्छन्, ‘छत्रीको प्रयोगकर्ता घट्दै गए केही वर्षमै संग्राहलयमा मात्रै सीमित हुनेछ ।’

कैलारी गाउँपालिका–६ बेनौलीका स्थानीय बुद्धिजीवी भरथरी डगौराका अनुसार छत्री बाँस र नम्है्रन (एक प्रकारको वनस्पति) को पातको प्रयोगले निर्माण गरिन्छ । जसको लागि पातलो र लचकदार हुने गरी बाँसको चोइटोको व्यवस्था गरिन्छ ।

उक्त चोइटोलाई एकआपसमा बाँझिने गरी गोलाकार आकारको कभर बनाइन्छ । एउटा छत्री निर्माणको लागि २ वटा एउटै आकारको कभर चाहिन्छ । छत्रीको माथिल्लो भागमा राखिने कभरलाई ‘पेरी’ र तल तल राखिने कभर भागलाई ‘झेल्री’ भनिन्छ । 

कभर निर्माण गरिसकेपछि २ वटा कभरको बिच भागमा पानी र हावा नछिर्ने गरी नम्ह्रैनको पात बिछ्याएर पातलो रसीले बाँधिन्छ । यसरी बनाइएको छत्रीको बीच भागमा टाउकोमा अड्याउन सजिलो होस् भनी खोपिल्टो बनाइएको हुन्छ । 

यसरी बनाइएको छत्री टाउकोमा राखेर हलो जोत्नेलगायत अन्य काम गर्न सजिलो हुने थारु बुद्धिजीवी डगौंराको भनाई छ । १ पटक बनाइएको छत्री २÷३ वर्षसम्म प्रयोग गर्न सकिने बताइन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x