×

NMB BANK
NIC ASIA

क्रोएसियाका कप्तान मोड्रिचले भने, हारेपनि उत्सव त मनाउने हो

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकप फाइनलमा फ्रान्ससँग हारेपछि विश्वकपको सर्वोत्कृष्ट खेलाडीका लागि गोल्डेन बल पुरस्कार दिइनु उनका लागि तीतोमीठो क्षण भएको प्रतिक्रिया दिएका छन् । 

रियल मड्रिड क्लबका मिडफील्डर मोड्रिचले भने, ‘यो सम्मान पाएर म खुशी छु र मलाई छान्नेहरूलाई धन्यवाद दिन्छु । तर म योभन्दा पनि विश्वकप जितेको राम्रो ठान्थें ।’

उनले भने, ‘अब विश्वकप त जित्न सकिएन । तैपनि अबका केही दिन हामी उत्सव मनाउँछौं किनकि यहाँसम्म आइपुग्नु पनि क्रोएसियाका लागि ठूलो कुरा हो । तर अहिले म तीतो र मीठो दुवै अनुभव गरिरहेको छु ।’

मोड्रिचले भने, ‘हामीले जति ग–यौं त्यसमा हामीलाई गर्व छ तर फाइनलमा हार्नुपर्दा अलिक दुःख छ ।’

फाइनलअघि क्रोएसियाले तीनैवटा नकआउट म्याच अतिरिक्त समयसम्म तन्काएको थियो । फाइनलको शुरूआतमा क्रोएसियाले फ्रान्समाथि दबाब बनाएको पनि हो तर टीम दुर्भाग्यशाली रह्यो र पहिलो हाफसम्ममा १–२ ले पछि प–यो । 

विश्वकपमा पछिल्ला ६८ वर्षमा फाइनलमा पुग्ने क्रोएसिया सबभन्दा सानो देश हो । त्यहाँको जनसंख्या ४० लाखभन्दा अलिकति मात्र बढी छ । 

मोड्रिचले भने, ‘हामी विश्वकपको हकदार थियौं तर अब जे हुनु भइसक्यो, त्यसलाई परिवर्तन गर्न सकिन्न । हामीले कहिल्यै हार मानेनौं र अन्तिमसम्म चुनौती तेर्स्याइरह्यौं ।’

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विश्वकप फुटबल अन्तर्गत समूह ‘बी’को शनिबार बिहान सम्पन्न पोर्चुगल र स्पेनबीचको खेलमा क्रिष्टियानो रोनाल्डो चम्किएका छन् । उनको उत्कृष्ट प्रदर्शनसँगै स्पेन ३-३ काे बराबरीमा र...

जेठ २५, २०७५

काठमाडौं, २५ जेठ – रुसको कानूनले समलैंगिकतालाई प्रवर्द्धन गर्न प्रतिबन्ध लगाएका कारण विश्वकप हेर्नलाई केही समलिंगीहरू त्यहाँ नजाने भएका छन् ।  अघिल्लो विश्वकपमा अमेरिकी प्रशंसकहरूका लागि यात्राको प्...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x