×

NMB BANK
NIC ASIA

काउन्सिलको सक्रियतासँगै उजुरीको चाङ

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

– सुशील दर्नाल 

Muktinath Bank

काठमाडौँ-विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने खेलमा सचिव थपलिया, के के छन् कर्तुत’ शीर्षकको समाचारले आफ्नो चरित्रहत्या भएको भन्दै गोविन्दसिंह भण्डारीले प्रेस काउन्सिल नेपालमा उजुरी हाले । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी, सशस्त्र प्रहरी निरीक्षक प्रदीप बुढाथोकीले पनि २०७३ मंसिरमा ‘जनमञ्च’ साप्ताहिकमा प्रकाशित ‘सशस्त्रमा राणा शासन’ शीर्षकको समाचार झुटो भएको भन्दै काउन्सिलमा उजुरी हाले । यी त प्रतिनिधि उजुरी मात्रै हुन् । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समयमा पत्रकार आचारसंहिता उल्लंघनका घटनालाई लिएर प्रेस काउन्सिल नेपालमा उजुरी पर्ने क्रम बढेको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन लगायतका सञ्चारमाध्यमले झुटा समाचार प्रकाशन÷प्रसारण गरेको र चरित्र हत्या गरेको लगायत उजुरीमा परेका छन् । 

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७४÷७५ मा १६५ वटा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेका छन् । त्यसैगरी, आव २०७३÷७४ मा ११२, २०७२÷७३ मा १०१, २०७१÷७२ मा ५१, २०७०÷७१ मा ३९ र २०६९÷७० मा ४६ वटा उजुरी परेका छन् । 

आव २०७४÷७५ को पछिल्लो तीन महिनाको तथ्यांक हेर्ने हो भने चैतमा सात, वैशाखमा नौ र जेठमा नौ वटा उजुरी परेका छन् । काउन्सिलमा परेका उजुरीमध्ये अधिकांश उजुरी फछ्र्यौट भएको छ । 

काउन्सिलले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचारको आफैँले अनुगमनसमेत गर्दै आएको छ । काउन्सिल आफैँले अनुगमन गर्दा पनि पत्रकार आचारसंहिता उल्लंघनका घटना बढ्दै गएको पाइन्छ । 

माथिको तथ्याङ्कबाट पनि प्रस्ट हुन्छ कि काउन्सिलको सक्रियता बढ्दै छ, पत्रकार आचारसंहिताका घटना झन् झन् बढ्दै छन् र आम पाठक, श्रोता र दर्शक सचेत हुँदैछन् । यी उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मान हानि भएको लगायतका विषयमा उजुरी परेको छ । 

मिडियाले जथाभावी बोलेर र लेखेर दुःख दिएको खण्डमा उजुरी गर्ने ठाउँ पनि रहेछ भन्ने आम मानिसमा चेतना भएको कारण पनि काउन्सिलमा उजुरीको संख्या बढ्दै गएको हुन सक्ने काउन्सिलका सह–प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले बताए । 

आचारसंहिता उल्लंघनका घटना पत्रपत्रिका, रेडियो र टेलिभिजनभन्दा पनि अनलाइन पत्रिकामा सबैभन्दा बढि रहेको पाइन्छ । काउन्सिलले गरेको अनुगनको प्रतिवेदन हेर्ने हो भने पनि आचारसंहिता उल्लंघन बढेको पाइन्छ । 

विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको संख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । 

“एउटा, भर्खरै पत्रकारितामा प्रवेश गर्ने नयाँ पत्रकारबाट नजानेरै आचारसंहिताको उल्लंघन भएको छ भने अर्को कतिपय त्यस्ता पत्रकार हुनुहुन्छ, जानीजानी शक्तिको आडमा उल्लंघन गरिरहनुभएको छ”, सूचना अधिकृत खनालले भने । 

आचारसंहिता उल्लंघन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्यांकन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ । 

स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । काउन्सिल ऐन भने २०४८ सालमा ल्याइएको थियो । काउन्सिललाई अझै अधिकार सम्पन्न बनाउनका लागि नयाँ काउन्सिल ऐन ल्याउने तयारी भइरहेको छ । 

नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार आचारसंहिता पत्रकारहरुको नैतिक बन्धन जस्तै हो, त्यसैले पत्रकारिता क्षेत्रलाई थप मर्यादित र विश्वसनीय बनाउनका लागि यसको इमान्दारीपूर्वक पालन गर्नुपर्छ भने । 

आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गनुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । 

त्यसैगरी, पत्रकार र सञ्चारमाध्यमले गर्न नहुनेमा सार्वभौमसत्ता, भेदभाव हुने गरी र निजी स्वार्थ पूर्तिका लागि सूचनाको सम्प्रेषण गर्नु नहुने र पीडित वा प्रभावित व्यक्तिलाई थप पीडा हुने गरी सूचनाको सम्प्रेषण गर्न नहुने, घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुने, बीभत्स दृश्य र तस्बीर प्रकाशन वा प्रसारण गर्न नहुने, फोटो तथा दृश्यको गलत प्रयोग गर्न नहुने लगायतका बुँदामा उल्लेख छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x