×

NMB BANK
NIC ASIA

थाइल्यान्ड गुफाबाट उद्धार गरिएका किशोरहरूले बताए आफ्नो कथा

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – थाइल्यान्डको गुफामा फसेका १२ किशोर र उनीहरूका फूटबल प्रशिक्षक उद्धारपछि पहिलोपटक बुधवार मिडियासमक्ष आए । किशोरहरू र उनीहरूका प्रशिक्षकले पत्रकार सम्मेलनमा उद्धारलाई ‘चमत्कार’ संज्ञा दिँदै दुई
हप्ताभन्दा बढी समय गुफामा कसरी बिताए र उनीहरूको जीवनमा यो घटनाको के असर पर्छ सुनाए । 

प्रशिक्षक एकापोलका अनुसार, टोलीका केही किशोरहरू गुफामा कहिले पनि गएका थिएनन् र उनीहरू त्यो भित्रैबाट हेर्न चाहन्थे । फूटबल अभ्यासपछि टोलीले विभिन्न किसिमका गतिविधिमा संलग्न हुनुपर्ने आवश्यकता रहेको एकापोलले बताए । 

गुफामा एक घन्टा बसेपछि टोलीले फर्किने निर्णय लियो । तर त्यतिखेरसम्म गुफामा पानी भरिसकेको थियो र उनीहरू बाहिर निस्कने बाटो बन्द भइसकेको थियो । 

त्यसपछि एक किशोरले भने, ‘हामी हरायौं त ?’ त्यसपछि आफूहरू फसेको अनुभव भएको प्रशिक्षकले बताए । अनि टोली गुफाभित्र अझै पस्यो र राति कतै सुरक्षित बस्ने योजना बनायो । 

एकापोलले बताएअनुसार, गुफामा २०० मिटर अझै भित्र गएपछि अलिकति उकालोजस्तो देखियो । एकापोललाई गुफाको छतबाट पानी चुहिरहेको र यो पानी गुफाभित्र छिरेको बाढीको पानीभन्दा बढी सफा हुनसक्ने थाहा थियो । 

पानीनजिक बस्नु ठीक हुने उनले अनुमान गरे । उनीहरूसँग केही खानेकुरा थिएन । पानी पिएर उनीहले पेट भरे । 

टोलीका सबभन्दा साना ११ वर्षीय खेलाडी चानिनले भने, ‘मैले खाने विषयमा नसोच्ने कोशिश गरें किनकि यसो गर्दा मलाई भोक लाग्न सक्थ्यो ।’ 

एकापोलले बताएअनुसार, टोलीमा कोही पनि डराएको थिएन । भोलिपल्ट जलस्तर घट्नेछ र सहायताका लागि कोही आउनेछ भन्ने उनले आशा राखे । 

एकचोटि त पानीको तीव्र प्रवाहको आवाज सुनेपछि उनीहरूले हेर्दा पानी बढ्दै गएको देखे । अनि त डुबिएला भन्ने आशंकामा एकापोलले टोलीलाई अग्लो ठाउँ खोज्न लगाए । त्यति मात्र नभई उनले सबै किशोरहरूलाई बाहिर निस्कने सम्भावना खोज्नका लागि खन्न लगाए । 

पूर्व थाइ नेभी सील कमान्डर समन कुनानको मृत्यु उद्धारका क्रममा भएको थाहा पाएपछि कोच एकापोलले आफूलाई दोषी अनुभव गरेको बताए । 

किशोरहरूले पत्रकार सम्मेलनका क्रममा सबै उद्धारकर्मीलाई धन्यवाद दिए र कुनानप्रति श्रद्धाञ्जलि दिए । 

बेलायती गोताखोर गुफामा पस्दा उनीसँग अंग्रेजीमा कुराकानी गर्ने १४ वर्षीय अदुन स्याम–ओनको चर्चा भयो । बुधवार अदुनले बताएअनुसार, उनले गुफामा खन्दै गर्दा केही मानिसले बोलेको सुने । 

प्रशिक्षकले किशोरहरूलाई हल्ला नगर्न भने । 

बेलायती गोताखोर त्यहाँ पुग्दा उनी आत्तिएका जस्ता देखिन्थे । उनी खालि हेलो मात्र भन्न चाहन्थे । अदुनले त्यो क्षणलाई याद गर्दै भने, ‘मलाई यो चमत्कार झैं लाग्यो । कस्तो प्रतिक्रिया दिऊँ भनी मैले थाहै पाइनँ ।’

यो घटनाबाट के पाठ पाइयो भनी गरिएको प्रश्नमा प्रशिक्षक एकापोलले भने, ‘अब हामी जिन्दगीका विषयमा लापरवाही गर्दैनौं ।’

केही किशोरहरूले चाहिँ ठूलो भएपछि नेभी सील ज्वाइन गर्न चाहेको बताए । केही किशोरहरूले आफ्ना आमाबुवासँग माफी पनि मागे । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x