×

NMB BANK
NIC ASIA

मेयरको ‘गिरगिट’ प्रवृत्ति : सादा जीवन फेरिएर जनकपुरधाममा मनपरी शासन, शौचालयमा एसी !

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाका जनताले विशाल मत दिएर लालकिशोर साहलाई नगर प्रमुख (मेयर) पदमा निर्वाचित गराएका थिए । विराट व्यक्तित्व, प्रजातान्त्रिक आन्दोलनमा योगदान, जेलनेल भोगाइ, मधेश आन्दोलन, सहिदहरूको शहादत र आन्दोलनकारी योद्धाहरू र घाइतेका सपना पूरा गर्ने विश्वासका साथ साह विशाल मत अन्तरले निर्वाचित भएका थिए ।

Muktinath Bank

जनकपुरको उपमेयर भएका बेला खासै विवादित छवि नदेखाएका साह मेयर बन्नुपर्छ भन्ने पक्षमा जनकपुरको बौद्धिक जमात पनि थियो । विगतमा नेपाली कांग्रेसको पृष्ठभूमि भएका कारण उनका विगतका कांग्रेसी सहकर्मीले पनि चुनावमा आन्तरिक सहयोग गरे । सादा जीवन र उच्च विचारका धनी साहले २०६४ सालको मधेश आन्दोलनपछि जब कांग्रेस परित्याग गरेर सद्भावनामा प्रवेश गरे उनको राजनीतिक उचाइ त्यसअनुरुप अगाडि बढ्न सकेन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा २ पटक निर्वाचित भएर अहिले जेलमा रहेका पूर्वसांसद संजय साहको दरबारमा हाजिरी लगाएपनि उनले दोस्रो संविधानसभाको निर्वाचनमा न त टिकट पाए, न त समानुपातिक कोटाबाट सांसद नै बन्न पाए । तत्कालीन सद्भावना अध्यक्ष राजेन्द्र महतोले राजनीतिक रूपमा उनलाई केन्द्रिय प्रवक्ता बनाएपनि उनले लाभको अवसर भने प्राप्त गर्न सकेका थिएनन् ।


Advertisment
Nabil box
Kumari

जब राष्ट्रिय जनता पार्टी (राजपा) को गठन भयो, जनकपुरमा मेयर पदका दौडमा धेरै आकांक्षी थिए । तर, जनकपुरका केही बौद्धिक जमात र राजनीतिक लविङ समेत तीब्र भएपछि साहले मेयरको टिकट हात पार्न सफल भए । त्यसका लागि उनले सबै अध्यक्ष मण्डलका सदस्यलाई रिझाउन सफल भएका थिए । 

Vianet communication
Laxmi Bank

स्थानीय तहको निर्वाचनमा सिधा प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवार मनोज साहसँग थियो । विगतमा लालकिशोरको व्यक्तित्व र योगदानका अगाडि कांग्रेसका उम्मेदवार कमजोर सावित भए । परिणाम स्वरूप उनी धेरै फराकिलो मत अन्तरले निर्वाचित भएपछि उनलाई २ नम्बर प्रदेशमै ‘म्यान अफ द इलेक्सन’ सम्म पनि भनियो ।

जनकपुरवासीले उनलाई शक्तिशाली प्रतिनिधिको रूपमा स्थापित किन पनि गरे भने विगतको २५ वर्षदेखि स्थानीय तह जनप्रतिनिधिविहीन थिए । जनकपुर शहर विकास तथा पूर्वाधारमा धेरै पछाडि परेको थियो । कार्यकारी अधिकृतको एकल बोर्डबाट स्थानीय तहको विकासका लागि आउने सम्पूर्ण अनुदानको रकम सर्वपक्षीय राजनीतिक दलको भागबण्डामा सीमित हुन्थ्यो । विकासका लागि आउने रकम विकासमा खर्च नभएर दलका प्रतिनिधि र कर्मचारीको गोजीमा सिधै जाने गर्थ्यो ।

लालकिशोर साहमाथि जनकपुरवासीको ठूलो आशा र अपेक्षा थियो । उनी मेयर बनेपछि जनकपुरमा विकास मात्र हुने छैन, भ्रष्टाचारको पूर्णतः अन्त्य हुनेछ भन्ने आशा थियो । विगतमा पनि उनी आफैं प्रजातन्त्र र लोकतन्त्रको लागि लामो लडाइ लडेका कारण कार्यपालिकामा लोकतन्त्रको अनुभूति दिलाएर सुशासनको अनुभूति दिलाउन सक्नेमा जनकपुरवासी ढुक्क थिए ।

तर, उनी मेयर बनेपछि उनका पछिल्ला क्रियाकलापले जनकपुरवासीका सबै आशा र अपेक्षामा ठूलै कुठाराघात भएको छ । हिजोको सरल जीवन निर्वाह गरेका साह मेयर बनेपछि सुख–सयल, भोग–विलास र मोजमस्तीमा केन्द्रित देखिएका छन् । नगरवासीले मेयरम ‘गिरगिट’ प्रवृत्ति देखिएको टिप्पणी गर्न थालेका छन् । रंग परिवर्तन गर्ने छेपारा प्रवृत्तिलाई स्थानीय भाषामा गिरगिट प्रवृत्ति भन्ने गरिन्छ ।

उनको कार्यालयको कार्यकक्षमा रहेको शौचालयसम्म एयर कन्डिसन (एसी) जडान गर्न लगाउनु, शौचालयलाई अत्याधुनिक बनाउन पटक–पटक मर्मतसम्भार गर्न लगाउनु, पुरानो गाडी हुँदाहुँदै डेढ करोडभन्दा पनि महंगो ‘फोर्ड’ गाडी किनेर चढ्नु, विगतको निजी निवास हुँदाहुँदै बहालमा कोठा लिएर कोठाभित्र आन्तरिक सजावटमा मात्रै लाखौं रुपैयाँ खर्चिनु, महंगो मोवाइल बोक्नु आदिले पनि उनको जीवनशैलीमा कतिसम्म फरक आएको छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ ।

हिजो मेयर नबन्दासम्म उनको बोलीमा अत्यन्तै मिठास हुन्थ्यो । जो कोहीसँग पनि सजिलै घुलमिल हुन्थे । तर, अहिले उनी पूरै फेरिएका छन् । जनतासँग सिधा संवाद छैन । जनता सेवाग्राही बनेर उनको कार्यकक्षमा पुग्दा उनको रवाफ हिट्लर शैलीभन्दा कम हुँदैन । जनतालाई आफ्नै टेबुल अगाडि घण्टौ उभ्याउने उनको बानी नै बनेको छ । सेवाग्राहीसँग झर्केर कुरा गर्ने प्रवृत्ति लगायतका कारण हिजोसम्म उनका सहयोगी रहेका व्यक्तिसँग नै सम्बन्ध बिग्रिएको छ ।

सबैभन्दा ठूलो झट्का त मतदातालाई लागेको छ । हिजो जसले उनलाई मतदान गरेर मेयर बनाए, आज तिनै मतदाता उनीबाट उपेक्षित भएका छन् । भ्रष्टाचारमा उनी चुर्लुम्म डुबेका छन् । पाइला–पाइलामा उनले भ्रष्टाचार गरेका तथ्यहरू पत्रपत्रिकादेखि सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा छ्याप्छयाप्ती देखिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा होस् वा अन्य विकास निर्माणमा सबैजसो योजनामा अनियमितता भएको पाइन्छ । जनताले सूचना पाउन सकिरहेका छैनन्, काम कारवाहीबारे कुनै पनि पारदर्शिता छैन । नियम विपरीत, प्रक्रिया विपरीत सबैजसो नगर स्तरीय योजनाहरू उनले आफ्ना छोरा, भान्जा, भतिजादेखि आफन्तलाई कोटेसनमा दिएर व्यापक अनियमितता तथा भ्रष्टाचार गरेको कुरा विपक्षी राजनीतिक दलदेखि आफ्नै राजनीतिक दल राजपाबाट समेत उठिरहेको छ ।

उनी एकलौटी ढंगले अगाडि बढिरहँदा विपक्षी दल कांग्रेसले साउन १५ गते विशाल जुलुशसहित उपमहानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम नै तय गरिसकेको छ । राजपा लगायत अन्य सबै दलका नगर र जिल्ला स्तरीय नेताले मेयर साहको व्यवहार तानाशाहीजस्तो भएको प्रतिक्रिया दिने गर्छन् ।

करीब १ अर्बभन्दा बढी रकम गत आर्थिक वर्षमा मेयर साहले खर्च गरेका छन् । तर, देखिने गरी गतिलो काम कुनै पनि हुन सकेको छैन । आन्दोलन र क्रान्ति गरेको पार्टी राजपाबाट चुनाव जितेका मेयर साहले आगामी दिनमा आफ्नो व्यवहार, रवैया नसच्याउने हो भने २ नम्बर प्रदेशबाटै राजपाको अस्तित्व समाप्त हुन सक्ने राजपाका नेताकै आकलन छ ।

भ्रष्टाचारको जुन रफ्तार उनले अगाडि बढाएका छन्, त्यही गति आउँदो दिनमा पनि कायमै रहे उनले आफ्नो कार्यकाल समेत बिताउन नपाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेर बाँकी जीवन जेलमै बिताउनुपर्ने हुन सक्छ । 

उनको जीवनमा त अत्यन्तै परिवर्तन आएको छ । तर, जनकपुरको समस्या ज्यूँका त्यूँ छन् । अत्यन्तै फोहोर शहरको दाग मेटाउन सकिएको छैन । लामखुट्टेको प्रकोप न्यूनिकरण गर्न सकिएको छैन । शहरमा सुशासन छैन । विकासले गति लिन सकेको छैन । भइरहेकै कामहरू एकदमै गुणस्तरहीन छन् । कमिसनखोरी र घुसखोरी त्यत्तिकै बढेको छ ।

मेयर साहले जनतालाई राहत दिने कुनै काम गर्न सकेका छैनन् । तर, विभिन्न क्षेत्रमा करको दायरा मात्र बढाएका छैनन्, करको दर पनि कैयौं गुणा बढाएका छन्, जनताको ढाड सेकिएको छ । सामान्य वर्षात्मा पूरै शहर नै डुबानमा पर्ने गर्छ ।

हिल्लामे शहर, फोहोर शहर, धुलाम्मे शहरको रूपमा बद्नाम भएको दागलाई मेटाउन कुनै ठोस काम भएको देखिँदैन । उचित ढल व्यवस्थापन छैन । पानीको निकास छैन । महिनौंदेखि जनताले खानेपानीको सुविधा पाउनबाट वञ्चित छन् । टेलिफोनको लाइन महिनौंदेखि अवरुद्ध छन् । यस्ता साना–साना समस्या त समाधान गर्न सकिएको छैन भने अन्य ठूल्ठुला समस्या समाधानको कुरै आउँदैन । 

स्मार्ट सिटीको रूपमा जनकपुरलाई विकसित गर्ने भनेर चुनावताका उनले दिएका वाचा त झन् के पूरा होलान्, तत्काल काम चलाउनका लागि आफ्नो घर बाहिर सडकमा हिँड्न सक्ने अवस्थासम्म बनाईदिए हुन्थ्यो । तर, मेयर साहलाई यी कुरासँग कुनै सरोकार नै देखिँदैन । छाडा सुँगुर र पशु चौपायाको आतंकले नगरवासी त्रस्त छन्, कान्जी हाउस कामविहीन बनेको छ । तसर्थ, मेयर साह यी सबै कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्छन् वा अहिलेकै क्रमलाई निरन्तरता दिन्छन् ? त्यो भने आगामी दिनमा प्रष्ट हुँदै जानेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x