असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
भाषा चाहिन्छ आफ्नो भेष चाहिन्छ
शिर उठाई बाँच्न आफ्नो देश चाहिन्छ
कोलोराडो, संयुक्त राज्य अमेरिकाको प्रवासबाट ज्ञानेन्द्र गदालले लेखी पठाएको यो अभिव्यक्ति दश हरफको कविताका पहिला दुई पङ्तिमा भेटिन्छ ।
(कौशिकी द्वैमासिक, २०६८ बैशाख-जेठ)
नेपालको सम-सामयिक यथार्थ भने बेग्लै छ । लाग्छ, देश त प्रवासमा बस्नेलाई मात्र चाहिएको हो, यहाँका बासिन्दालाई त प्रदेश भए पुग्छ । सकेसम्म धेरै प्रदेश होउन्, देश त किन चाहियो र । चाहिएछ भने पछि आत्मनिर्णयको अधिकार प्रयोग गरी प्रदेशलाई नै भिन्दाभिन्दै देशमा परिणत गरिदिए भैगो नि !
देखिँदैछ, नेपालमा नेपाली छैनन् । यहाँ त पार्टीका कार्यकर्ता मात्र छन् । किनभने म्याद गुज्रेको संविधानसभामा ३० भन्दा बढी पार्टी छन् भने सभाभवन बाहिर तिनैका कार्यकर्ता यत्रतत्र भेटिन्छन् । दर्शन, सिध्दान्त, नीति, निष्ठा, मान्यता बाँकी नराखेका नेताका पार्टीहरूमा संघीयताघटीमा सम्झौता नगर्ने बिल्लादार सदस्यहरू मुस्तैदीका साथ तैनाथ छन् । कथम् पार्टीले बेवास्ता गरेछ भने आफ्नो माग पूरा गराउन राँके जुलुसको दौडका निम्ति जातीय संगठनहरू तम्तयार भएर बसेका छन् । तीन ठूला पार्टी र अवसरवादीहरूको ‘मोर्चा’ हाँक्ने सारथीहरू प्राप्त मार्गदर्शनका आधारमा अग्रगामी पाइला चालिरहेका छन् । चित्रबहादुर केसीको मोर्चा र बिजुक्छेको नेमकिपा भागबण्डामा दगुर्नेहरूको भीडबाट उछिट्टिएको अवस्थामा देखिन्छन् । एकाध अरू पनि होलान् ।
एक देशलाई अनेक प्रदेशमा खण्डित गराइदिन खोज्नेहरू नै सफल हुँदै गएको देखापर्छ । र, त्यस्तो सफलता दिलाइदिन स्थानीय अनुचर गुप्तचरहरू दिलोज्यानले लागिपरेका छन् । जगजाहेर छ, टुक्रिएका र कित्ताकाटमा परेका प्रदेश धेरै दिन टिक्न सक्दैनन् र त्यस चरणमा पुगेपछि केसित अथवा कोसित विलय हुन्छन् यसै भन्न कठिन छ । ख्यातिप्राप्त अमेरिकी कूटनीतिज्ञ हेनरी किसिञ्जरको ‘चीनबारे’ नामक नयाँ पुस्तकमा यस्तै निचोड निस्कने एउटा चिनियाँ मान्यताको उल्लेख रहेछ : ‘जसरी मरेको मानिस फेरि ब्युँतिन सक्दैन त्यसैगरी नष्ट गरिएको राष्ट्र पुन: अस्तित्वमा आउन सक्दैन’। सन् जु नामक विद्वान्को यस कथनसित चीन दुईहजार वर्षदेखि परिचित रहँदै आएको छ । तर भन्न सकिएला, चीनको यस कुराले अमेरिका प्रभावित भए होस् नेपाललाई त्यसको के चासो ? सँधियार नै भए पनि नेपालले चीनको अनुभवसित किन सरोकार राख्ने ? किन तिनको मान्यतालाई हामीले मान्यता दिने ?
परिस्थिति विकल्पविहीन भने छैन । बहसमा तान्न सकिने एउटा प्रस्ताव यस्तो हुन सक्छ : सबैजना मिलौं, सिङ्गो देशलाई नै एक प्रदेशमा परिणत गराऔं । उत्तर प्रदेश, मध्यप्रदेश अथवा हिमाञ्चल प्रदेशजस्तै । संघीयताको माग पनि पूरा हुने, गणतन्त्र पनि तयारी अवस्थामा पाइने ! बरू जेठ १४ अगावै प्रस्ताव प्रस्तुत गरेर दुई-तिहाईले अनुमोदन गराइराखे पछि गएर वैधानिकताको कचिङ्गल उठ्ने छैन । तेलको आपूर्ति नरोकिने, भाउ-बेसाहा पनि सस्तो हुँदै जाने !! अवसरको लाभ उठाउनु नै बुध्दिमानी हो कि ?
२०६२/६३ मा आन्दोलन भयो, सातौं वर्षमा आइपुग्दाको नैराश्य हाम्रोसामु छ , भुक्तभोगी छौं आफैं । स्थितिको पुनरावृत्ति पो भएछ भन्ने लाग्छ, २००७ सालको परिवर्तनपछिको सातौं वर्षको परिस्थिति सम्झिँदा । गएको शुक्रवार (वैशाख १५, २०६९) राष्ट्रकवि माधव घिमिरेले लोकार्पण गर्नुभएको ग्रन्थमा समावेश भएको ‘प्रजातन्त्र दिवसको सवाई’ मा कवि साम्बभक्त सुवेदीको यो आकलन पढौं:---
सुन सुन दिदी बहिनी सुन दाजु भाइ
एकैछिनको गन्थन यो सुन मन लाई।।
नेपालको प्रजातन्त्र अन्तरिमकाल
देखिएको किन किन यस्तो गोलमाल ।।१।।
छर्लङ्ग छ, नेपालका भाग्यविधाताहरूले यत्रो वर्षपछि पनि आफ्नो बानी-बेहोरा सुधार्न सकेका रहेनछन् ।
(२०६९ वैशाख १८)
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...