×

NMB BANK
NIC ASIA

वैज्ञानिक कर निर्धारण : तिलोत्तमामा खेतियोग्य जमिनको कर गत वर्षभन्दा कम

भदौ १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – मुलुकभर कर वृद्धिको चर्चा चलिरहँदा रुपन्देहीको एउटा स्थानीय तहमा खेतमा लगाउने कर घटेको पाइएको छ ।

Muktinath Bank

साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ मिलेर बनेको तिलोत्तमा नगरपालिकामा वडा नम्बर १७ मा खेतीयोग्य जग्गाको कर गत वर्षभन्दा कम रहेको पाइएको हो । वडा नम्बर १७ साविकको सिंगो गंगोलिया गाविस हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्षसम्म प्रतिकट्ठा ३० रुपैयाँ भूमिकर तिर्नुपर्दथ्यो । तर, अहिले प्रतिकट्ठा २२ रुपैयाँ तिरे पुग्छ । वडा नम्बर १७ मा खेतीयोग्य जमिन प्रशस्त छ । यो वडा तुलनात्मक रुपमा नगरका अन्य वडाभन्दा विकासमा पछि परेको छ ।


Advertisment
Nabil box
Kumari

नगरपालिकाले कर बढाउँछ भन्ने आशंका गरेका किसान खेतीयोग्य जग्गाको कर गत वर्षभन्दा कम तिर्ने अवस्था आउँदा दंग छन् । ‘सबैले कर बढ्छ भनेका थिए । तर, खेतको कर त स्वाट्टै घटेछ,’ स्थानीय किसान रामचन्द्र चौधरीले भने, ‘मैले सुनेअनुसार नगरपालिकाले किसानका लागि विभिन्न अनुदानका कार्यक्रम पनि ल्याउँदै छ रे !’ 

Vianet communication
Laxmi Bank

नगरपालिकाले सामाजिक न्यायको सिद्धान्त र औचित्यका आधारमा कर लगाउँदा खेतीयोग्य जग्गाको मूल्यको कर घटेको हो । करका सन्दर्भमा विभिन्न टिकाटिप्पणी भइरहँदा सबैलाई एकै किसिमको कर नलगाई नगरपालिकाले करलाई अधिकतम वैज्ञानिक बनाउन खोजेको पाइएको छ । 

गत आर्थिक वर्षसम्म नगरका सबै क्षेत्रमा एकैप्रकारको कर लगाइएकोमा चालू आर्थिक वर्षमा नगरपालिकाले त्यसलाई विविधिकरण गरेको हो । यहीँ आधारमा वडा नम्बर १७ (साविक गंगोलिया गाविस) को खेतीयोग्य जमिनमा हाल लगाइएको कर गत वर्षभन्दा प्रतिकट्ठा ८ रुपैयाँ कम हुन पुगेको छ ।

गत वर्षसम्म भूमि कर लगाइएकोमा चालू आर्थिक वर्षदेखि नगरपालिकाले सम्पत्ति कर लगाएको छ । गत वर्षसम्म नगरका सबै ठाउँका बासिन्दाले प्रतिकट्ठा ३० रुपैयाँको दरले भूमिकर तिर्दथे । यहीँ कारण सिद्धार्थ राजमार्गको मुख्यचोक र गंगोलियाको खोला किनारको जग्गाको एउटै कर थियो ।

‘हिजो बजार क्षेत्र, आवास क्षेत्र र खेतीयोग्य भूमि सबैको सोलोडोलोमा भूमि कर लिइन्थ्यो । अहिले त्यसलाई वैज्ञानिक बनाउँदै वास्तविक किसानलाई मर्का नपर्ने गरी सम्पत्ति करको दर निर्धारण गरिएको छ,’ तिलोत्तमा नगरपालिकाका कर अधिकृत इन्द्रदत्त सापकोटा भन्छन्, ‘सुविधासम्पन्न, विकासले फड्को मारेको, आवासीय ठाउँमा बस्ने अनि करचाहिँ अति कम विकसित ठाउँको सरह तिर्न खोजिएको भयो, हामीहरू सबैले चाहेको समृृद्धि प्राप्त हुन सक्दैन ।’

नगरपालिकाले सम्पत्ति, घर बहाल, व्यवसाय करको दररेट सरोकारवाला समेतको छलफलका आधारमा नै तय गरिएको जनाएको छ । ‘विभिन्न राजनीतिक दल, व्यवसायिक संघसंस्थाका प्रतिनिधि, विज्ञहरू समेतको छलफल, सुझावका आधारमा करका दररेट तय गरिएका हुन्,’ नगरपालिकाले भनेको छ । 

नगरबासीबाट उठाइने कर नगरकै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषिजस्ता विभिन्न क्षेत्रको विकासमा खर्चिने समेत नगरपालिकाले प्रष्ट्याएको छ । विगतमा सबै क्षेत्रमा रहेका व्यापार, व्यवसाय, जग्गा जमिनमा एकै किसिमको कर लगाउँदै आएकोमा चालू आर्थिक वर्षदेखि त्यसलाई वैज्ञानिक बनाउँदै ठाउँ विशेष, कारोबार लगायतका आधारमा वर्गीकरण गरेर करको दररेट निर्धारण गरिएको नगरपालिकाले जनाएको छ । 

‘मुख्य चहलपहल, विकसित स्थानमा रहेको एउटा प्रकृतिको व्यवसाय र खास चहलपहल नहुने, भित्रि सडकमा रहेको सोही प्रकृतिको पसललाई एउटै कर लगाइनु हुँदैन भन्ने मान्यताका आधारमा सकेसम्म हामीले त्यसलाई वैज्ञानिक बनाउने प्रयत्न गरेका छौं ।’ कर अधिकृत सापकोटाले भने, ‘यो सामाजिक न्यायको सिद्धान्त पनि हो । हामीले कर औचित्यका आधारमा लिएका छौं, हचुवाको भरमा होइन ।’

नगरपालिकाले व्यवसाय कर पनि वर्गीकरणका आधारमा निर्धारण गरेको छ । नगर भित्रका व्यावसायिक संघ–संस्थाको सहमतिका आधारमा कर निर्धारण गरिएको कर अधिकृत सापकोटा बताउँछन् । राजस्व परामर्श समितिको निर्णयका आधारमा कर तय गरिएको हो । एउटै प्रकृतिको व्यवसायको पनि ठाउँ विशेष, कारोकार क्षमताका आधारमा कर निर्धारण गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x