×

NMB BANK
NIC ASIA

काठमाडौं – अघिल्लो सीजनमा १०० अंक ल्याएर कीर्तिमानसहित प्रिमियर लीगविजेता बनेको म्यानचेस्टर सिटीले यो सीजनमा पनि त्यस्तै चमत्कार गर्ने लक्षण देखाएको छ । 

सीजनअघिको कम्युनिटी शील्डमा चेल्सीलाई हराउँदा होस् वा सीजनको पहिलो खेलमा आर्सनललाई २–० ले पछार्दा होस्, सिटीको खेलमा एक किसिमको लय देख्न पाइन्थ्यो । अघिल्लो सीजनपछिको ब्रेकले यो लयलाई भंग नगरेको ती दुई खेलले देखाए ।

तर आइतवार हडर्सफील्ड टाउनलाई ६–१ अन्तरले ध्वस्त पारेपछि भने यो सीजनमा सिटीबाट अघिल्लो सीजनभन्दा झनै सुधारिएको प्रदर्शन हुने संकेत पाइएको छ ।

यसमा खेलाडीहरूको कौशल त जिम्मेवार छँदैछ तर प्रशिक्षक पेप ग्वार्डियोलाको भूमिकाले बढी योगदान गरेको छ । 

हालै अमेजन नेटफ्लिक्सले सार्वजनिक गरेको डकुमेन्ट्री अल ओर नथिङले एत्तिहादमा पेपले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गराउनका लागि के के गर्छन् भनी सूक्ष्म रूपमा देखाएको छ । 

डकुमेन्ट्रीमा देखाइएअनुसार अनि पुराना टीममा उनको रणनीतिक प्रदर्शन हेर्दा ग्वार्डियोलाका लागि फूटबल पिचमा सबभन्दा महत्त्वपूर्ण कुरा कुनै खेलाडी, कुनै कौशल वा रणनीति हैन भन्ने देखिन्छ । उनका लागि त बल पोजेजन सबभन्दा महत्त्वपूर्ण कुरा हो । 

आफू बार्सिलोनाको खेलाडी हुँदा सेन्ट्रल मिडफील्डर रहेका ग्वार्डियोलाले महान् प्रशिक्षक योहान क्रुफबाट एउटा महत्त्वपूर्ण शिक्षा हासिल गरेका थिए ः बललाई जसरी भएपनि आफूसितै राख्ने । आफू डिसपोजेज भएर विपक्षीको गोडामा बल पुगेपनि तत्कालै बल खोसेर ल्याइहाल्ने अनि साथी खेलाडीलाई पास गरिहाल्ने । 

बललाई एउटा खेलाडीबाट अर्को खेलाडीमा पास गराएर पोजेजन कायम राख्ने रणनीतिलाई पछि टिकीटाका नाम दिइयो । बार्सिलोनाको प्रशिक्षक हुँदा ग्वार्डियोलाले नै यो रणनीतिलाई चरममा पु–याए । विपक्षीलाई थकाउने र
त्यसबाट फाइदा उठाउने यही रणनीति अपनाएर पछि स्पेनले सन् २००८ देखि २०१२ सम्म युरोपेली फूटबल र विश्व फूटबलमा आधिपत्य जमायो । 

तर कालान्तरमा टिकीटाका बिग्रँदै गयो र खेलाडीहरू एकअर्कालाई बल पास मात्र गर्ने तर विपक्षीको गोलपोस्टमा चार्ज नगर्ने गर्न थाले । पोजेजन फूटबलको सौन्दर्यशास्त्र भद्दा हुँदै गयो र ग्वार्डियोला आफैंले यसको आलोचना गर्न
थाले । 

तर ग्वार्डियोला जस्ता चिन्तक र फूटबलप्रेमी व्यक्ति आफूले जन्माएको टिकीटाकालाई त्यत्तिकै मर्न दिन चाहँदैनथिए । उनी जर्मन बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखको प्रशिक्षक बन्न गएपछि टिकीटाकामा जर्मन आक्रामकता
थप्न थाले । उनले बुन्डेसलिगालाई सिकाए पनि, आफैं सिके पनि । 

अहिले म्यानचेस्टर सिटीमा उनी आफ्नो त्यही फूटबल रणनीतिलाई उचाइँमा पु–याउँदैछन् । 

ग्वार्डियोलाले खेलमा निरन्तर परीक्षण गरिरहेका छन् र प्रत्येक खेलका लागि सूक्ष्म रणनीति बनाइरहेका छन् भन्ने प्रस्ट देखिँदैछ । उनलाई सहायक प्रशिक्षक मिकेल आर्टेटाले पनि यसमा भरपूर सहयोग गरिरहेका छन् । 

आर्सनलविरुद्धको खेलमा बर्नार्डो सिल्भाले गरेको दोस्रो गोल आर्टेटाकै सोचका कारण सम्भव भएको ग्वार्डियोलाका नजिकका साथी मार्टी पेरारनाउले एक टीभी च्यानललाई बताएका थिए । ‘मिकेलले मेन्डीलाई गोलपोस्टनिरको एन्ड
लाइनमा पुग्दा हाई क्रस नहान्नू, भुइँबाटै कटब्याक खेल्नू भनेका थिए अनि त्यही कुरा मानेर बर्नार्डोको गोल सम्भव भयो,’ मार्टीले सुनाएका थिए । उक्त गोलपछि ग्वार्डियोलाले आर्टेटालाई अँगालेर चुमेको देखिएको थियो । 

हडर्सफील्डविरुद्धको खेलको कुरा गर्दा ग्वार्डियोलाको पोजेजन रणनीतिको उत्कृष्ट नमूना देख्न पाइयो । सिटीका खेलाडीको पोजेजन बल गोडामा अल्झाइरहने खालको नभई तीव्र गतिको र एउटा दिशालाई ताकेर गरिएको देखिन्छ
। 

जस्तो, सिटीको पहिलो गोल गोलकीपर एडरसनले प्रहार गरेको लङ बलबाट सम्भव भएको थियो । उक्त बल हडर्सफील्डको डीएरियामा गतिशील सर्जियो अग्वेरोको गोडामा परेपछि उनले बललाई नियन्त्रणमा लिए, फनक्क घुमे र
सुन्दर गोल गरे । ग्वार्डियोला गोलपोस्ट वरपर हुने गोलकीपरलाई समेत आक्रामक पासिङ सिकाइरहेका छन् भन्ने यसले देखाउँछ । 

स्पेनले रुस विश्वकपमा पोजेजन फूटबलको नमूना देखाएको थियो अर्थात् उनीहरूको पोजेजन विपक्षीको भन्दा धेरै हुन्थ्यो तर गोल गर्न चाहिँ सक्दैनथिए । 

ग्वार्डियोला भने त्यही पोजेजन दर्शनमा आक्रामकता थपिरहेका छन् । हडर्सफील्डविरुद्धको खेलमा सिटीको पोजेजन ७८ प्रतिशत थियो र त्यही अनुपातमा गोलको वर्षा पनि ग–यो । एक समय त सिटीले पहिले बनाएको १० गोलको
कीर्तिमान तोड्छ कि झैं पनि देखिएको थियो । 

सिटीका खेलाडीको दिमागमा बल जसरी पनि आफैंसित राख्नू भनी ग्वार्डियोलाले घुसाएका छन् अनि दबाब पर्दा पनि बल नछोड्नका लागि उनीहरू प्रतिबद्ध छन् । बलबाट डिसपोजेज भएपनि सिटीले प्रेसिङ गेम खेल्न छोड्दैन ।
यस्तो प्रेसिङ गेम खेल्दा गोलहरू बर्सिनु स्वाभाविक हो । 

अघिल्लो सीजनमा हडर्सफील्डले आफ्नो हाफको डीपसाइडमा खेलाडीहरू राखेर सिटीलाई हैरान बनाएको थियो । त्यसैलाई मद्देनजर गर्दै ग्वार्डियोलाले आइतवारको खेलमा दुईजना स्ट्राइकर अग्वेरो र गाब्रिएल जेसुसलाई खेलाए । 

Sagarmatha Cement
Muktinath Bank

म्याचपछि ग्वार्डियोलाले भने, ‘बक्समा हाम्रो उपस्थिति जनाउनका लागि दुई स्ट्राइकर खेलायौं अनि बेन्जामिन मेन्डी त पछाडिबाट सहयोग गर्नका लागि छँदै थिए ।’ मिडफील्डर र स्ट्राइकरले सुन्दर समन्वय गर्दै गोलको वर्षा सम्भव
बनाएका थिए । 

अघिल्लो सीजनको निरन्तरता यस सीजनका दुई खेलमा सिटीले कायम राखेको छ र फूटबलको कलात्मकता देख्न पाइएको छ । सिटीसँग प्राविधिक रूपमा सक्षम खेलाडीको खानी नै छ । त्यसैले त सिर्जनात्मक मिडफील्डर केभिन
डी ब्रुइना घाइते भएर थन्किनुपर्दा पनि सिटीको मिडफील्ड कमजोर देखिएको छैन । मेन्डी, बर्नार्डो र डेभिड सिल्भा, गुन्डोआन जस्ता खेलाडीले ग्वार्डियोलाको पोजेजन रणनीतिलाई अपनाएर विपक्षीलाई हायलकायल पारिरहेका छन्
। 

यो सीजनमा पनि ग्वार्डियोलाको प्रशिक्षणमा रहेको सिटीलाई पराजित गर्न अन्य टीमलाई त्यति सजिलो देखिएको छैन ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x