×

NMB BANK
NIC ASIA

तिलोत्तमामा औद्योगिक ग्राम स्थापनाका लागि पहल

भदौ ११, २०७५

NTC
Sarbottam
प्रस्तावित तिलोत्तमा औद्योगिक ग्रामको क्षेत्र देखाउँदै वडा नम्बर १० का जनप्रतिनिधि ।
Premier Steels
Marvel

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि पहल शुरू गरेको छ ।

Muktinath Bank

नगरमा साना तथा घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न वडा नम्बर १० मा ‘तिलोत्तमा औद्योगिक ग्राम’ स्थापनाको तयारी थालिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नम्बर १० को रोहिणी नदी पुलसँगै जोडिएको उत्तर तर्फको क्षेत्रमा औद्योगिक ग्राम स्थापना गर्नको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्रस्ताव गरेको जग्गाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट आएको टोलीले निरीक्षण समेत गरेको छ । मन्त्रालयको टोलीमा सहभागी विज्ञ लक्ष्मण भट्टराईले नगरपालिकाले अघि सारेको जग्गा औद्योगिक ग्रामका लागि उपर्युक्त रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘औद्योगिक ग्रामको अवधारणा साना उद्योगहरूका लागि हो । तिलोत्तमाले देखाएको जग्गामा औद्योगिक ग्राम स्थानपना गर्न सकिन्छ,’ उनले भने । साउन दोस्रो साता रुपन्देही आएको टोलीले सो क्षेत्रको अवलोकन/निरीक्षण गरेको हो ।

Vianet communication
Laxmi Bank

चालू आर्थिक वर्षमा मुलुकका १ सय ४० स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने संघीय सरकारको लक्ष्य छ । संघीय सरकारको लक्ष्यलाई साथ दिँदै तिलोत्तमा नगरापालिकाले चालू आर्थिक वर्षको बजेटमा औद्योगिक ग्राम स्थापनाको काम अघि बढाउन रकम समेत विनियोजन गरेको छ । सडक तथा विद्युत्को पहुँच रहेको सो स्थान रोहिणी नदीको उकास क्षेत्र हो । त्यहाँ हाल केही बुट्यान छन् । 

औद्योगिक ग्राम स्थापनका लागि यो क्षेत्र उपयोगी रहेको वडाध्यक्ष व्यासमुन चौधरी बताउँछन् । वडाध्यक्ष चौधरीका अनुसार रोहिणी नदीलाई व्यवस्थित गर्दा यहाँ २८÷३० बिगाहा जग्गा व्यवस्थापन गर्न सकिन्छ । यो स्थान नजिकैं बहुउपयोगी रोहिणी जलासय निर्माणको काम भइरहेको छ ।

यो स्थान मंगलापुर–कान्छीबजार–रोहिणी सडकमा पर्दछ । मंगलापुरबाट सो स्थानको दूरी झण्डै ७ किलोमिटर छ । नगरपालिकाले विश्व बैंकको सहयोगमा मंगलापुर–कान्छीबजार–रोहिणी सडक विस्तार तथा सुधार योजना समेत अघि बढाएको छ । ‘औद्योगिक ग्राम स्थापना गर्न हामीहरूले आवश्यक प्रक्रिया अघि बढाएका छौं । यसमा संघीय सरकारको पनि सहयोग हुनेमा हामीहरु विश्वस्त छौं ।’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले भन्छन्, ‘यसो भयो भने साना तथा घरेलु उद्योग स्थापना गर्न चाहनेहरू जग्गाको कारण खुम्चिनु पर्ने छैन ।’ 

नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शीर्षकमा १ करोड २१ लाख रकम विनियोजन गरेको छ । यसका अतिरिक्त असल औद्योगिक वातावरणका लागि आर्थिक ऐनमार्फत् कर छुटको समेत व्यवस्था नगरपालिकाले गरेको छ ।

न्यूनतम १० जना नगरबासीलाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरू चालू वर्षमा शुरू भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यावसायिक करमा २० प्रतिशत छुट दिने, कम्तिमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक चालू उद्योगको नाममा रहेको जमिनमा लाग्ने सम्पत्ति करमा १५ प्रतिशत छुट, अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग÷व्यवसायमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति नगरपालिकाले अवलम्वन गरेको छ ।

‘उद्योगमैत्री वातावरण निर्माणका लागि नगरपालिकाले हरसम्भव प्रयास गर्नेछ,’ नगर उपप्रमुख जागेश्वरी चौधरीले भनिन् । नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालिमलाई एकीकृत अवधारणा अनुसार नियमित रुपमा सञ्चालन गर्न वडा नम्बर २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’को रुपमा विकास गर्ने नीति लिएको छ । नगरपालिकाबाट प्रदान गरिने तालिमलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम ५ सय जना युवायुवतिलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगरपालिकाको लक्ष्य छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x