पुस १९, २०८०
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन यतिबेला चर्चामा छ ।
बिहीवार र शुक्रवार काठमाडौंमा हुने बहुप्रतिक्षीत सम्मेलन बिमस्टेकअन्तर्गतका देशहरूभित्र र अझ बढी यो बाहिर अर्थात् दक्षिण एसिया र दक्षिणपूर्वी एसिया इतरमा पनि परिचर्चाको विषय बनेको छ ।
एसियामा विश्व जनसंख्याको आधा जनसंख्याको बसोबास छ भने बिमस्टेक सदस्य राष्ट्रहरूको कुरा गर्दा विश्वको २२ प्रतिशत जनसंख्याको बसोवास छ ।
विश्वमा जब क्षेत्रीय राजनीतिको थालनी भयो अनि विभिन्न किसिमका संगठन निर्मानले तीव्रता पायो, खासगरी अमेरिका, यूरोपले विश्व राजनीति एवं आर्थिक राजनीतिमा आफ्नो दखल बढाउन थाले अनि विश्वका अरु क्षेत्रहरूले पनि सांगठनिक क्षमताको महत्त्वलाई गम्भीरताका साथ लिन थाले । युरोपियन युनियन (इयू) र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियन) चाहिँ यो बिमस्टेकको प्रेरणाको स्रोतको रूपमा लिने गरिन्छ ।
यस संगठनको मूल मर्म भनेको संगठनमा आवद्ध राष्ट्रहरूको सर्वपक्षीय हित कसरी हुनसक्छ, त्यसका लागि नीति नियम निर्माण एवं त्यसको कार्यान्वयन गर्नु हो । वास्तवमा एसिया र खासगरी दक्षिण एवं दक्षिणपूर्वी एसिया आफैंमा विविधताले भरिएको भू–भाग हो । त्यति मात्र होइन, धार्मिक कट्टरता, गरीबी, पछौटेपन, आतंकवादजस्ता मुद्दाहरूको चपेटामा समेत यो भू–भाग रहँदै आएको छ ।
राज्यहरू स्वतन्त्र हुँदै गर्दा सम्प्रभुता सम्पन्न भए र आफ्नो कानून तथा नियम आफैं बनाउन र कार्यान्वयन गराउन सक्षम भए । तर राज्यहरू स्वतन्त्र भए पनि आर्थिक व्यापारिक र राजनितिक आधारमा एकअर्कामा अन्तरनिर्भर पनि छन् । विश्वव्यापीकरण, सञ्चारक्रान्ति तथा विज्ञान र प्रविधिको विकासले आज विश्व एक गाउँ अर्थात वर्ल्ड भिलेजमा रूपान्तरण भएको अवस्था छ ।
यस्तो परिस्थिति राज्यका आवश्यकताले आफ्नो राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय जगतसँग अन्तरसम्बन्ध कायम गर्न पुगेपछि नै यस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनहरूको स्वरूप निर्धारण भएको हो । विश्वमा क्षेत्रीयतावादको उदय पनि भएको हो । कालको हिसाबले दोस्रो विश्वयुद्धपश्चात क्षेत्रीयतावादले चर्चा पाएको हो ।
अहिले क्षेत्रीयतावादभित्र पनि अर्को क्षेत्रीयताका आयामहरू थपिँदैछ । सन् १९८० मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को स्थापना भयो । तर सार्कले यथेष्ट रूपमा यसभित्र सम्मिलित राष्ट्रहरूलाई सहयोग गर्न सकेन वा भनौं गरिएको परिकल्पनालाई आवश्यकतानुपातमा पनि अनुवाद गर्न सकेन । यो भित्रको भारत—पाकिस्तान सम्बन्धले गर्दा उत्पन्न (कु)राजनीतिको अनिवार्य चर्चा कुनै अर्को आलेखमा गरिने छ ।
अहिले बिमस्टेकमा बंगलादेश, भुटान, भारत, नेपाल र श्रीलंका दक्षिण एसियालाई प्रतिनिधित्व गर्दैछन् भने म्यानमार र थाइल्यान्ड दक्षिणपूर्वी एसियालाई । यसपालिको यो सम्मेलनमा के होला नहोला दुईदिनपश्चात आमजनले जानकारी पाउने नै छन् । तर यसभित्रको एउटा सानो अन्तर्य बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) पनि हो ।
अहिलेको बिमस्टेक राष्ट्रहरूमध्ये भारत र भुटानबाहेकका राष्ट्रहरू बीआरआईमा हस्ताक्षर गरी उक्त परियोजनाको पक्षधर राष्ट्र भइसकेका छन् । बीआरआई चीनको अतिमहत्त्वाकांक्षी परियोजना हो । यो बेग्लै कुरा हो कि बीआरआईको कार्य शुरू गर्न भारतको सहभागितानिना चीनलाई त्यति सहज छैन ।
बीआरआईसम्बन्धी भारतले आफ्नो खाका वा भनौं केही शर्तहरू चीनसामु राखेको कुरा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मिडियाका माध्यमबाट आमजनताले जानकारी पाइसकेका छन् । अध्यक्ष राष्ट्र जो भए पनि बिमस्टेकमा भारतको प्रभाव ज्यादा छ, यसमा चीन, पाकिस्तान (धेरै अर्थ नराखे पनि) र एसिया इतरका राष्ट्रहरूको चासोले धेरै प्रभाव पार्ने छ ।
बीसौं शताब्दी अमेरिकन शताब्दीको रूपमा चर्चित थियो र एक्काइसौं शताब्दी एसियन शताब्दी हुने भनी परिकल्पना गरिएको थियो । के महाशक्ति राष्ट्रहरूले यस्तो सजिलै हुन दिन्छन त ? वास्तवमा भन्ने हो भने यदि एसिया कुनै शताब्दीलाई नेतृत्व गर्ने सम्भावना बोक्छ भने त्यसको नेतृत्व कसले गर्ने भने अड्कलबाजीमा नै फसेर समय व्यर्थै फाल्ने सम्भावना बढी छ ।
काठमाडौंमा हुन गइरहेको बिमस्टेक सम्मेलन भव्यताका साथ सम्पन्न हुनेमा शंका छैन । तर भव्यताका आधार के होलान् भन्ने कुराले महत्त्व अवश्य पनि राख्नेछ ।
विलाशी होटेलमा सभा गरेर भव्यता प्रकट नगरियोस् । अपितु यस्ता योजना तथा रणनितिक विषयउपर चर्चा हुनु आवश्यक छ, जसले बिमस्टेक भित्रका राष्ट्रहरू खासगरी साना राष्ट्रहरूलाई अधिक फाइदा पुगोस्, समाजिक न्यायको सिद्धान्त तहत । र अन्य कुनै राष्ट्रलाई चिढ्याउने जस्ता विषयहरूको चर्चाबाट टाढा बस्नु नै समग्र एसियाका लागि लाभदायक ठहरिने छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...