×

NMB BANK
NIC ASIA

नेपाल एसिया कपमा छनोट हुन असफल, सन्दीपको शानदार प्रदर्शनले पनि बचाउन सकेन

भदौ १९, २०७५

NTC
Sarbottam
फोटो : एसीसी
Premier Steels
Marvel

काठमाडौं – नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा छनोट हुन असफल भएको छ । मलेसियामा भएको छनोट प्रतियोगितामा खेलेका ५ मध्ये ३ खेल हारेपछि नेपालको एसिया कप खेल्ने सम्भावना टरेको हो ।

Sagarmatha Cement
Muktinath Bank

यससँगै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट राष्ट्रसँग खेल्ने मौका गुमेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छनोटको अन्तिम खेलमा मंगलवार नेपाल हङकङसँग ३ विकेटले पराजित भयो । ९६ रनको झिनो विजयी लक्ष्य हङकङले ३२ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । 


Advertisment
Nabil box
Kumari

हङकङको जीतमा अंशुमन रथले सर्वाधिक ५२ रनको योगदान गरे । 

Vianet communication
Laxmi Bank

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए पनि त्यो जीतका लागि पर्याप्त भएन । आफ्नो १० ओभरको स्पेल पूरा गर्ने क्रममा उनले २ मेडन राख्दै २७ रन खर्चिए ।

सन्दीपका अलावा सागर पुन र वसन्त रेग्मीले थप १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ९५ रन जोड्दा अलआउट भएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक १८, अनिल साह र वसन्त रेग्मीले समान १५, पारस खड्काले १४ तथा ज्ञानेन्द्र मल्लले १२ रनको योगदान गरे ।

हङकङका इसान खानले सर्वाधिक ४ विकेट लिए ।

नेपाल यसअघि युएई र ओमानसँग पनि पराजित भएको थियो । सिंगापुर र मलेसियाविरुद्ध भने नेपालले जीत दर्ता गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x