असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
अफगानी मूलका अमेरिकी लेखक खालेद होसेनी मावनीय आख्यानको क्षेत्रमा सुप्रसिद्ध नाम हो । अंग्रेजी भाषामा लेखिएका उनका तीन उपन्यास ‘द काइट रनर’, ‘अ थाउजेन्ड स्प्लेन्डिड सन्स’ र ‘यान्ड द माउन्टेन्स इकोड’ ले अफगानिस्तानका जनताले भोगेको त्रासदी र उनीहरू विदेश पलायन भएपछि गर्नुपरेको संघर्षलाई मीठो भाषाशैलीमा प्रस्तुत गरेका छन् ।
तिनै होसेनी लामो अन्तरालपछि एउटा सानो आकारको पुस्तक लिएर आएका छन् । सी प्रेयर (समुद्र प्रार्थना) नामक उक्त पुस्तक भावपूर्ण तथा मानवीय संवेदनाले ओतप्रोत काव्यकथा हो । जम्मा साढे पाँचसय शब्दमा होसेनीले सिरियामा गृहयुद्धका कारण भाग्न विवश शरणार्थीहरूको व्यथाको हृदयविदारक प्रस्तुति गरेका छन् ।
होसेनीको यो कृतिको प्रेरणास्रोत एलन कुर्दी नामक बालक हुन् । सन् २०१५ मा कुर्दिश जातिका सिरियाली बालक एलन कुर्दी तीन वर्षको कलिलो उमेरमा सिरियाली गृहयुद्धबाट भागेर आफ्नो परिवारसँगै युरोपमा शरण लिन गएका थिए । तर मानव तस्करहरूले उनको परिवारलाई भूमध्यसागरमा प्लास्टिकको डुंगाबाट असुरक्षित यात्रा गराउने क्रममासमुद्रमा डुबेर उनको मृत्यु भयो । उनको मृत शरीर टर्कीको तटमा घोप्टो परेको अवस्थामा भेटिएको थियो । उक्त मृत शरीरको तस्वीरले विश्वको मुटु हल्लाएको थियो अनि पश्चिम एसियाको मानवीय संकटको प्रतीक बनेको थियो ।
तिनै बालक कुर्दीको दुःखद कथालाई लेखक होसेनीले आफ्नो काव्यको स्रोत बनाएका हुन् । यसमा एक पिताले आफ्नो छोरालाई सम्बोधन गरेर पत्र लेखेको फर्स्ट पर्सन न्यारेटिभ शैली अपनाइएको छ । आफ्ना छोरा मार्वानलाई ती पिता गृहयुद्धपूर्वको सिरियाली शहर होम्सको सुन्दरताका बारेमा बताउँछन् । ‘बतासले जैतूनका पात हल्लाएपछि/हामी बिहान उठ्थ्यौं’ उनी लेख्छन् । खजुरका रुखहरू भएका ठाउँमा मार्वानलाई शिशु अवस्थामा लग्ने गरेको उनी स्मरण गर्छन् ।
अनि होम्सको पुरानो शहरमा मस्जिद र चर्च तथा सामान खरिदबिक्री गर्ने बजारको पनि उनी सम्झना गर्छन् । मार्वान र उनकी आमालाई शहरको घन्टाघर भएका नजिकका गल्लीमा घुमाएको पनि उनी लेख्छन् । तर त्यो कालखण्ड कुनै सपना जस्तो मात्रमा परिणत भएको उनी लेख्छन् । मार्वान धेरै सानो भएकाले त्यो सुमधुर सम्झना उनको मस्तिष्कमा नरहेकोमा पितालाई दुःख छ ।
बिस्तारै त्यो स्वर्गीय वातावरण खल्बलिन थाल्छ । सिरियामा युद्ध चर्किन थाल्छ । ‘शुरूमा विरोधहरू भए/अनि युद्ध शुरू भयो,’ उनी लेख्छन् । युद्ध चर्किंदै जाँदा आकाशबाट बम खस्न थाल्छन् । त्यसपछि मार्वानको परिवार त्यहाँ बस्न सक्दैन र युरोप जानका लागि समुद्री किनारमा पुग्छ ।
मार्वान र उनको परिवार समुद्री तटमा एउटा डुंगाको प्रतीक्षामा बसेको छ । त्यहाँ विभिन्न देशका विभिन्न भाषा बोल्ने मानिसको जमघट छ । सबैको आँखामा त्रास र भविष्यप्रतिको चिन्ता छ । यस्तोमा पिताले मार्वानलाई आश्वस्त तुल्याउन भन्छन्, ‘मेरो हात समात/केही पनि नराम्रो हुने छैन ।’
बाहिर छोरालाई आश्वस्त तुल्याएपनि मनभित्र भने पिता पनि अन्तर्द्वन्द्वले पीडित छन् । ‘यी फगत शब्द हुन्...आजको रात मैले सोच्न सक्ने भनेको यति मात्र हो÷यो समुद्र कति गहिरो छ/कति चौडा छ, अनि कति बेपरवाह छ/अनि यसबाट तिमीलाई जोगाउन म कति असमर्थ छु ।’
विशाल समुद्रका अगाडि मानिस अदना प्राणी हो जसको अस्तित्वको कुनै गणना हुँदैन । प्रकृतिको अगाडि मानिसले झुक्नुको विकल्प छैन । त्यसैले पिता लेख्छन्, ‘मैले गर्न सक्ने भनेको प्रार्थना मात्र हो ।’ ईश्वरले डुंगालाई स्थिर बनाउलान् र समुद्र पार गराउलान् भनी पिता प्रार्थना गर्छन् । उक्त डुंगाको बहुमूल्य वस्तु मार्वान नै भएको पिताको दाबी छ ।
पुस्तक यही प्रार्थनाका साथ टुंगिएको छ । यति कम वर्णनमा नै लेखक होसेनीले युद्धको भयावह तस्वीर पाठकसमक्ष प्रस्तुत गरेर मन उद्वेलित गराउन सफल भएका छन् ।
पुस्तकमा ड्यान विलियम्सका चित्रहरूले कथाका घटनाक्रमलाई सफलतापूर्वक चित्रित गरेका छन् । शब्दले पाठकको चित्त पर्गेल्दै जाँदा चित्रहरूले पनि संवेदनालाई झंकृत बनाउन सफल भएका छन् ।
विलियम्सले विगतका मीठा सम्झनालाई झल्काउन प्रकृतिको हरियालीलाई प्रतिबिम्बित गर्ने हरियो रंगको प्रयोग गरेका छन् भने युद्धको विभीषिका दर्शाउन खैरो रंग उपयोग गरेका छन् । अनि समुद्र चित्रित गर्न उनले नीलो रंगको प्रयोग गरेका छन् । प्रकृतिको विशालता र मानिसको अल्पताको वैपरीत्यलाई उनले उम्दा चित्रण गर्न सफल भएका छन् ।
होसेनीको औपन्यासिक शिल्पका प्रशंसकहरू उनको अर्को उपन्यासको प्रतीक्षामा थिए तर उनले एकदमै सानो काव्यकथा प्रस्तुत गरेका छन् । उनका लागि यो नौलो विधा भएपनि उनको दक्ष लेखनीको प्रभाव यसमा पनि निहित छ ।
होसेनीका कृतिहरूको प्रमुख उद्देश्य नै सुखसयलमा बसेका पाठकहरूको संवेदनालाई खल्बल्याउने गरी विश्वका विभिन्न भागमा दुःख र अन्याय बेहोर्ने मानिसको बारेमा बताउनु हो । आफ्नो घरको सुरक्षामा बसेका पाठकले घर छोडेर हिँड्नुपरेका शरणार्थीको पीडा बुझून् भनेर नै होसेनीले सी प्रेयरको रचना गरेका हुन् ।
उनका सबै पुस्तकले गम्भीर र उदास विषय छानेका हुन्छन् र मानिसले भोगेका पीडालाई सहानुभूतिको शक्तिले शमन गर्ने सामर्थ्य राख्छ भन्ने तथ्यलाई पनि स्थापित गरेको देखिन्छ । ती पुस्तकहरूले पाठकलाई आख्यानको स्वादमा मात्र नरमाएर पीडित व्यक्तिहरूको सहायताका लागि काम गर्न समेत प्रेरित गरिरहेका हुन्छन् । सी प्रेयरको बिक्रीबाट आएको रकम पनि पश्चिम एसियाका शरणार्थीहरूको जीवनमा सहजता ल्याउनका लागि खर्च गरिने होसेनीको संस्थाले जनाएको छ ।
सी प्रेयर आधुनिक विश्वले बेहोरिरहेको मानवीय संकटको दारुण चित्र प्रस्तुत गर्न सफल कृति हो । मन्त्रको जस्तो संक्षेप रूपमा आख्यान र कविताको उच्च भावलाई पुस्तकले प्रस्तुत गर्न सफल भएको छ ।
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...