मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
भदौ २५, २०७५
काठमाडौं – नेपाली कलाकार र्यापर लाहुरे र गायक बिपुल क्षेत्रीको विश्वव्यापी कलाकार ‘डिप्लो’ र ‘मो’सँग सहकार्य गराई टुबोर्गले टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
‘अमेरिकी निर्माता तथा डिजे ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्कका लोकप्रिय कलाकार ‘मो’सँग फेरि आएका छन्,’ टुबोर्ग कम्पनीले भनेको छ, ‘उनीहरूको सहकार्यमा ‘स्टे ओपन’ नामक ट्रयाक रचना भएको छ भने स्थानीय नेपाली संस्करणको लागि लाउरे र बिपुलले उनीहरूको लागि ‘ओपन टु मोर’ हुनुको औचित्यलाई वर्णन गर्दै गीतमा शब्द पुनर्लेखन गरेका छन् । केही महिनासम्म स्टुडियोमा एकअर्काको विचार र धारणा साटासाट गरेपछि टुबोर्ग ओपन म्युजिक भिडियो सार्वजनिक भएको छ ।
टुबोर्गले नेपाली कलाकार लाउरे र बिपुललाई विश्वव्यापी कलाकार डिप्लो र मोसँग सहकार्य गराई एक प्रकारको कोल्याबोरेटिभ गीत र भिडियो निकाल्न सहयोग गरेको छ । ‘स्टे ओपन’ ट्रयाक र भिडियोले विश्वव्यापी टुबोर्ग ओपन प्ल्याट् फर्मसँग विश्वव्यापी र स्थानीय कलाकारलाई मिलाई विचार र धारणा झल्काउँछ । सहकार्यले संगीतको कुनै सीमा हुँदैन र संगीतले सीमाभन्दा बाहिर रहेको सिर्जनात्मक विचारलाई ल्याई सोच्न सहयोग पु¥याँउछ भन्ने कुरा प्रमाणित गरेको कम्पनीले जनाएको छ । ‘स्टे ओपन’ गीतमा नयाँ अनुभवको लागि खुला रहनुपर्छ भन्ने विषयवस्तु समेटिएको छ ।
परियोजना मार्चमा शुरू भएको थियो । बिपुल र लाउरे कोपेनहेगन गई डेनिस कलाकार ‘मो’सँग भेटेर उनीहरूको संगीत बनाउने खुला सोच एकअर्कासँग बाँडेर ‘स्टे ओपन’ गीतको नेपाली संस्करण तयार पारेका थिए ।
‘टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागी हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ ट्रयाकमा काम गरिरहेका थियांै, यस ट्रयाक मानिसमा नयाँ व्यक्ति र नयाँ अनुभवका लागि खुला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ,’ अभियानबारे बोल्दै डिप्लोले भने, ‘ट्रयाक अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकार यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुला सोच हुनुपर्ने विचार लिएर आइरहनुभएको छ । जुन यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष हो ।’
डेनिस गायक तथा गीतकार ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहित छन् । उनले भने, ‘मेरो लागि तयार भएको ट्रयाक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरूको बारेमा खुला रुपले सोच्दा हामीले कहिल्यै नमिल्ने भनेर सोचेका कुराहरू कहिलेकाहीँ राम्रोसँग मिल्न जान्छ, शुरूमा आफूसँग भएको ट्रयाक पूर्णरुपले फरक हुने हुँदा निकै उत्साहित छु ।’
आफ्नो उत्सुकता व्यक्त गर्दै लाउरेले भने, ‘टुबोर्गले सधैं नेपालमा सांगीतिक कार्यक्रम गरिरहेको छ र मैले उहाँहरूसँग केही स्थानीय कार्यक्रममा काम गरेको छु । यस पटक टुबोर्ग ओपनले विश्वभरका संगीतकारलाई एउटा ओपन अन्तर्राष्ट्रिय मञ्चमा ल्याएको छ । टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा भाग्यशाली र उत्साहित भएको महसुस गरिरहेको छु । यस अभियानबाट, बिपुल र म ओपन फर मोरका लागि टुबोर्ग इन्टरनेसनलसँग केही नयाँ रचना गर्दैछौं ।’
बिपुलले थपे, ‘टुबोर्ग नेपाल संगीत र सांगीतिक अभियानको सधैं समर्थक रहेको छ । डिप्लो, मो र लाउरेसँगको शानदार सहकार्यमा सहभागी हुन पाउँदा उत्साहित छु । मेरो लागि संगीत भनेको खुला सोच बनाउनु हो, जुन बिना हामी कला सिर्जना गर्न सक्दैंनौ । मेरो लागि टुबोर्ग ओपन कोलाब्रेसन सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउनु हो । संगीत भनेकै नयाँ कुरा सिक्नु र नयाँ विचार खोज्नु हो । संगीतको माध्यमबाटै हामीले डिप्लो र मोजस्ता कलाकारसँग काम गर्न पायौ र टुबोर्ग ओपनमा सहभागी हुन पाउँदा मलाई सम्मानित भएको महसुस भएको छ ।’
भिडियोको बारेमा बोल्दै उनले थपे, ‘मैले पहिलो पटक अरु कलाकारसँग मिलेर म्युजिक भिडियोको लागि काम गरेको हुँ र म भिडियो बनाउँदा लाग्ने मेहेनत देखेर अच्चमित छु । यस भिडियोको संलग्न सबै जनालाई बधाई दिन चाहन्छु ’
गोर्खा ब्रुअरी प्रालिका मार्केटिङ डाइरेक्टर, बैभब शर्माले भने, ‘हामी टुबोर्ग अन्तर्राष्ट्रिय ‘डिप्लोे’ र ‘मो’लाई स्थानीय कलाकार ‘लाहुरे’ र ‘बिपुल क्षेत्रीे’सँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएका छौं । यो हाम्रो कलाकारको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणीय रहेको छ ।’
विश्वव्यापी ट्रयाक ११ मे २०१८ मा प्रदर्शनी भएको थियो भने यसको लगत्तै जुनबाट लिरिक्स भिडियो पनि प्रदर्शनी भएको थियो । अभियान अन्–प्याड र डिजिटलका साथ चल्ने छ र वर्षको पछि डिप्लो र मो तथा स्थानीय कलाकारको साथ लाइभ सांगीतिक कार्यक्रम गरी अभियान समापन गरिने छ ।
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...