×

NMB BANK
NIC ASIA

स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं - कुलराज पौडेल (रुपक) द्धारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक मंगलवार लोकार्पण गरिएको छ । 

लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल र शताब्दि पुरुष सत्यमोहन जोशी ज्यूबाट संयुक्त रुपमा पुस्तक लोकापर्ण गर्नुभएको हो । 

सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपालले सार्वभौम ज्ञानका पाँच पुस्तकहरु आजको विश्वमा खोजी भैरहको र नयाँ पुस्ता यिनै ज्ञान, सिद्धान्त र प्रयोगको लागि तिर्खाइरहेको बताउन भयो । उहाले यो अवस्थामा कुलराज पौडेलले

यिनै ज्ञानको खोजिमा विश्वभरि छटपटाईरहेका आम मानवजातिलाई नेपालबाट ज्ञान, सिद्धान्त र प्रयोगको बाटो देखाउन अब्बल रहेकोमा लेखकलाई धन्यवाद व्यक्त गर्नु भयो । सार्वभौम ज्ञान हरेक राजनैतिक सिमा, जाति र र्धम भन्दा माथि रहेको बताउनुभयो । 

शताब्दि पुरुष सत्यमोहन जोशिले चिन र जापानको नोबल पुरस्कार विजेता लेखकहरु सँग तुलना गरि सार्वभौम ज्ञानका पाँचै खण्ड पुस्तक भोलिका दिनमा अंग्रेजीमा अनुवाद गरेमा  नोबेल पुरस्कारको लागि मनोनित हुन लायक पुस्तक बनेको  बताउनुुभयो । 

उक्त अवसरमा समिक्षक डा. राम प्रसाद दाहालले सार्वभौम दर्शनका पाँच खण्डहरु भविष्यमा नेपालको ईज्जतहुने साथै व्यास र बुद्ध पछि धक्कादार रुपमा नयाँ उचाईको सार्वभौम दर्शन नेपालबाटै पार्दुभाव भएकोमा खुःशि व्यक्त गर्नु भयो । 

सार्भभौम दर्शनका पाँच खण्डहरु मध्य सार्वभौमयुगको विश्व विद्यानले एक विश्व सरकार बनाउनका लागि आवश्यक सम्पूर्ण शैदान्तिक ज्ञानहरुलाई प्रस्तुत गरेको छ । सार्वभौम अध्यात्मले प्रकृति र प्रकृतिको कारण कर्तारुपि ईश्वर
लगाएत सुक्ष्म आध्यात्मिक चिन्तनहरुलाई पस्केको छ । जुन चिन्तन सबै धर्म र सम्र्पदायबाट र टाढा र नजिक पनि छैन्न । सार्वभौम विज्ञान नामक पुस्तकमा ब्रम्हाण्ड शक्ति लगाएत अत्यन्त जटिल भौतिक पक्षहरुको व्याख्या गरिएको छ
। सार्वभौम नीति चाण्क्य विदुरकै पथमा लागि युग अनुकुल २०१० वटा नीति यस पुस्तकमा समेटिएका छन्  । स्वर्गको कार्यशाला नामक पुस्तक उपन्यास अथवा नाटकको रुपमा प्रस्तुत गरिएको छ । जस भित्र अलौकिक स्वर्गको र
वर्तमान पृथ्विको बारेमा बराबर चर्चा गरिएको छ । 

लेखनकुञ्जका अध्यक्ष कमल ढकालले समाजलाई सकारात्मक बाटोमा अगाडि बढाउन कुलराज पौड्याल द्धारा लिखित सार्वभौम दर्शनका पुस्तकहरु महत्वपूर्ण भुमिका रहने बताउनुभयो । कार्यक्रममा सार्वभौम दर्शनकै संयुक्त
लोर्कापण गरियो । जसमा सार्वभौम युगको विश्व विधान, सार्वभौम विज्ञान, सार्वभौम अध्यात्म सहित पाँच खण्ड रहेका छन् ।  
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x