×

NMB BANK
NIC ASIA

थापाथलीमा बन्ने भयो राष्ट्र बैंकको सुविधासम्पन्न भवन

असोज ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल राष्ट्र बैंकको कार्यालय थापाथली परिसरमा नयाँ सुविधा सम्पन्न भवन निर्माण शुरू गरिएको छ । 

Muktinath Bank

विसं २०७२ वैशाखमा गएको गोरखा भूकम्पबाट क्षतिग्रस्त भग्नावशेषलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक भवन निर्माण गर्न लागिएको हो । थापाथलीस्थित सो कार्यालयको ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त भवन ३० महिनाभित्र निर्माण सम्पन्न हुनेछ । भवनको शुक्रवार एक कार्यक्रमबीच शिलान्यास गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पुरानै संरचनामा अत्याधुनिक भवन बन्ने बताए ।


Advertisment
Nabil box
Kumari

विभिन्न बाधा अवरोधकाबीच भवन निर्माणले गति लिएकोमा खुशी व्यक्त गर्दै उनले सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

Vianet communication
Laxmi Bank

उनले भने, “सबै मापदण्ड पूरा गरी भवनको शिलान्यास गरिएको छ, जतिसक्दो चाँडो निर्माण सम्पन्न हुनुपर्छ ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले चार वर्ष अघिनै नयाँ भवन बनाउने प्रयास भए पनि पुरातत्व विभागको उल्झनले भवन निर्माणमा ढिलाइ भएको बताए । भवनको बाहिरीस्वरुप पुरानै शैलीमा रहे पनि भित्री तथा पछाडीको भाग अत्याधुनिक सुविधा सम्पन्न भूकम्पप्रतिरोधात्मक हुनेछ । 

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकको भवन पुरातत्व विभागको स्वीकृतिमा पुरानै शैलीमा निर्माण गरिने उल्लेख गरे । बैंकको गुरुयोजनाअनुसार मुख्य तीन ब्लक क्रमशः मुख्य बैंकिङ कार्यालय भवन, चमेनागृह, हेल्थ क्लब र सेक्युरिटी ब्लक निर्माण हुनेछ ।

राणाकालीन सिंह महलमा राष्ट्र बैंकले कार्यालय सञ्चालन गर्दै आएको थियो । भूकम्पले क्षति पुर्‍याएपछि पुरानै स्थानमा नयाँ भवन बनाउन लागिएको हो । उक्त भवन निर्माणका लागि २०७५ वैशाख १४ मा बोलपत्र आह्वान गरिएको । बिलिल कन्टेक जेभीले निर्माणको जिम्मा पाएको छ । 

पुरातत्व विभागको अनुमतिमा बैंंकको हाल भइरहेको पुरानो स्वरुपमा कुनै परिवर्तन नहुने गरी नयाँ भवन निर्माण गर्न लागिएको छ । पुरानो भवनको नोट व्यवस्थापनका लागि झण्डै एक महिना लाग्नेछ ।

ती नोटलाई केन्द्रीय कार्यालयमा लगिनेछ । दसैँसम्म नोट वितरण र व्यवस्थापनका लागि थापाथली तथा दसैँपछि सबै विभाग केन्द्रीय कार्यालयमा लगिने डेपुटी गर्भनर शिवाकोटीले बताए ।

भूकम्पले क्षति पुर्‍याएको बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालयको नयाँ भवन पनि चाँडै निर्माण शुरू गरिने बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x